• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मजदूर वर्गलाई खान देऊ, जान नदेऊ

सीपी गजुरेल सोमबार, वैशाख १, २०७७  १६:१०
1140x725

‘खान पनि नदिने, जान पनि नदिने!’ यो कुनै कविले लेखेको कविताको शीर्षक होइन, यो कुनै गीतकारको गीतांश पनि होइन। वास्तविक अभिव्यक्ति हो। यो हाम्रै देशका गरिखाने वर्गका मानिसहरुको भोगाइ हो। कोरोना भाइरस संक्रमण फैलिन नदिन लगाइएको ‘लकडाउन’को समयमा भोकै ५०० किमी पैदल हिँड्नेहरुको अनुभूति हो। वर्तमान सन्दर्भको कटु सत्यको प्रतिविम्ब हो। 

कोरोना भाइरसको महामारी
सन् २०१९ का अन्तिम महिना डिसेम्बरको मध्यमा चीनको हुबेइ प्रान्तको राजधानी वुहानबाट फैलिएको नोवेल कोरोना भाइरस (कोभेड १९)ले सुरुमा सोही सहरलाई आक्रान्त पार्‍यो। चीनका अन्य भागमा पनि फैलिन थाल्यो। हामीसँग सिमाना जोडिएको उत्तरको छिमेकी राष्ट्रमा विकराल रुपमा फैलिएको यो भाइरसले तुलनात्मक रुपमा नजिक पर्ने जापान र दक्षिण कोरियामात्र होइन, सात समुद्र पारीको संयुक्त राज्य अमेरिकाका साथै इटाली, स्पेन, बेलायत, जर्मनीलगायतका देशहरुमा बबण्डर मच्चायो। तर, हामी नेपालीको सौभाग्य मान्नुपर्छ, त्यसले हिमाल नाघेर नेपाल पस्ने आँट गरेन।

यसबाट बँच्नका लागि हामीले त्यति लामो समय एक प्रकारले उपहारमा पाएका थियौं। यो हाम्रो लागि ठूलो अवसर थियो। तर, यो सरकारको प्राथमिकता अर्कै रहेको पाइयो। त्यही बीचमा विश्व स्वास्थ संगठनले कोरोना भाइरसलाई ‘महामारी’ भनिसकेको थियो। विश्वस्तरमा उक्त अन्तर्राष्ट्रिय संस्थाले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरिसकेको थियो। 

नेपाल सरकार त्यतिखेर के गर्दै थियो? मन्त्रीहरु र कर्मचारीतन्त्र कता थिए? विश्वस्तरमा ती सबै घटना भइसक्दा पनि पर्यटनमन्त्री योगेश भट्टराई काठमाडौंबाट फरमान जारी गर्दै थिए– ‘नेपाल कोरोनामुक्त राष्ट्र हो। यहाँ आउन विदेशीहरु ढुक्क भए हुन्छ।’ सरकार २० लाख पर्यटक ओसार्ने योजनामा थियो। 

स्वास्थ्यमन्त्री मानिसहरुलाई तर्साउँदै थिए, “क्वारेन्टाइनमा बस्नेहरुले आफ्नो व्यवस्था आफैंले मिलाउनु पर्छ, सरकारले व्यवस्था गर्न सक्दैन।” शिक्षामन्त्री ‘एसइई कुनै हालतमा सारिँदैन’ भन्ने उद्घोष गर्दै थिए। जबकि सामाजिक दूरी कायम गर्नु अनिवार्य भइसकेको थियो। भूमिसुधार तथा व्यवस्थामन्त्री भाषण गर्दै थिइन्, ‘नेपालीको शक्ति यति बलियो छ कि नेपालीलाई यो भाइरसले छुनै सक्दैन। तपाईंहरु ढुक्क भए हुन्छ।’

