काठमाडौं- विश्वभर कोरोना भाइरसको संक्रमणबाट मुत्यु हनेको संख्या १ लाख १० हजार नाघेको छ। नेपाली समयअनुसार आइतबार बेलुका ८ बजेसम्म संसारभर मुत्यु हुनेको संख्या १ लाख १० हजार ५२ पुगेको हो।
कोरोना संक्रमणबाट अमेरिकामा सबैभन्दा धेरै २० हजार ६ सय ३७ जनाको मृत्यु भएको छ। त्यस्तै इटालीमा मुत्यु हुनेको संख्या १९ हजार ४ सय ६८ पुगेको छ। स्पेनमा १६ हजार ९ सय ७२ जनाको मुत्यु भइसकेको छ। फ्रान्समा १३ हजार ८ सय ३२ जनाको मुत्यु भएको छ।
जोन्स हप्किन्स युनिभरर्सिटीको तथ्यांकअनुसार विश्वमा १७ लाख ९३ हजार २ सय २४ जनामा कोरोना भाइरस संक्रमण भएको छ। अमेरिकामा सबैभन्दा बढी मानिस संक्रमित छन्। अमेरिकामा ५ लाख ३० हजार २ सयमा सक्रमण भइसकेको छ।
स्पेनमा १ लाख ६६ हजार १९ जना संक्रमित भएका छन्। इटालीमा १ लाख ५२ हजार २ सय ७१ जना संक्रमित भएका छन्। फ्रान्समा १ लाख २९ हजार ६ सय ५४ जना संक्रमित भएका छन्। जर्मनीमा संक्रमितको संख्या १ लाख २५ हजार ४सय ५२ पुगेको छ।
४ लाख १२ हजार ३ सय ५६ जना मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।