• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बिचलित नहुनुहाेस्, सरकार तपाईंकाे साथमा छ : प्रधानमन्त्री ओली

64x64
नेपाल लाइभ सोमबार, वैशाख १, २०७७  १३:५९
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीका बेला सरकारले गरेन कि भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन्। नयाँ वर्ष २०७७ सालको शुभकामना दिँदै ओलीले अनिकालका बेला मन बलियो बनाउन आग्रह गरे।

‘भनिन्छ, अनिकालमा घरभित्रका भाँडाहरु बज्न थाल्छन्। तर त्यसलाई रडाँको मच्चिएको ठान्नु भूल हुन्छ। मन आत्तिएको, भत्किएको बेला गर्नेले गरेन कि भन्ने मनमा पैदा हुन सक्छ। गरेको पुगेन कि भन्ने लाग्न सक्छ। अझ छिटो, अझ राम्रो, तत्काल परिणाम आउने गरी काम गरिदिए हुन्थ्यो भन्ने लाग्न सक्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘तर अन्योल र भ्रममा पर्ने, बिचलित हुने होइन। मन बलियो बनाउन आवश्यक छ।'

नेपालमा काेराेना संक्रमितको संख्या प्रति १० लाखमा ०.३ प्रतिशत मात्र रहेकाे भन्दै उनले अहिलेसम्म संक्रमितको अवस्था सामान्य रहनु र कसैको पनि मृत्यु नहुनुलाई सफलताको रुपमा लिन सकिने बताए।

संकटमा सबै दल एक हुँदा उर्जा मिल्यो
प्रधानमन्त्री ओलीले लकडाउनको अवधिमा दैनिक उपभोग्य सामग्रीको आपूर्तिलाई कमजोर हुन नदिने बताएका छन्। सरकारले दोस्रो पटक थपेको लगडाउन मंगलबार सकिएपछि कोरोना महामारी विरुद्धको कस्तो नीति अपनाउने भन्ने निर्धारण गरिने ओलीले बताए।

संकटको यस बेलामा सिंगो राष्ट्र एकताबद्ध भएको बताउँदै ओलीले सबै राजनीतिक दलहरुबाट प्राप्त साथ, समर्थन सहितकाे रचनात्मक सुझावले सरकारलाई थप उर्जा मिलेको बताएका छन्। ‘हामी सबैलाई थाहा छ, यतिबेलाको सर्वोच्च र एकमात्र प्राथमिकता नागरिकहरुको स्वास्थ्य सुरक्षा हो। यतिबेलाको सबैभन्दा महत्वपूर्ण विकास निर्माण कार्य भनेको संक्रमण फैलिन नदिने कुराको सुनिश्चितता गर्ने हो’, ओलीले भने, ‘त्यसैले यतिबेला हामीले आफ्नो ध्यान संक्रमितहरुको पहिचान, परीक्षण र उपचारमा गरेका छौं।’

माहामारीको ग्राफलाई सिधा पारेपछि आर्थिक गतिविधिलाई तीव्रता दिने ओलीले बताए।

सम्बोधनको पूर्ण पाठ: 
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
सर्बप्रथम म यहाँहरु सबैलाई नयाँ वर्ष विक्रम संवत् २०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछु।
पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमंगको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ संकल्पको अवसर हुनुपर्ने थियो। तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं।

सिंगो विश्व समुदाय आज कोरोना संक्रमणको महामारीबाट आक्रान्त छ। यस महामारीले हामी नेपालीहरुलाई पनि छोएको छ। संसारभर छरिएर रहेका नेपालीहरुका आफन्तजनमध्ये कतिपयलाई संक्रमित तुल्याएको छ र केहीलाई हामीबाट खोसेको छ।

nimb
nimb

तपाईंहरुका प्रधानमन्त्रीका रुपमा मैले केही असहज अवस्थाबीच भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना भन्नु परिरहेको छ।

