• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना संक्रमणबाट जोगिएका हठी जोन्सन अब बदलिएलान् ?

64x64
नेपाल लाइभ सोमबार, वैशाख १, २०७७  ०४:२०
1140x725

काठमाडौं- कोरोना भाइरस संक्रमणबाट गम्भिर भएपछि अस्पतालको आइसियु पुगेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आइसियुबाट मुक्त भएपछि भने ‘म उनीहरुलाई धेरै धन्यावाद दिन सक्दिनँ, मैले मेरो जीवन उनीहरुलाई दिएको छु।’

तीन दिन आइसियुमा बिताएर बाहिरिएपछि नयाँ जीवन पाएका उनले शनिबार राती संक्षिप्त वक्तव्य जारी गर्दै आफुलाई नयाँ जीवन दिने राष्ट्रिय स्वाथ्य सेवा (एनएचएएस)का कर्मचारीहरुप्रति सम्मान व्यक्त गरे। आइतबार उनी सरकारी निवास फर्किसकेका छन् जहाँ उनले अझै केही दिन आराम गर्नुपर्नेछ।

कोरोना संक्रमणको सुरुवाती दिनमा उनी प्रधानमन्त्री कार्यलयको सरकारी निवास ‘११ डाउनिङ स्ट्रिट’मा ‘सेल्फ आइसोलेसन’मा बसेका थिए। र, उनको अवस्था सुधार गर्न हरेक प्रयत्न गरिएको थियो । आइसोलेसनमै बस्दा पनि उनले डिजिटल क्याविनेट बैठक राखेका थिए। तर सुधार भएन। उनको स्वास्थ्य अवस्था गम्भिर भयो र उनी सिधै अस्पतालको आइसियु पुगे।

उनलाई धेरै वर्षदेखि चिन्ने र उनका साथीहरु कोरोना संक्रमण पुष्टिहुँदा पनि अस्पतालको साटो घरमै आइसोलेसनमा बस्ने निर्णय उनकै थियो र सरकारी अधिकारीले चाहेर पनि बदल्न नसकेकोमा निश्चिन्त देखिए। किनकी उनको स्वभावै त्यस्तै थियो । 

उनीसँगै डेली टेलिग्राफमा काम गरेका पूर्व टोरी सांसद एवम् पत्रकार पौल गुडम्यान उनको प्रवृत्ति सम्झदै भन्छन्, ‘मलाई याद छ, उनी सधैं नैतिक रुपमा कमजोर हुँदा बिरामी भइन्छ  भन्ठान्थे। अहिले चाहिँ कोरोना भाइरसले उनलाई चकित बनादियो।’

'आम रुपमा उनी सेल्फ आइसोलेसनमा बस्छन् भन्नेमा धेरैको उति विश्वास थिएन। लक्षण मध्यमखाले भएको र केही चिटडचिडाहटबाहेक अरु केही पनि नभएको भनिएको थियो। र, उनीहरु निश्चितै रुपमा प्रधानमन्त्रीलाई देश चलाउन र नेतृत्व गर्नबाट रोक्दैनन्’ राष्ट्रिय संकटका बेला देशलाई बाहिर ल्याउने चर्चिल (पूर्व बेलायती प्रधानमन्त्री) शैली जस्तो' उनले भने।

यद्यपि त्यतिबेला पनि प्रधानमन्त्रीको स्वाथ्यलाई लिएर चिन्ता भने थियो। उनको स्वभाव र ‘लडिराख्नुपर्छ’ भन्ने भावनाका कारण आइसोलेसनमा बस्दा ५५ वर्षीय उनको स्वाथ्य लाभमा सहयोग पुर्‍याउन कामको भार निकै घटाइयो। 

