काठमाडौं- गृहमन्त्री रामबहादुर थापा 'बादल'ले पहाडी तथा हिमाली जिल्लामा रहेका सशस्त्र प्रहरी बलका अत्यावश्यक बाहेकका कर्मचारीहरुलाई तराईका जिल्लामा ल्याएर सिमा सुरक्षामा परिचालनका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन्।
सोमबार गृहमन्त्रीले गृहसचिव महेश्वर न्याैपाने मार्फत सशस्त्र प्रहरी आइजिपीलाई सो निर्देशन दिएका हुन्। यस्तै गृहमन्त्रीले नेपाल प्रहरीको पनि थप जनशक्ति तराईका जिल्लामा पठाउन आवश्यक व्यवस्था गर्नसमेत निर्देशन दिएका छन्।
पछिल्लो समय भारतमा कोरोना संक्रमितकाे संख्या बढ्दै जाँदा सिमा आउजाउमा कडाइका लागि गृहमन्त्रीले सो निर्देशन दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।