यतिबेला देशभित्र र बाहिर रहनुभएका सबै दिदीबहिनी दाजुभाइहरुलाई मेरो कामना छ– तपाईं, तपाईंका परिवारजन र आफन्तहरु सबै कोरोना भाइरसबाट जोगिन सक्नुहोस्। जसलाई संक्रमण भएको छ उहाँहरुले यसमाथि विजय हासिल गर्न सक्नुहोस्। अनि कोरोना भाइरसको विश्व महामारीबाट सिंगो मानवजाति सहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौं।

यस भाइरसविरुद्धको जारी युद्धको अगुवाइ सरकारले गरिरहेको छ। हरेक दुःखका पलहरुमा हामीले तपाईंहरुको हौसलापूर्ण साथ, सहयोग र सदभाव पाएका छौं। आगामी दिनमा पनि सम्पूर्ण देशवासीहरुको निरन्तर साथ रहनेमा सरकार विश्वस्त छ।

मेरो नेतृत्वमा रहेको नेकपाको वर्तमान सरकार गठन भएको दुई वर्ष बितेको छ। तपाईं हामी सबैलाई थाहा छ, विगत दुई वर्षको प्रगति उत्साहजनक रहेको थियो। यदि यस महामारीको चेपटामा नेपाल नपरेको भए आज हामी विकासको दरका बारेमा चर्चा गरिरहेका हुने थियौं। विगतका उपलब्धीहरुको जगमा उभिएर नयाँ उचाइ हासिल गर्ने योजना बनाइरहेका हुने थियौं। स्वदेशमै फलदायी रोजगारी वृद्धिदेखि कृषिको आधुनिकीकरणको कुरा गरिरहेका हुने थियौं।

खनिज पदार्थको उत्खन्न कार्यलाई तीव्रता दिने तयारी गरिरहेका हुने थियौं। यति बेला नेपाल भ्रमण वर्ष २०२० को उल्लास फैलिरहेको हुने थियो। वर्षभरि २० लाख बढी विदेशी पर्यटकहरुले नेपाल भ्रमण गर्ने अभियानका रुपमा होमस्टे, होटल र रेष्टुराँहरु भरिभराउ हुने थिए।

शहरबजार, ट्रेकिङस्थल र पर्वतारोहणका गन्तव्यहरुमा पर्यटक र पर्वतारोहीको चहलपहल व्यापक हुने थियो। अहिले हामीहरु दुरगामी लक्ष्यसहित थालिएको सगरमाथा सम्वाद भव्यरुपमा सम्पन्न भएकोमा खुसी मनाइरहेका हुने थियौं। जलवायु परिवर्तन, पर्वत र मानव जातीको भविष्यका बारेमा हामीले गरेका छलफल र निकालिएका निष्कर्षका बारेमा विमर्श, विश्लेषण गरिरहेका हुने थियौं।

समग्रमा विगतमा हामीले गरेका बाचाहरु, तिनको प्रगति र अब गरिने कामका योजनाबारे मैले यतिखेर देशबासीका सामु विश्लेषण राखिरहेको हुने थिएँ। पाँच वर्षको जनादेशको झण्डै मध्यतिर आइपुग्दा हाम्रा अपेक्षा र परिणाम बीचको दुरीबारे सम्वाद गरिरहेका हुने थियौं।

तर आज हामीहरु एउटा भिन्न प्रकृतिको असहज परिस्थितिबीच नयाँ वर्षको आगमनलाई स्वागत गरिरहेका छौं। यस असहज परिस्थितिको शीघ्र अन्त्यको अपेक्षासहित म सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०७७ सालको शुभ रहोस् भन्ने पुनः हार्दिक कामना गर्दछु।

कोरोना भाइरस महामारीका कारण अहिले हामी भयावह अवस्थाबाट गुज्रिरहेका छौं। मेरो पछिल्लो पटकको सम्बोधनदेखि यताको पाँच दिनको यस अवधिमा थप ३५ हजार मानिसले ज्यान गुमाइसकेका छन्। मानिसको जीवन रक्षाका लागि सिंगो विश्व अहिले लकडाउनमा छ। हाम्रा सम्पूर्ण गतिविधिहरु लकडाउनमा छन्।

