काठमाडौं- केएल दुगड समूहले मोरङको बुढीगंगा गाउँपालिकाका ४५० परिवारलाई राहत सामग्री वितरण गरेको छ। बुढीगंगा गाउपालिका- ५ को सहकार्यमा वडा नं ४ का समेत गरी ४५० परिवारलाई राहतस्वरूप खाद्यसामग्री वितरण गरेको हो।
समूहले १० केजी चामल, २ केजी आटा, दाल १ केजी , आलु २ केजी, खाने तेल १ लिटर, नुन १ केजी गरी कुल १६ केजीको फेमिली प्याक बनाएर वितरण गरेको थिए। राहत वितरण कार्य गाउँपालिका प्रमुख बालचन्द्र माझी, वडा अध्यक्ष रमेश खनाल, ईलाका प्रहरी प्रमुखहरुको उपस्थितिमा गरिएको थियो।
समूहका विराटनगरस्थित महाप्रबन्धक रामरसिक ठाकुरले वडा कार्यालयको समन्वयमा दैनिक ज्यालादार मजदुर वर्ग, गरीब‚ असहायहरु पहिचान गरी खाद्य सामग्री वितरण गरेको छन्।
यस्तै यही समूहले चितवनको राप्ती नगरपालिकाको भण्डारा र खैरहनी नगरपालिकाको पर्सामा पनि प्रतिनगरपालिका १५० परिवारको दरले कूल ३०० परिवारको लागि खाद्यान्न सामग्री वितरण गरेको छ। यस्तै रत्ननगर नगरपालिकाको टाँडीमा १५० परिवारलाई खाद्य सामग्री वितरण गर्ने तयारी गरिएको समूहले जनाएको छ।
यो समूहले १ हप्ताअघि बाँके जिल्लाको नेपालगञ्ज, कोहलपुर क्षेत्रमा पनि ४५० परिवारलाई प्रतिपरिवार १५ केजीका दरले खाद्यान्न सामग्री वितरण गरेको थियो।संकटको बेला समूहले कूल १३५० परिवारलाई खाद्यान्न तथा राहत सामग्री वितरण गरिसकेको र थप वितरण कार्य जारी रहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।