कोरोना भाइरसको सन्त्रासले सुनसान बेलायत

आउने फोन कल सीमित गरिएको थियो भने कागजी कारबाहीका काम नाटकीय रुपमा घटाइएको थियो। प्रधानमन्त्री दैनिक फोनमा आफ्नो भिडियो रेकर्ड गर्थे, कपाल समान्य अवस्थामा भन्दा भताभुङ्ग थियो। केवल स्वकीय सचिव मार्टिन सेनोल्डस् र सञ्चार निर्देशक ली केन उनीसँग सम्पर्कमा थिए। यसबाहेक उनी चिकित्सकसँग दैनिक परामर्श गर्थे। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले आफू सामान्य भएको आग्रह गरिरहे पनि मानिसहरु  संकटमा प्रधानमन्त्रि नै आइसोलेसनमा बस्दा हतास भने भए। 

एक हप्तासम्म प्रधामन्त्री कार्यालय शान्त थियो। केही कर्मचारी समेत बिरामी भइसक्दासम्म पनि जोन्सनको अवस्थामा कुनै सुधार आएको थिएन। जबकी कोरोना संक्रमणमा परेका ४१ वर्षीय स्वाथ्यमन्त्री म्यान्ट हङ्कोक (जो जोन्सनभन्दा १४ वर्ष कान्छा हुन्) चाँडो निको भइरहेका थिए। तर एकै समयमा बिरामी परेका जोन्सनमा भने कुनै सुधार आएको थिएन। 

अप्रिल २ मा प्रधानमन्त्रीको अवस्था र कार्यभारको समीक्षा गर्ने सहमति बनेको थियो। गत शनिबार बिहान वरिष्ठ मन्त्रीहरु, स्वास्थ्य सल्लाहकार र अधिकारीहरुको बैठकको उनले अध्यक्षता गरेका थिए। र, यसपछि सधैं झैं भन्ने गरिएको शब्द थियो‚ ‘उहाँको अवस्था राम्रो छ।

तर, यो स्पष्ट रुपमा उनका लागि धेरै संघर्षपूर्ण बनिरहेको देखिएको थियो। बैठकपछि प्रधामन्त्रीको डायरी पूर्णरुपमा खाली भएको थियो र त्यही साँझ उनकी गर्भवती श्रीमती क्यारी साइमोन्डले आफू पनि कोरोनाको लक्षणबाट पीडित भएको र सेल्फ आइसोलेसनमा जान लागेको ट्वीट गरेकी थिइन्।

Xtrem

Xtrem

चिन्तायुक्त समाचार दिनप्रतिदन बढ्दै थिए। गत आइतबार ८ बज्नुअघि उनका चिकित्सकको सल्लाहमा सरकारी गाडीमार्फत उनलाई डाउनिङ स्ट्रिटभन्दा केही सय मिटरअघि रहेको सेन्ट थोमस अस्पतालमा भर्ना गरियो।

अवस्थाको गाम्भीर्यतालाई फेरी पनि नजरअन्दाज गर्दै उनको टिमले अस्पताल भर्ना हुनुलाई केवल सावधानी अपनाएको मात्रै बताइरहेको थियो। तर, प्रधानमन्त्रीले लामो समयसम्म बहाना गर्न सकेनन्। 

उनले विदेश मन्त्री डोमिनिक र्‍याबलाई बोलाएर अर्को दिन बिहान कोरोना भाइरससम्बन्धी बैठकको अध्यक्षता गर्न भने र अरु जिम्मेवारी पनि तोकिदिए। उनको अवस्था बिग्रियो र उनलाई सघन उपचार कक्ष (आइसियू)मा पठाइयो। यसबारे महारानीलाई जानकारी गराइयो र बल्ल उनको अवस्था खुलाएर समाचार सार्वजनिक गरियो। 

जोन्सनलाई राम्ररी चिन्ने टोरी सांसद चार्ल्स वाल्करले मोबाइल चलाउँदै गर्दा यो समाचार देखेका थिए। समाचार देख्दा देशका अन्य धेरै झै उनी र उनकी श्रमतीले यसलाई असहज रुपमा लिएको बताउँछन्।