कतिपय परिवारका सदस्यहरु आफन्तबाट टाढा लकडाउनमा छन्। संक्रमणबाट जोगिन, सामाजिक दुरी कायम राख्नका लागि एकै ठाउँमा रहेर पनि कतिपय हामीहरु पारस्परिक दुरीमा छौं।

निःसन्देह दुःखको यस घडीमा हामी भित्रको मानवीय भावनाले हामीलाई अझ दह्रो गरी जोडिरहेको छ। सिंगो नेपाली समुदाय राष्ट्रिय एकताको भावनात्मक एकतामा अझ घनिष्ठ रुपमा आबद्ध भएको छ। तर, भौतिक रुपले भन्ने हो भने हाम्रो सामाजिक सम्बन्ध जोड्ने धागो टुटेको छ।

सिंगो विश्वको अर्थ व्यवस्थालाई गतिशील बनाइराख्ने उत्पादन प्रणालीको कडी टुटेको छ। अन्यौल र भयको कहालीलाग्दो अवस्थाबाट अहिलेको समय गुज्रिरहेको छ।

दिदीबहिनी तथा दाजुभाइहरु,
म अहिले पाँच वर्षअघिको त्यो कोलाहलपूर्ण अवस्था पनि सम्झिरहेको छु। त्यतिखेर विनासकारी भूकम्पका कारण हाम्रा धेरै घरहरु ध्वस्त भएका थिए। आफू उभिएको भुइँ घरिघरि नाचिरहेको अवस्था थियो। अस्पतालहरु घाइतेबाट भरिभराउ थिए। कति उद्धारको अपेक्षामा चिच्चाइरहेका थिए। कोही आफन्तको वियोगमा भावविह्वल थिए। न बस्ने ठाउँ छ, न सन्चित गरिएका खाने कुरा बाँकी रहेको छ, घरबाट मानिसहरु एकाएक सडकमा फ्याँकिएका थिए।

त्यतिबेलाको अत्यासलाग्दो अवस्थालाई हामीले एक भएर सामना गर्‍यौं। धैर्यता र साहसका साथ उभियौं। अघि बढ्ने प्रयास गर्‍यौं। हजारौं भौतिक संरचना भत्किए पनि हामीले मनोबल भत्किन दिएनौं। संकटका काला बादलहरु हटेर सूर्यको उज्यालो छरिने विश्वासलाई टुट्न दिएनौं। त्यसपछि आएका सबै अप्ठ्याराहरुलाई एक भएर एक–एक गरी छिमल्दै गयौं।

प्राकृतिक विपत्तीका कारण नेपालीहरु भौतिक सम्पत्तिका हिसाबले कमजोर भए होलान्। तर मानसिक रुपमा दरिद्रचाहिँ छैनन् भन्ने परिचय हामीले साहसका साथ दियौं। हामीहरुको यो साहस र धैर्यलाई धेरैले प्रशंसा गरे। हामीलाई धुलो टक्टक्याएर उठ्न हात दिए। हामी नेपालीले परेको बेला प्रदर्शित गर्ने गरेको एकता र अनुशासनले नै भत्किएको धरहरा फेरि ठडिन लागेजस्तै शीर ठाडो पार्ने स्थानमा आइपुगेको स्मरण गर्न म सबैलाई हार्दिक आग्रह गर्दछौं।

तर अहिले हामी त्यस समयभन्दा भिन्न एक अदृष्य शत्रुविरुद्ध युद्ध लडिरहेका छौं। यस्तो शत्रु जसलाई रोकथाम गर्ने खोप या निको पार्ने औषधि अझै आविश्कार भएको छैन। यस्तो शत्रु जसले हामी जस्ता विकासोन्मुख मुलुकलाई मात्रै होइन, बिकसित र बलियो स्वास्थ्य संरचना भएका मुलुकहरुलाई पनि हायलकायल पारिरहेको छ।