कुन स्वास्थ्य विज्ञानका आधारमा उनी यो बोलिरहेकी थिइन्, उनैलाई थाहा होला। मध्य पुसबाट सुरु भएको भाइरसको संक्रमण आखिरमा फागुनको अन्त्यतिर र चैतमा नेपालमा देखा पर्‍यो। बेलैमा बुद्धि पुर्‍याएर इमान्दारिता र सक्रियताका साथ तयारी गरिएको भए, नेपाल कोरानाको महामारीभित्र नपर्ने पर्याप्त मात्रामा सम्भावना थियो। यो हुन नसक्नुमा सरकार मुख्यरुपमा दोषी छ। यसको मूल्यांकन र त्यसपछिका कदमहरुबारे बहस, छलफल हुने नै छन्। कथित दुई तिहाईको बहुमतको सरकारको भविष्यको निर्णय पनि बितेका र आगामी घटनाक्रमले नै गर्ने नै छन्। 

मर्नु न बाँच्नुको अवस्था
यतिखेर कोभिड १९ को महामारीले विश्वलाई नै गाँजिसकेको छ। यी हरफ लेखिँदासम्म विश्वस्तरमा संक्रमितको संख्या १८,५३,५०५ पुगिसकेको छ, यसबाट मृत्यु हुनेहरुको संख्या १,१४,२०२ पुगेको छ भने ४,२३,७२८ जना निको भएर घर फर्किसकेका छन्।

भारतमा पनि यसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। यसको संक्रमण ९ हजार  २ सय ५ मा पुगिसकेको छ भने मर्नेहरुको संख्या ३ सय नाघिसकेको छ। नेपालमा यसको संक्रमण विदेशबाट आएका संक्रमितमा मात्र सीमित नभएर विदेश गएको हिष्ट्री नभएकी नेपालमै बसेकी महिलामा पनि संक्रमण देखा परेपछि सरकारले नै यो कोरोना भाइरस पहिलोबाट दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरिसकेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

राष्ट्रले यसरी महामारीको संकटसँग जुध्नुपर्ने अवस्था आइ नै सकेको छ। यसबाट बँच्नका लागि चीनले वुहानमा नियन्त्रण गर्न सफल भएको विधि ‘लकडाउन’लाई लागू गर्नुको विकल्प नेपालसँग थिएन। सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको छ। यो लकडाउन भनेको जो जहाँ छ, त्यहीँ बस्ने कुरा हो। हरेक व्यक्ति स्वेच्छिक रुपमा आफ्नै वासस्थानमा क्वारेन्टाइनमा बस्ने विधि हो। यसबाट मात्र यो भाइरसलाई असीमित रुपमा फैलिनबाट रोक्न सकिन्छ। यो एकमात्र विकल्प भएको हुनाले यसलाई लागू गर्दा नेपालमा कतैबाट विरोध भएको छैन।

परन्तु यसलाई सफलतापूर्वक लागू गर्ने कुरा धेरै महत्वपूर्ण छ। यसलाई लागू गर्ने प्रमुख संयन्त्र सरकार हो। सरकारलाई छाडेर यसको समाधान खोज्नु असहज हुन्छ। यतिखेर सहज बाटो खोज्न नै सबै लाग्नुपर्ने अवस्था छ। यदि सरकारले सही किसिमले अघि बढ्न चाहेन भने के हुन्छ? यो प्रश्नको जवाफ पनि राष्ट्रले खोज्नुपर्ने अवस्था आउन सक्दछ। 

यो लकडाउन आवश्यक हुँदाहुँदै पनि यसले कसैकसैलाई विकराल अवस्थामा पनि पुर्‍याएको छ। यो अर्को कोरोना भाइरस बन्न पुगेको छ, उनीहरुका लागि। पहिलो, यसबाट सबैभन्दा बढी प्रभावित समाजका ती गरीब वर्गका मानिसहरु छन्, जोसँग लकडाउनको समयभरि घरमा र कोठामा बसेर खान सक्ने हैसियत छैन। दिनदिनै कमाएर खाने वर्ग यसबाट सबैभन्दा ठूलो समस्यामा परेको छ।

