एजेन्सी–अमेरिकामा कोरोनाको कारण मारमा परेका व्यक्तिहरुलाई उपलव्ध गराउने राहत प्याकेज वितरण सोमबारदेखि सुरु भएको छ।
आन्तरिक राजस्व सेवा (आईआरएस) ले आर्थिक राहतअन्तर्गतको रकम करदाताको खातामा डिपोजिट गरेको जनाएसँगै प्याकेज वितरण सुरु भएको हो। यसअनुसार ७५ हजारभन्दा कम आम्दानी हुनेले १२ सय डलर प्राप्त गर्नेछन् भने १ लाख ५० हजारभन्दा कम आम्दानी हुने दम्पतिले २४ सय डलर प्राप्त गर्नेछन्। यस्तै, १७ वर्षभन्दा कम उमेरका बच्चा हुनेहरुले थप ५ सय डलर प्राप्त गर्नेछन्।
बाँकी करदाताहरुलाई पनि यथाशक्य छिटो रकम पठाइने आईआरएसले जनाएको छ। यसैबीच अमेरिकी सरकारले दिने १२ सय डलरको राहत रकम ट्याक्स फाइल नगरेकाहरुलाई समेत दिलाउनका लागि आईआरएसले नयाँ व्यवस्था गरेको छ।
आईआरएसले करदाताहरुलाई खातामा रकम पठाउन सुरु गरेको तथा सन् २०१८ र सन् २०१९ मा ट्याक्स फायल गरेका करदाताहरुले स्वतः उक्त राहत रकम प्राप्त गर्ने जनाएको छ। सोसल सेक्युरिटी रिटायर्डमेन्ट, सर्भाइभर वा अपांगता भत्ता र रेडरोड रिटायर्डमेन्ट लिइरहेकाहरुले पनि राहत रकम स्वतः पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।