हामीले यो युद्ध जित्नका लागि त्यस बेलाका भन्दा भिन्न युद्धका नियमहरु पालना गर्न आवश्यक छ। यस युद्धमा दुरीमा शक्ति यस युद्धमा दुरीमा शक्ति छ। दुरीबाट नै हाम्रो एकता प्रदर्शित हुन्छ भन्ने जस्तो नियमको पालना गर्नुपर्ने अनौठो अवस्था आएको छ।

एक्लाएक्लै उभिदै सामाजिक दुरी कायम राखेर अदृश्य शक्ति कोरोना भाइरसलाई छल्नुपर्छ भन्नेमा हामी सचेत हुनुपर्दछ। अहिले जो जहाँ छ, त्यहीँ रहने हो। स्वास्थ्यकर्मीले दिएका सुझाव र सरकारले जारी गरेका निर्देशनहरुको पालना गर्दै स्वअनुशासनमा रहने र कोरोना भाइरसको चक्र समाप्त हुने अवधिसम्म धैर्यताका साथ पर्खिने नीति अपनाउनु अपरिहार्य छ।

हरेक अप्ठ्यारोमा मानिस स्वभावैले अत्तालिन्छ। यस्तो समयमा मनलाई नियन्त्रणमा राख्नुपर्छ भन्ने म ठान्दछु। यो काम भनेजस्तै सजिलो पक्कै छैन। तर परेपछि मानिसले त्यसलाई सामना गर्न सक्छ भन्ने मेरो आफ्नै भोगाइले बताउँछ।

आदरणिय दिदीबहिनी तथा दाजुभाइहरु,
भनिन्छ, अनिकालमा घरभित्रका भाँडाहरु बज्न थाल्छन् तर त्यसलाई रडाँको मच्चिएको ठान्नु भूल हुन्छ। मन आत्तिएको, भत्किएको बेला गर्नेले गरेन कि भन्ने मनमा पैदा हुन सक्छ। गरेको पुगेन कि भन्ने लाग्न सक्छ। अझ छिटो, अझ राम्रो, तत्काल परिणाम आउने गरी काम गरिदिए हुन्थ्यो भन्ने लाग्न सक्छ। तर अन्योल र भ्रममा पर्ने, बिचलित हुने होइन मन बलियो बनाउनु आवश्यक छ।

विश्वका बिभिन्न मुलुकमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या र यसको अनुपात फरक फरक छ। हाम्रो देशमा संक्रमितको संख्या प्रति १० लाखमा ०.३ मात्र छ। अहिलेसम्म संक्रमितको अवस्था सामान्य रहनु र कसैको पनि मृत्यु नहुनुलाई हाम्रा प्रयासको सफलताको रुपमा लिन सकिन्छ। 

हो, अहिले संक्रमणको आशंका गरिएका व्यक्तिहरुको जति परीक्षण भइरहेको छ, पर्याप्त छैन। अहिलेसम्म हामीले प्रति १० लाख जनसंख्यामा एक सय ५२ जनाको परीक्षण गरेका छौं। संक्रमणमुक्त स्थितिको सुनिश्चितताको लागि यस परीक्षणको दायरालाई निरन्तर बढाउँदै लगिने छ।

तर हामी भएका राम्रा काम आफसेआफ वा संयोगले मात्र भएका हुन् भन्ने पनि नसोचौं। यतिसम्म पनि नभनौं सीमित कमी कमजोरी र हुन बाँकी कामहरु सरकारको अकर्मण्यताका परिणाम हुन्। हामी यति त सम्वेदनशील बनौं हाल भइरहेका कामहरु, दिनरात खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सम्बद्ध श्रमिकहरुको मेहनतको परिणाम हो।

सीमित साधन र स्रोतका बाबजुद हामीले गरिरहेका कामहरु सकारात्मक छन् र यिनले परिणाम दिइरहेका छन् भन्ने कुराको दृष्टान्त चैत २५ गते सार्वजनिक भएको एउटा राष्ट्रिय सर्वेक्षणले पनि देखिन्छ, जहाँ अधिकांश नागरिकहरुमा कोरोना भाइरसबारे आधारभूत जानकारी पुगेको, त्यसबाट जोगिन अपनाउनुपर्ने कदमबारे उहाँहरु सचेत रहेको र सरकारका कामप्रति अधिकांश नागरिकहरुले सन्तुष्टि व्यक्त गरेको निष्कर्ष प्राप्त भएको छ। जति कामहरु हुन बाँकी छन्, तिनलाई तीनै तहका सरकारको नेतृत्व र समन्वयमा निरन्तरता र तीव्रता दिइने छ।