दोस्रो, अर्को गम्भीर समस्या झेलिरहेका दीर्घ रोगीहरु छन्, जसको नियमित जाँच हुन सकेको छैन र उनीहरुले सेवन गरेको औषधिसम्म उनीहरु लिन जान सकेका छैनन्। यी रोगीहरुको अवस्था दिनदिनै नाजुक हुने सम्भावना प्रवल छ। तेस्रो, अपर्झट विरामीहरुको पनि हालत उस्तै छ। अन्य रोगहरुको उपचार गर्ने अस्पताल र क्लिनिकहरु लगभग बन्द छन्। अस्पताल पुग्ने साधनको अभाव छ। यो अवस्थामा अपर्झट बिरामी पर्नेको हालत नाजुक छ। 

लकडाउनमा देखा पर्न सक्ने यी सबै समस्याको समाधानको व्यवस्थापन यसको घोषणा गर्नुपूर्व नै गरिसक्नु पथ्र्यो। त्यतिको सामान्य ज्ञान सरकार सञ्चालन गर्नेहरुसँग हुनु पर्दथ्यो। त्यो सबै सोचेर, योजना बनाएर यसको घोषणा हुनुपर्थ्याे। तर, सरकारमा भएका मानिसहरु त अर्कै खेलमा तल्लीन रहेछन् भन्ने कुरा त स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको भ्रष्टाचार काण्डबाट नै थाहा भएको छ। अनि यो देशका जनताले पीडा नभोगेर के गर्ने? 

राहत प्याकेज
यत्रो महामारीको चपेटामा परेका बेलामा हरेक राष्ट्रले आफूले सकेसम्मको राहत प्याकेजको व्यवस्था गरेर जनताको जीवन र राष्ट्रको रक्षा गर्दछन्। अमेरिकाले इतिहासमै सबैभन्दा ठूलो राहत प्याकेज, २ ट्रिलियन डलर घोषणा गरेको छ। भारतले ३२ अरब डलर बराबरको राहत प्याकेज घोषणा गरेको छ। यस प्रकारको मानवीय संकट आइपरेका बेलामा ओली सरकारले यो समस्याबाट बाहिर आउन साँच्चै कामयावी हुने प्याकेज घोषणा गर्ने अपेक्षा गरिएको थियो।

प्रधानमन्त्रीको जन्म दिनमा लाखौं खर्च गरेर आर्थिक क्षेत्रमा उदारता देखाउने सरकारले यो प्याकेजका मामिलामा भने मख्खीचुसको भूमिका खेल्यो। टेष्टिङ किट, पीपीईलगायत अन्य सामग्री, सामान्य उपचार, क्वारेन्टाइन र आइलोसेन, आइसियू तथा दैनिक ज्यालादारीहरु र निम्न वर्गका मानिसहरुको लागि खाद्यान्न र दैनिक जीवन धान्ने व्यवस्थासम्म पनि केन्द्र सरकारले गरिरहेको छैन।

धेरैजसो जिम्मा प्रदेश र स्थानीय तहलाई दिएको घोषणा गरेको छ, जुन उनीहरु व्यहोर्न तयार नै छैनन्। यो अवस्थामा यो लकडाउन तल्लो वर्गका लागि भोकमरी निम्त्याउनुसरह भएको छ। लकडाउ लगाउनु आवश्यक हुँदाहुँदै पनि राहतको व्यवस्था नहुनाको कारण जतासुकै खासगरी तल्लो वर्ग र दैनिक ज्यालादारी गर्ने मानिसहरुको कन्तविजोग हुने स्थिति पैदा भएको छ। त्यसकारण, सरकारले थप राहत प्याकेजको व्यवस्था तुरुन्त घोषणा गरोस्। 

