काठमाडौं- विश्वभर १८ लाख ४६ हजार ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित सोमबार बिहानसम्मको तथ्यांक अनुसार १ लाख १४ हजार ९० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।
त्यस्तै, ४ लाख २१ हजार ७ सय २२ जना उपचारपछि निको भएका छन्।
कोरोना संक्रमण अमेरिकामा सबैभन्दा धेरैलाई पुष्टि भएको छ। त्यहाँ ५ लाख ५५ हजार ३ सय १३ जनालाई संक्रमण पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।