दिदीबहिनी तथा दाजुभाइहरु,
कोरोना भाइरसबाट विश्व अर्थतन्त्र र समग्र विश्व प्रणालीमै गहिरो र दुरगामी असर पर्ने कुरा निश्चित छ। यस महामारीले हाम्रो जमानाकै सर्वा्धिक विश्व गम्भीर आर्थिक मन्दी निम्त्याउने सहजै अनुमान लगाउन सकिन्छ। प्रक्षेपण गरिएका तथ्यांकहरुलाई उल्लेख नगर्ने हो भने पनि विश्व व्यापार नराम्रो गरी खुम्चिने, करोडौंले रोजगारी गुमाउने र लगानीका स्रोतहरु सुक्ने कुरा निश्चितै जस्तो छ।

कोरोना भाइरसको यस महामारीबाट सामाजिक र मनोवैज्ञानिक क्षति मात्रै होइन, यसपश्चात आउने विश्वव्यापी आर्थिक मन्दीले हाम्रोजस्तो उदयीमान अर्थतन्त्रलाई गहिरो धक्का दिने निश्चित छ।

यस महामारीबाट कूल गाह्रस्थ उत्पादनको दुईदेखि चार प्रतिशतको हाराहारीमा हाम्रो अर्थतन्त्रमा क्षति पुग्ने बिभिन्न क्षेत्रका विद्वानहरुको विश्लेषणप्रति सरकारको पर्याप्त ध्यान गएको छ।

कोरोना पछिको क्षतिको आँकलनका लागि सरकारले आफूसम्बद्ध बिभिन्न निकायहरुलाई परिचालित गरिसकेको छ। आउने हप्तादिन सम्ममा महामारीको बेगको पूर्वानुमान हुनसक्ने भएकाले समग्र मूल्यांकनको प्रक्रिया त्यसपछि मात्र निष्कर्षमा पुग्ने अवस्था छ।

हाम्रो योजना थियो, यस नयाँ वर्षमा नयाँ वर्षको पहिलो महिनाको पूवाद्र्धमै रानीपोखरी उदघाटनको कार्यक्रम राखिने छ। यस्तो लाग्दै थियो, धरहरा दस तलामा मात्रै होइन त्यसभन्दा माथि अग्लिने छ।
सुनकोशी मरिन डाइभर्सनको ठेक्का लगाउने काम सकिने छ। सार्वजनिक यातायातमा नयाँ कार्यक्रम घोषणा गरिने छ।

गत फागुन ३ गते प्रतिनिधिसभामा मैले सम्बोधन गर्दा उल्लेख गरिएका कामको विवरणको प्रगति आजको सम्बोधनमा अपडेट गरिने छ।

तर हामी महामारीका कारण धेरै कार्यक्रम स्थगित गर्नुपर्ने, केहीको काममा स्वतः विलम्ब हुने, बजेटलाई रकमान्तर गर्नुपर्ने वा हाम्रा प्राथमिकताका क्षेत्रलाई पुनः व्यवस्थित गर्नुपर्ने अवस्थामा आइपुगेका छौं।

हामी सबैलाई थाहा छ, यतिबेलाको सर्वोच्च र एकमात्र प्राथमिकता नागरिकहरुको स्वास्थ्य सुरक्षा हो। यतिबेलाको सबैभन्दा महत्वपूर्ण विकास निर्माण कार्य भनेको संक्रमण फैलिन नदिने कुराको सुनिश्चितता गर्ने हो। त्यसैले यतिबेला हामीले आफ्नो ध्यान संक्रमितहरुको पहिचान, परीक्षण र उपचारमा गरेका छौं। जतिबेला हामी यस महामारीको ग्राफलाई सीधा पार्छौं, त्यसपछि हाम्रा आर्थिक गतिविधिलाई तीव्रता दिन लगानी, लगानी अनि फेरि लगानीको नीति अपनाउने छौं।

