काठमाडौं- कोरोना भाइरस संक्रमणबाट गम्भिर भएपछि अस्पतालको आइसियु पुगेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आइसियुबाट मुक्त भएपछि भने ‘म उनीहरुलाई धेरै धन्यावाद दिन सक्दिनँ, मैले मेरो जीवन उनीहरुलाई दिएको छु।’
तीन दिन आइसियुमा बिताएर बाहिरिएपछि नयाँ जीवन पाएका उनले शनिबार राती संक्षिप्त वक्तव्य जारी गर्दै आफुलाई नयाँ जीवन दिने राष्ट्रिय स्वाथ्य सेवा (एनएचएएस)का कर्मचारीहरुप्रति सम्मान व्यक्त गरे। आइतबार उनी सरकारी निवास फर्किसकेका छन् जहाँ उनले अझै केही दिन आराम गर्नुपर्नेछ।
कोरोना संक्रमणको सुरुवाती दिनमा उनी प्रधानमन्त्री कार्यलयको सरकारी निवास ‘११ डाउनिङ स्ट्रिट’मा ‘सेल्फ आइसोलेसन’मा बसेका थिए। र, उनको अवस्था सुधार गर्न हरेक प्रयत्न गरिएको थियो । आइसोलेसनमै बस्दा पनि उनले डिजिटल क्याविनेट बैठक राखेका थिए। तर सुधार भएन। उनको स्वास्थ्य अवस्था गम्भिर भयो र उनी सिधै अस्पतालको आइसियु पुगे।
उनलाई धेरै वर्षदेखि चिन्ने र उनका साथीहरु कोरोना संक्रमण पुष्टिहुँदा पनि अस्पतालको साटो घरमै आइसोलेसनमा बस्ने निर्णय उनकै थियो र सरकारी अधिकारीले चाहेर पनि बदल्न नसकेकोमा निश्चिन्त देखिए। किनकी उनको स्वभावै त्यस्तै थियो ।
उनीसँगै डेली टेलिग्राफमा काम गरेका पूर्व टोरी सांसद एवम् पत्रकार पौल गुडम्यान उनको प्रवृत्ति सम्झदै भन्छन्, ‘मलाई याद छ, उनी सधैं नैतिक रुपमा कमजोर हुँदा बिरामी भइन्छ भन्ठान्थे। अहिले चाहिँ कोरोना भाइरसले उनलाई चकित बनादियो।’
'आम रुपमा उनी सेल्फ आइसोलेसनमा बस्छन् भन्नेमा धेरैको उति विश्वास थिएन। लक्षण मध्यमखाले भएको र केही चिटडचिडाहटबाहेक अरु केही पनि नभएको भनिएको थियो। र, उनीहरु निश्चितै रुपमा प्रधानमन्त्रीलाई देश चलाउन र नेतृत्व गर्नबाट रोक्दैनन्’ राष्ट्रिय संकटका बेला देशलाई बाहिर ल्याउने चर्चिल (पूर्व बेलायती प्रधानमन्त्री) शैली जस्तो' उनले भने।
यद्यपि त्यतिबेला पनि प्रधानमन्त्रीको स्वाथ्यलाई लिएर चिन्ता भने थियो। उनको स्वभाव र ‘लडिराख्नुपर्छ’ भन्ने भावनाका कारण आइसोलेसनमा बस्दा ५५ वर्षीय उनको स्वाथ्य लाभमा सहयोग पुर्याउन कामको भार निकै घटाइयो।
आउने फोन कल सीमित गरिएको थियो भने कागजी कारबाहीका काम नाटकीय रुपमा घटाइएको थियो। प्रधानमन्त्री दैनिक फोनमा आफ्नो भिडियो रेकर्ड गर्थे, कपाल समान्य अवस्थामा भन्दा भताभुङ्ग थियो। केवल स्वकीय सचिव मार्टिन सेनोल्डस् र सञ्चार निर्देशक ली केन उनीसँग सम्पर्कमा थिए। यसबाहेक उनी चिकित्सकसँग दैनिक परामर्श गर्थे।
उनले आफू सामान्य भएको आग्रह गरिरहे पनि मानिसहरु संकटमा प्रधानमन्त्रि नै आइसोलेसनमा बस्दा हतास भने भए।
एक हप्तासम्म प्रधामन्त्री कार्यालय शान्त थियो। केही कर्मचारी समेत बिरामी भइसक्दासम्म पनि जोन्सनको अवस्थामा कुनै सुधार आएको थिएन। जबकी कोरोना संक्रमणमा परेका ४१ वर्षीय स्वाथ्यमन्त्री म्यान्ट हङ्कोक (जो जोन्सनभन्दा १४ वर्ष कान्छा हुन्) चाँडो निको भइरहेका थिए। तर एकै समयमा बिरामी परेका जोन्सनमा भने कुनै सुधार आएको थिएन।
