एजेन्सी- कोरोना भाइरसको संक्रमणबाट प्रभावित अमेरिकी सहर न्युयोर्कमा कामदारहरुलाई मास्क लगाउन अनिवार्य गरिएको छ। अन्य व्यक्तिको सम्पर्कमा आउनेहरुले सोमबारबाट अनिवार्य रुपमा मास्क लगाउनुपर्ने निर्देशन आएको हो।
मेयर ब्लिन डि ब्लासियोका अनुसार सहरबासीका लागि १४ लाख फेसमास्क उपलब्ध गराइसकेको जानकारी दिँदै उनले कोरोना भाइरसको संक्रमण फैलन नदिन मास्क अनिवार्य गरिएको बताएको सिएनएनले जनाएको छ।
अस्पतालको अवस्था निक्कै संकटपूर्ण र भयावह रहेको बताउँदै उनले अस्पतालको संख्याहरु बढाएर कोरोना भाइरस संक्रमण नियन्त्रणमा खटिएका हिरोहरुसँग हातेमालो गर्न आग्रह गरे।
न्युयोर्कका अस्पतालहरुले बिरामीलाई ओसारपसार गर्न पाँच सय स्वयं सेवकहरुलाई अनुबन्ध गरेको छ। उनीहरुलाई अल्पकालीन कामका लागि भर्ना गरिएको हो। उनीहरुलाई तीन महिनासम्म काममा लगाउने मेयरले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।