अहिले हाम्रो अध्ययन तथा सर्वेक्षण टुटेको उत्पादन सम्बन्धको कडी फेरि कसरी जोड्ने, अवरुद्ध उत्पादन प्रणालीलाई कसरी सुचारु गर्ने, भन्नेमा केन्द्रित छ। यसै अध्ययन र सिफारिसको आधारमा सरकारले अर्थतन्त्रको पुनरुत्थानको प्याकेज, नीति तथा कार्यक्रम र बजेटमार्फत् सार्वजनिक गर्ने छ।

यति धेरै महानुभावहरुले सुझाव र सल्लाह दिइरहनु भएको छ। सल्लाह सरकारको कामको तरिकाको बारेमा छ र साधन स्रोतको सम्बन्धमा पनि छ। कतिपय मित्रहरुले चालु बजेटको बिभिन्न शीर्षकमा रहेका स्रोतलाई रकमान्तर गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भएको छ। कतिपयले उच्च ओहोदामा रहेका र जनप्रतिनिधिहरुले पाउने सुविधामा कटौती गर्नसमेत सुझाव दिनु भएको छ। यी सबै सुझावमा मेरो गम्भीर रुपमा ध्यानाकर्षण भएको छ।

मैले पटक–पटक भन्दै आएको छु, यो युद्ध सबैको बलियो एकतामा जितिने युद्ध हो। विश्वव्यापी यस संकटको समाधान, विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव छ। देशभित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वोपरी रहनु पर्दछ।

मुलुक प्रगतिमा रहेको बेला हुने उपलब्धीको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सहभारवहन हामी सबैले नै मिलेर गर्नुपर्दछ। आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा पनि हो। मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु।

विद्यमान कठिन परिस्थितिको सामना गर्न मित्र राष्ट्रहरुबाट प्राप्त सदभाव, ऐक्यबद्धता र सहयोगप्रति हामी आभारी छौं। हामीले व्यहोर्नु परेको क्षतिको मुकाबला गर्न, आवश्यक स्रोत जुटाउन, विकास साझेदारहरुबाट प्राप्त साथ र समर्थन प्रशसंनीय रहेको छ।

यस अवधिमा विश्व बैंकबाट कोरोना संक्रमण रोकथाम आपतकालीन सहयोगका लागि २९ मिलियन अमेरिकी डलर बराबरको सहायता सम्झौता भइसकेको छ। यसैगरी बिभिन्न शीर्षकमा विश्व बैंकसहित बिभिन्न साझेदार संस्थाबाट एक हजार पाँच सय ६३ मिलियन अमेरिकी डलर बराबरको रकमको व्यवस्था भइसकेको छ।
परम्परागत सहायता नीति कार्यक्रम तथा सहायताका उपकरणबाट मात्र अहिलेको संकट समाधान हुन सक्दैन भन्ने स्पष्ट छ। नवीन सहायता नीति, कार्यक्रम र सहायता उपकरणबाट मात्र हाम्राजस्ता जोखिमयुक्त देशले संकटमाथि विजय हासिल गरेर अगाडि बढ्न सक्छन्।

त्यसैले नियमित रुपमा उपलब्ध भइरहेको भन्दा थप स्रोत साधन अपरिहार्य भएकोले विकास सहायताको प्रकार, विधि, सर्त तथा ऋणको लागत एवम् प्रक्रियालाई परिमार्जन र सरलीकृत गर्न सरकारले पहल गर्ने छ।

भनिन्छ, संकटले सम्भावनाको पनि ढोका खोल्छ। कोरोना भाइरसको महामारीले सिर्जना गरेका चुनौतीहरुलाई हामीले अवसरमा रुपान्तरित गर्न प्रयास गर्नु पर्दछ। यस महामारीले स्वास्थ्य पूर्वाधारमा लगानी गर्न सिंगो विश्वलाई र हामीलाई पनि बेस्सरी घचघचाएको छ। सरकारले यसलाई गम्भीर ध्यान दिने नै छ।