अप्रिल २ मा प्रधानमन्त्रीको अवस्था र कार्यभारको समीक्षा गर्ने सहमति बनेको थियो। गत शनिबार बिहान वरिष्ठ मन्त्रीहरु, स्वास्थ्य सल्लाहकार र अधिकारीहरुको बैठकको उनले अध्यक्षता गरेका थिए। र, यसपछि सधैं झैं भन्ने गरिएको शब्द थियो‚ ‘उहाँको अवस्था राम्रो छ।
तर, यो स्पष्ट रुपमा उनका लागि धेरै संघर्षपूर्ण बनिरहेको देखिएको थियो। बैठकपछि प्रधामन्त्रीको डायरी पूर्णरुपमा खाली भएको थियो र त्यही साँझ उनकी गर्भवती श्रीमती क्यारी साइमोन्डले आफू पनि कोरोनाको लक्षणबाट पीडित भएको र सेल्फ आइसोलेसनमा जान लागेको ट्वीट गरेकी थिइन्।
चिन्तायुक्त समाचार दिनप्रतिदन बढ्दै थिए। गत आइतबार ८ बज्नुअघि उनका चिकित्सकको सल्लाहमा सरकारी गाडीमार्फत उनलाई डाउनिङ स्ट्रिटभन्दा केही सय मिटरअघि रहेको सेन्ट थोमस अस्पतालमा भर्ना गरियो।
अवस्थाको गाम्भीर्यतालाई फेरी पनि नजरअन्दाज गर्दै उनको टिमले अस्पताल भर्ना हुनुलाई केवल सावधानी अपनाएको मात्रै बताइरहेको थियो। तर, प्रधानमन्त्रीले लामो समयसम्म बहाना गर्न सकेनन्।
उनले विदेश मन्त्री डोमिनिक र्याबलाई बोलाएर अर्को दिन बिहान कोरोना भाइरससम्बन्धी बैठकको अध्यक्षता गर्न भने र अरु जिम्मेवारी पनि तोकिदिए। उनको अवस्था बिग्रियो र उनलाई सघन उपचार कक्ष (आइसियू)मा पठाइयो। यसबारे महारानीलाई जानकारी गराइयो र बल्ल उनको अवस्था खुलाएर समाचार सार्वजनिक गरियो।
जोन्सनलाई राम्ररी चिन्ने टोरी सांसद चार्ल्स वाल्करले मोबाइल चलाउँदै गर्दा यो समाचार देखेका थिए। समाचार देख्दा देशका अन्य धेरै झै उनी र उनकी श्रमतीले यसलाई असहज रुपमा लिएको बताउँछन्।
‘हामीले शनिबार राती टेलिभिजनमा रानीलाई हेर्यौं, जो हाम्रो जीवनकी भरोसा हुन्,’ वाल्कर भन्छन्, ‘उनले हामीलाई युद्धका समय आफ्नी बहिनीसहित प्रसारण गरेको क्षणमा लगिन्। त्यसपछि अचानक हाम्रो प्रधानमन्त्रीलाई सघन उपचारमा लिएको सुन्यौं...मेरो ५२ वर्षको जीवन कालमा यो साँच्च्किै अध्यारो समय थियो भन्छु। हाम्रा धेरै साथी र परिवार कोरोना संक्रमित छन्, र धेरै मानिस मरिरहको समाचार छ। त्यसपछि लाग्यो- हरे भगवान, हामी उहाँलाई पनि गुमाउने भयौै ?’
गुडम्यान सन् २०१२ को लण्डनस्थित जिपवायर प्रकरणमा बर्खास्त गरिएको उनको छवि सम्झन्छन् र भन्छन‚ ‘यद्यपि उनी विभाजनकारी बन्न सक्छन्, उनी ‘एक जीवन शक्ति’ थिए।’ उनी थप्छन्, ‘उनी वस्तुतः जीवनभन्दा बढी हुन्, त्यसैले जब तपाईं उनी खतरानक रुपमा बिरामी भएको सुन्नुहुन्छ भने यो जीवनका लागि एक झट्काजस्तै लाग्छ।’
जोन्सन मन्त्रीमण्डलकी एकजना पूर्व सदस्य ब्यारोनेस मोर्गान जोन्सन र उनको पार्टीका समर्थक नरहेकाहरुले पनि सन्देश र एसएमएसको ओइरो लगाएको बताउँछिन्। भन्छिन्, ‘मान्छेहरु केवल यसलाई अभिव्यक्त गर्ने माध्यम बनाउन चाहन्थे र हामीहरु सबैजस्तै उनीहरु पनि ‘हे भगवान, यस्तो नहोस् भन्ने सोच्थे।’
उनले त्यो रात निद्राका लागि संघर्ष गरिन् र सोचिरहिन् कि यो कहाँ गएर अन्त्य होला।
‘ जव म उठे मैले ठानेकी थिए–ओ नाइँ, म के अब के पढ्न जाँदै छु ?’ भाग्यवश, कुनै खराब समाचार थिएन' उनले भनिन्।
