श्रीलंकाली स्वास्थ्यमन्त्री पवित्रा वाणियराच्चि
एजेन्सी–श्रीलंकाली सरकारले कोरोना भाइरसबाट मृत्यु हुनेको शव जलाउन अनिवार्य गरेको छ। जुनसुकै धर्मका मानिस भए पनि जलाएर अन्त्येष्टि गरिनुपर्ने निर्णय गरिएको हो। तर यो निर्णयलाई मुसलमान समुदायले विरोध जनाएको छ।
श्रीलंकामा अहिलेसम्म कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ। जसमा ३ जना मुसलमान समुदायका थिए। आफन्तले विरोध जनाए पनि उनीहरुलाई पनि जलाइएको हो।
आइतबार स्वास्थ्यमन्त्री पवित्रा वाणियराच्चिले कोरोना संक्रमणबाट मृत्यु हुनेहरुलाई जलाउनुपर्ने बताएकी थिइन्। यद्यपि विश्व स्वास्थ्य संगठनले कोरोनाबाट मृत्यु हुनेहरुलाई जलाउन या गाड्न दुवै हुने बताएको छ।
श्रीलंकामा हालसम्म २ सय संक्रमित पाइएका छन् भने सरकारले संक्रमण रोक्न अनिश्चितकालसम्मका लागि कर्फयु घोषणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।