विश्वव्यापी आर्थिक मन्दीका कारण वैदेशिक रोजगारी गुम्न सक्ने, जोखिममा रहेका र मुलुकभित्रै बेरोजगार रहेका युवाहरुलाई केन्द्रित गरेर रोजगारीका कार्यक्रम लागू गर्ने नीति अपनाइने छ। कृषि, साना तथा मझौला उद्योगका अतिरिक्त स्वरोजगारीका नयाँ सम्भावनाको खोजी गर्न सम्बन्धित क्षेत्रका व्यावसायी, विशेषज्ञहरु र स्वयं युवाहरुसँग मिलेर ठोस योजना अगाडि सारिने छ।

दिदीबहिनी तथा दाजुभाइहरु,
कोरोना भाइरसबाट प्रभावित हुने सबै वर्ग र क्षेत्रका नागरिकहरुको अभिभावकत्व सरकारले लिन्छ। सबैभन्दा पहिले जनतालाई महामारीबाट उम्काइने छ। सँगसँगै रोजीरोटीको जोहो गरिने छ। सर्वसाधारण जनता र कमजोर वर्गलाई यथासम्भव सामाजिक संरक्षण प्रदान गर्ने, यस समस्याबाट प्रभावित निजी क्षेत्रलाई प्रोत्साहन उपलब्ध गराउने, कृषक तथा आम श्रमिकहरुको आय निरन्तरताका लागि आवश्यक व्यवस्था गरिने छ।

मैले पहिले नै घोषणा गरिसकेको छु, आफैंलाई जोखिममा राखी उपचारमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र नागरिक सुरक्षामा अहोरात्र खट्ने सुरक्षाकर्मीहरु जस्ता यस युद्धको अग्रपंक्तिका व्यक्तिगत र व्यवसायिक सुरक्षामा कुनै कमी हुन दिइने छैन। उहाँहरुको हिफाजत सरकारले हरतरहले गर्ने छ।

संकटको यस घडीमा जनताको घर आँगनमै पुगेर सेवा पु¥याइरहेका स्थानीय जनप्रतिनिधिहरुप्रति म उच्च सम्मान व्यक्त गर्न चाहान्छु। यसले स्थानीय तहहरुलाई जनताको सबैभन्दा नजिकको सरकारको रुपमा स्थापित गरेको छ।

आफ्नो प्रदेशको विशिष्ट अवस्था र चुनौतीलाई हेरेर प्रभावकारी ढंगले सम्भाव्य संक्रमणको सामना गरिरहनु भएका प्रदेश सरकारको भूमिकालाई म हार्दिक प्रशंसा गर्न चाहान्छु।

रोजगारी गुमाएर विहान साँझको छाक टार्न कठिन भएका, अपांगताका कारण औषधिलगायत अन्य अत्यावश्यकीय सुविधाको पहुँचबाट टाढा रहनु भएका, वृद्धावस्थामा रहनु भएका र बिभिन्न हिसाबले असहज अवस्था भोगिरहनु भएका विपन्न र असहाय दाजुभाइ दिदीबहिनीहरुसमक्ष स्थानीय सरकारहरु स्वयं राय लिएर पुग्ने छन्। अप्ठ्यारोमा पर्नु भएका त्यस्ता व्यक्ति परिवार या समुदायको पहिचान गर्न र सरकारले उपलब्ध गराउने राहत वास्तविक मर्कामा परेकाको हातमा पुगोस् भन्ने सुनिश्चित गर्न म सबैको सहयोगका लागि हार्दिक अनुरोध गर्दछु।

विदेशमा रहनु भएका नेपालीहरुप्रति म संवेदनशील छु। विश्वव्यापी संकटको घडीमा उहाँहरु आधारभूत सुविधा र उपचार सेवाबाट बन्चित हुन नपरोस् भनेर सरकारले बिभिन्न तहमा सम्बन्धित देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख र विदेशमन्त्रीहरुसँग निरन्तर सम्वाद गरिरहेको छ। नेपालीलाई संरक्षण दिने र आफ्नै नागरिक सरह सुविधा उपलब्ध गराउने वचन दिनु भएकोमा म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु।