विस्फोटक स्थिति आउन सक्छ
लकडाउनको नियम सरकार आफैंले पालना गरेको छैन। सबैलाई थाहा छ कि लकडाउन भनेको आफ्नो निवासमा सेल्फ क्वारेन्टाइनमा बस्ने प्रक्रिया हो। जो जहाँ छ, ऊ त्यहीँ बस्नुपर्ने अवस्था हो। तर, यहाँ राहत वितरण गर्दा स्थानीयलाई मात्र वितरण गर्ने नीति अपनाइएको छ। त्यो पनि पर्याप्त छैन। भोटर लिष्टलाई आधार बनाइएको भन्ने चर्चा छ। यसको अर्थ त्यो ठाउँभन्दा बाहिरबाट त्यहाँ ज्यालादारी गर्न, अध्ययन गर्न वा अन्य कुनै काम गर्न आएर यहाँ थुनिएर बसेका मानिसले त राहत नपाउने भए। तिनलाई घर जाने अवसर पनि छैन।

त्यो अवस्थामा उनीहरुले के गर्ने? भोकै मर्नेभन्दा बाहेक उनीहरुसँग के विकल्प रह्यो त ? काठमाडौंबाट इटहरी, विर्तामोड, बर्दिया, बाँके बोरा र झोला बोकेर पैदलै दिनरात हिँडिरहेको दृश्य टिभीमा हेर्दा द्रवित र भावुक नहुने कुन नेपाली होला? यी ठाउँहरुमा पिच रोडको पहुँच भएको वर्षौं बितिसकेको छ।

तर त्यत्रो दूरीलाई भोकैतिर्खै पैदल छिचोल्न उनीहरु बाध्य हुनुपर्ने अवस्था आउनु कस्तो विडम्बना? कमसेकम यो दृश्य नेपालीले देख्न नपर्ने स्थिति त तयार गर्न सक्छ होला सरकारले भन्ने लागेको थियो सबैलाई। तर त्यति पनि गरेन, यो सरकारले। टेलिभिजनको त्यो दृश्य जनताले टुलुटुलु हेरिरहेका छन्। आउने समय झन् चुनौतीपूर्ण छ। यसबाट पाठ सिकेर सरकारले समस्या समाधान गर्ने किसिमको कदम चालोस्। सरकारले छिट्टै बिस्फोटको अवस्था ननिम्त्याओस्।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  १६:१०
  • #Novel Corona Virus
  • #cpgajurel

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गृहमन्त्रीसँग वार्ता गर्न गरिमाका आमा–बुवालाई काठमाडौं लगियो
‘सम्पदा पुनर्निर्माण मात्रै होइन, पुस्तान्तरण पनि आवश्यक छ’ : सुनिता डंगोल
बालेन सरकारलाई लक्षित गर्दै ओलीले भने– यी बारुलासँग म डराउँदिनँ
सम्बन्धित सामग्री
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन त्यसैले, भदौ २३ र २४ को आन्दोलन यस्तै कुशासन र बेथिति लगायत थुप्रिएका बिक्रितिहरुको एकीकृत तर सशक्त आवाज थियो । आवाज मार्फत राज्य शक... शुक्रबार, भदौ ५, २०८३
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण धन्य, न्याय मरेको रहेनछ। सर्वोच्च अदालतले सरकारी निर्णय खारेज गरिदियो। अदालतले संविधानको धारा १९ को मर्ममा टेकेर गरेको फैसलामा भनिएक... बिहीबार, भदौ ४, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
गृहमन्त्रीसँग वार्ता गर्न गरिमाका आमा–बुवालाई काठमाडौं लगियो शनिबार, भदौ ६, २०८३
‘सम्पदा पुनर्निर्माण मात्रै होइन, पुस्तान्तरण पनि आवश्यक छ’ : सुनिता डंगोल शनिबार, भदौ ६, २०८३
बालेन सरकारलाई लक्षित गर्दै ओलीले भने– यी बारुलासँग म डराउँदिनँ शनिबार, भदौ ६, २०८३
‘देश संकटमा छ, संकटबाट पार लगाउन युवालाई अघि सार्नुपर्छ’ : झलनाथ खनाल शनिबार, भदौ ६, २०८३
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्