जोन्सनका कटु आलोचक पनि सहानुभूतिको ‘राष्ट्रिय मुड’मा बहकिएका थिए। जोन्सनका पूर्व सहकर्मी रहेका ब्रसेल्सका एक पत्रकार भन्छन्– मेरा साथी रहेका बोरिसलाई म एक झुट र पाखण्डी मान्छु जुन व्यवहार उनले ‘ब्रेक्जिट’का बेला पनि गरे। तर, जब मैले उनी आसियुमा रहेको सुनेँ मलाई उसप्रति सहानुभूतिको एक असाधरण भावना महसुस गरेँ।’
बिहिबार उनमा लगभग सुधारको संकेत थियो। जोन्सनलाई कुनै पनि तहमा भेन्टिलेटरमा राख्नु परेन् । उनी दुई दिनदेखि स्थिर छन् र अहिले सुधार भइरहेको छ । प्रधानमन्त्री कार्यालयका एक जनाले परिवर्तित अवस्थाबारे जानकारी गराए, ‘अब ठिक हुनसक्छ भनेर सर्तक छन् र, मान्छेहरु काममा फर्किरहेका छन्। वरीपरी धेरै डोमेनिक र्याबका मान्छे छन् । दरबार भन्दा त्यहाँ धेरै चहलपहल छ । आसा राखौं उनी ठिक हुने छन्।’
साँझ प्रधानमन्त्रीलाई सघन उपचार कक्षबाट समान्य कक्षमा सारिएको खबर आयो । सबैतिर राहत महसुस भयो। तर सावधानी पनि। उनका जीवनी लेखक एन्ड्रयु जिम्सन जोन्सनले कम्तिमा पनि आफ्नै बिचार र अरुको नाजुकतालाई परिवर्तन गनुपर्ने बताउँछन् ।
‘बोरिसले कहिले पनि बिरामीमा विश्वास गरेनन्,’ जिम्सन भन्छन्, ‘न त उनले आफैं बिरामी भएको स्वीकार गरे न अरुलाई ध्यान दिए। कुनै पनि लक्षणको प्रवाह नगरि उनी मजबुत भएको ठान्थे जसबाट उनी पीडित पनि हुन सक्थे। उनको झुकाव धेरै काम गर्ने तर्फ थियो नकी उपरखुट्टी लगाउनतर्फ ।’
उनका बुबा स्ट्यान्ली जोन्सन आफ्नो छोरोको हठी स्वभावले नै यसमा पनि काम गरेको बताउँछन्। उनी भन्छन्, ‘हामीले शुनिश्चित गर्नु छ कि अब हामी खेल राम्रोसँग खेलौं।’
आफ्नो छोरा अझैं खतरा बाहिर नरहेकोमा जोड दिँदै उनी आरोग्य लाभ गर्नु पर्ने बेलामा साहासिक व्यक्तित्वका रुपमा काम गर्न नहुने बताउँछन् । ‘उसले समय लिनु पर्छ,’ उनी भन्छन्, ‘मलाई विश्वास छैन तिमी योबाट बाहिर निस्कन सक्छौं, र प्रधानमन्त्री कार्यालयमा गएर अवस्था ठिक नहुँदै पुनः जिम्मेवारी सम्हाल सक्छौं।’
टोरीकी पूर्व सांसद अन्ना सौबरी जोनसनको अवस्था सुधार भएको सुन्दा खुसी लागेको बताउँछिन् । तर, उनले आफ्नै अनुभवबाट सिक्न र एउटा असल एवम् संवेदनशील नेता बन्न पनि उत्तिकै महत्वपूर्ण भएको बताउँछिन् उनी।
‘म धेरै खुसी छु कि उनमा सुधार देखिइरहेको छ,’ उनी भन्छिन्, ‘तर, अब यी सब चर्चिलका जस्ता तरिका रोक्नुपर्छ । उनले यो देखाउनुपर्छ कि यसबाट उनी बिनम्र भएका छन् र रोगले राजकुमार र कंगालबीच कुनै भेद राख्दैन् भन्ने महसुस गर्नुपर्छ ।’
जोन्सनमा अप्रवासनका लागि लन्डनमा मेयर हुँदा जस्तो आफ्नो उत्साह पुर्नजिवित गर्न अन्य तरिकाबाट पनि परिवर्तन हुने उनको आसा छ । यद्यपी आफ्नो उपचारमा खटिएका कर्मचारहरुप्रति उनले कृतज्ञता व्यक्त गरेको बताउँदै उनी भन्छिन्, ‘मलाई लाग्छ उनले आसियू र वार्डमा आफ्नो उपचार गर्ने कैयौं अनुहार र सहयोग गर्ने नर्सलाई देखे होलान्, तिनीहरुमध्ये धेरै आप्रवासी र अश्वेत थिए। मलाई आसा छ, उनले यसबारे सोच्नेछन्।’
(दी गार्जियनबाट रामकुमार डिसीको अनुवाद सागम्री।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।