काठमाडौ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कारोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेकाे लकडाउनलाई कडाइका साथ पालना गर्न सबैमा अपिल गरेका छन्।
नयाँ वर्ष २०७७ को सुभकामना दिँदै प्रचण्डले लकडाउनलाई पालना गर्दै उच्च मनोबल, स्वअनुशासन र एकताबाट कोरोनालाई जितेर विजय प्राप्त गर्न सकिने बताए। कोरोना महामारीविरुद्ध संघर्षरत आम नेपाली जनतालाई पूर्ण सफलता मिल्ने प्रचण्डकाे विश्वास छ।
कोरोना भाइरसले सबै जाति, धर्म समुदायलाई आक्रमण गरेको सन्दर्भमा नयाँ वर्षले मानवजातिकै राष्ट्रिय एकतासँगै नयाँ अन्तर्राष्ट्रिय एकता प्रदान गर्ने प्रचण्डको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।