एजेन्सी–कोरोना भाइरसबाट अत्यन्त प्रभावित युरोपेली मुलुक इटाली र फ्रान्समा कोरोनाबाट हुने मृत्यु घटेको छ।
इटालीमा आइतबार ४३१ को मृत्यु भयो, जुन तीन सातायताकै कम हो। बीबीसीका अनुसार फ्रान्समा पनि बिस्तारै मृत्यु हुनेको संख्या घटेको छ। शनिबार ३४५ जनाको मृत्यु भएकोमा आइतबार घटेर ३१५ जना भएको छ।
स्पेनमा भने लगातार मृत्यु बढेको छ। त्यहाँ आइतबार मृत्यु हुनेको संख्या ६ सय थियो। नयाँ संक्रमण दर घट्न थाले पनि सरकारले भने केही दिन अझ जटील स्थिति हुने चेतावनी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।