‘हामीले शनिबार राती टेलिभिजनमा रानीलाई हेर्‍यौं, जो हाम्रो जीवनकी भरोसा हुन्,’ वाल्कर भन्छन्, ‘उनले हामीलाई युद्धका समय आफ्नी बहिनीसहित प्रसारण गरेको क्षणमा लगिन्। त्यसपछि अचानक हाम्रो प्रधानमन्त्रीलाई सघन उपचारमा लिएको सुन्यौं...मेरो ५२ वर्षको जीवन कालमा यो साँच्च्किै अध्यारो समय थियो भन्छु। हाम्रा धेरै साथी र परिवार कोरोना संक्रमित छन्, र धेरै मानिस मरिरहको समाचार छ। त्यसपछि लाग्यो- हरे भगवान, हामी उहाँलाई पनि गुमाउने भयौै ?’

गुडम्यान सन् २०१२ को लण्डनस्थित जिपवायर प्रकरणमा बर्खास्त गरिएको उनको छवि सम्झन्छन् र भन्छन‚ ‘यद्यपि उनी विभाजनकारी बन्न सक्छन्, उनी ‘एक जीवन शक्ति’ थिए।’ उनी थप्छन्, ‘उनी वस्तुतः जीवनभन्दा बढी हुन्, त्यसैले जब तपाईं उनी खतरानक रुपमा बिरामी भएको सुन्नुहुन्छ भने यो जीवनका लागि एक झट्काजस्तै लाग्छ।’ 

जोन्सन मन्त्रीमण्डलकी एकजना पूर्व सदस्य ब्यारोनेस मोर्गान जोन्सन र उनको पार्टीका समर्थक नरहेकाहरुले पनि सन्देश र एसएमएसको ओइरो लगाएको बताउँछिन्। भन्छिन्, ‘मान्छेहरु केवल यसलाई अभिव्यक्त गर्ने माध्यम बनाउन चाहन्थे र हामीहरु सबैजस्तै उनीहरु पनि ‘हे भगवान, यस्तो नहोस् भन्ने सोच्थे।’

उनले त्यो रात निद्राका लागि संघर्ष गरिन् र सोचिरहिन् कि यो कहाँ गएर अन्त्य होला।

‘ जव म उठे मैले ठानेकी थिए–ओ नाइँ, म के अब के पढ्न जाँदै छु ?’ भाग्यवश, कुनै खराब समाचार थिएन' उनले भनिन्। 

जोन्सन क्वारेन्टाइन बसेको स्थान। तस्बिर : बिबिसी


जोन्सनका कटु आलोचक पनि सहानुभूतिको ‘राष्ट्रिय मुड’मा बहकिएका थिए। जोन्सनका पूर्व सहकर्मी रहेका ब्रसेल्सका एक पत्रकार भन्छन्– मेरा साथी रहेका बोरिसलाई म एक झुट र पाखण्डी मान्छु जुन व्यवहार उनले ‘ब्रेक्जिट’का बेला पनि गरे। तर, जब मैले  उनी आसियुमा रहेको सुनेँ मलाई उसप्रति सहानुभूतिको एक असाधरण भावना महसुस गरेँ।’

बिहिबार उनमा लगभग सुधारको संकेत थियो। जोन्सनलाई कुनै पनि तहमा भेन्टिलेटरमा राख्नु परेन् । उनी दुई दिनदेखि स्थिर छन् र अहिले सुधार भइरहेको छ । प्रधानमन्त्री कार्यालयका एक जनाले परिवर्तित अवस्थाबारे जानकारी गराए, ‘अब ठिक हुनसक्छ भनेर सर्तक छन् र, मान्छेहरु काममा फर्किरहेका छन्। वरीपरी धेरै डोमेनिक र्याबका मान्छे छन् । दरबार भन्दा त्यहाँ धेरै चहलपहल छ । आसा राखौं उनी ठिक हुने छन्।’