संकटको यस बेलामा सिंगो राष्ट्र एकताबद्ध छ। सबै राजनीतिक दलहरुबाट प्राप्त साथ, समर्थन तथा उहाँहरुबाट प्राप्त रचनात्मक सुझावले सरकारलाई अझ ऊर्जा थपिदिएको छ। यसका लागि म सबै राजनीतिक दलहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।

जनताबाट निर्वा्चित सरकार नै संकटको समाधान गर्ने नेतृत्वदायी संस्था हो। तीनै तहका सरकारले सम्बद्ध सबैको सुझावहरुलाई ध्यानमा राख्दै यस असामान्य अवस्थाको प्रभावकारी ढंगले सामना गर्ने कुराको विश्वास दिलाउन चाहन्छु।

चैत २५ गते मैले भनेको थिएँ– यस खालको महामारीसँग जुध्न समग्र विश्वको तयारी पर्याप्त रहेनछ भन्ने कुरा आज प्रत्यक्ष देखिएको छ। मानव स्वास्थ्यमा उच्च लगानी गर्ने नयाँ विश्व प्रणालीको आवश्यकता टड्कारो बनेको छ। यस महामारीको समाप्तीसँगै मानव केन्द्रित नयाँ विश्वप्रणालीको बारेमा विमर्श पनि थालनी गर्नुपर्दछ। नेपालले यसमा अग्रसरता लिने छ।

कुनै पनि युद्धमा विजयका लागि आत्मविश्वास, मनोबल र एकता सर्वा्धिक महत्वपूर्ण हतियार हो। आत्मविश्वास गुमेको र आत्मबल खस्किएको सेनाले जतिसुकै आधुनिक संशाधनबाट सज्जित भए पनि युद्ध जित्न सक्दैन।

यस घडी म सबै समक्ष विशेष आह्वान गर्न चाहान्छु, अग्रमोर्चामा रहेर कोरोना भाइरसका विरुद्ध कठिन लडाइँको अगुवाइ गरिरहेकाहरुको मनोबल उच्च पारौं। राष्ट्रिय एकतालाई थप सुदृढ पारौं र कोरोना भाइरसलाई समाजमा फैलिनबाट रोक्न र संक्रमण भइहालेमा पनि पराजित गर्न सकिन्छ भन्ने जनताको आत्मविश्वासलाई थप बलियो बनाउन सकारात्मक भूमिका खेलौं।

आगामी बैशाख ३ गते लकडाउनको दोस्रो समयावधि पूरा हुन्छ। आगामी दुई दिनमा हुने प्रगतिको आधारमा कोरोना महामारीविरुद्धको हाम्रो नीति कस्तो हुने भन्ने सरकारले निर्णय गर्ने छ। ढुक्क हुनुस् कस्तै प्रतिकूल अवस्थामा पनि आपूर्ति प्रणालीलाई कमजोर हुन दिइने छैन।

फेरि एकपल्ट यहाँहरु सबैको सुस्वास्थ्यको कामनासहित नयाँ वर्ष २०७७ को हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। सबैमा धेरै धेरै धन्यवाद।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  १३:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बार्सिलोनाको लगातार दोस्रो जित
बाढी–पहिरोको जोखिमले मुख्य राजमार्ग प्रभावित, नागढुंगा–मुग्लिन सडक पूर्ण बन्द
भोटेकोशी बाढीले बगाएका १०२ शव पोखरा लगियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बार्सिलोनाको लगातार दोस्रो जित शुक्रबार, भदौ १२, २०८३
बाढी–पहिरोको जोखिमले मुख्य राजमार्ग प्रभावित, नागढुंगा–मुग्लिन सडक पूर्ण बन्द शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीले बगाएका १०२ शव पोखरा लगियो शुक्रबार, भदौ १२, २०८३
ट्रम्प भन्छन्– नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन अमेरिका तयार छ शुक्रबार, भदौ १२, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्