सप्तरी- खडक नगरपालिका– ६ स्थित वीरपुरमा प्रहरीसँग विवाद हुँदा ब्लड प्रेसर हाई (उच्च रक्तचाप ) भएर एक महिलाको मृत्यु भएको छ।
लकडाउन उल्लंघन गरी ६/७ जना बसीरहेका बेला प्रहरीले सम्झाउन खोज्दा विवाद भएको र सोहि क्रममा ब्लड प्रेसर बढेर कमरुदिन मियाँकी पत्नी ६५ वर्षीया जैनव खाँतुन (पुजर्नी)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
ब्लड प्रेसरका कारण अचानक लडेकी उनलाई स्थानीय एडभान्स अस्पतालमा प्राथमिक उपचारपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।