साँझ प्रधानमन्त्रीलाई सघन उपचार कक्षबाट समान्य कक्षमा सारिएको खबर आयो । सबैतिर राहत महसुस भयो। तर सावधानी पनि। उनका जीवनी लेखक एन्ड्रयु जिम्सन जोन्सनले कम्तिमा पनि आफ्नै बिचार र अरुको नाजुकतालाई परिवर्तन गनुपर्ने बताउँछन् ।

‘बोरिसले कहिले पनि बिरामीमा विश्वास गरेनन्,’ जिम्सन भन्छन्, ‘न त उनले आफैं बिरामी भएको स्वीकार गरे न अरुलाई ध्यान दिए। कुनै पनि लक्षणको प्रवाह नगरि उनी मजबुत भएको ठान्थे जसबाट उनी पीडित पनि हुन सक्थे। उनको झुकाव धेरै काम गर्ने तर्फ थियो नकी उपरखुट्टी लगाउनतर्फ ।’

उनका बुबा स्ट्यान्ली जोन्सन आफ्नो छोरोको हठी स्वभावले नै यसमा पनि काम गरेको बताउँछन्। उनी भन्छन्, ‘हामीले शुनिश्चित गर्नु छ कि अब हामी खेल राम्रोसँग खेलौं।’

आफ्नो फियान्सीका साथ जोन्सन

आफ्नो छोरा अझैं खतरा बाहिर नरहेकोमा जोड दिँदै उनी आरोग्य लाभ गर्नु पर्ने बेलामा साहासिक व्यक्तित्वका रुपमा काम गर्न नहुने बताउँछन् । ‘उसले समय लिनु पर्छ,’ उनी भन्छन्, ‘मलाई विश्वास छैन तिमी योबाट बाहिर निस्कन सक्छौं, र प्रधानमन्त्री कार्यालयमा गएर अवस्था ठिक नहुँदै पुनः जिम्मेवारी सम्हाल सक्छौं।’

टोरीकी पूर्व सांसद अन्ना सौबरी  जोनसनको अवस्था सुधार भएको सुन्दा खुसी लागेको बताउँछिन् । तर,  उनले आफ्नै अनुभवबाट सिक्न र एउटा असल एवम् संवेदनशील नेता बन्न पनि उत्तिकै महत्वपूर्ण भएको बताउँछिन् उनी।

‘म धेरै खुसी छु कि उनमा सुधार देखिइरहेको छ,’ उनी भन्छिन्, ‘तर, अब यी सब चर्चिलका जस्ता तरिका रोक्नुपर्छ । उनले यो देखाउनुपर्छ कि यसबाट उनी बिनम्र भएका छन् र रोगले राजकुमार र कंगालबीच कुनै भेद राख्दैन् भन्ने महसुस गर्नुपर्छ ।’

जोन्सनमा अप्रवासनका लागि लन्डनमा मेयर हुँदा जस्तो आफ्नो उत्साह पुर्नजिवित गर्न अन्य तरिकाबाट पनि परिवर्तन हुने उनको आसा छ । यद्यपी आफ्नो उपचारमा खटिएका कर्मचारहरुप्रति उनले कृतज्ञता व्यक्त गरेको बताउँदै उनी भन्छिन्, ‘मलाई लाग्छ उनले आसियू र वार्डमा आफ्नो उपचार गर्ने कैयौं अनुहार र सहयोग गर्ने नर्सलाई देखे होलान्, तिनीहरुमध्ये धेरै आप्रवासी र अश्वेत थिए। मलाई आसा छ, उनले यसबारे सोच्नेछन्।’

(दी गार्जियनबाट रामकुमार डिसीको अनुवाद सागम्री।)

 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  ०४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
राति ११ बजेपछि मुग्लिन–काठमाडौंमा सवारी रोकिने सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने:  अझै धेरै साथीको भरोसा जित्न बाँकी छ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्