काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) वीरगञ्जमा रहेका तीन भारतीयमा कोरोना पुष्टि, एक जना दिल्ली र २ जना उत्तर प्रदेशका, संक्रमितको संख्या १२ पुग्यो, नारायणी अस्पतालको आइसोलेसनमा उपचार हुँदै । (थप तीन जनामा कोरोना)
२) किसानका उत्पादन उपभोक्तासमक्ष पुग्न समस्या भएकोप्रति संसदीय समितिको गम्भीर ध्यानाकर्षण, उत्पादन गरेका दूध पाउडर उद्योगमा पठाउने व्यवस्था गर्न सरकारलाई निर्देशन । (सरकारलाई निर्देशन)
३) निजी दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सबै चुक्ता ग¥यो पुँजीगत लाभ कर, ठूला करदाता कार्यालयमा बुझायो बाँकी रहेको १४ अर्ब ३३ करोड रुपैयाँ । ( एनसेलले ति¥यो पुँजीगत लाभकर)
४) अभ्यासमा फर्कने पहिलो स्पेनिस क्लब रियल सोसिडाड, मंगलबारदेखि सुरक्षित रुपमा अभ्यास सुरु गर्ने तयारी, सामूहिक भन्दा व्यक्तिगत रुपमा अभ्यासलाई जोड दिइने । (अभ्यासमा फर्किदै रियल सोसिडाड)
५) र, कोरोना भाइरस संक्रमणको मृत्युदर भारतमा चीन, अमेरिका र फ्रान्सभन्दा बढी, लकडाउन लम्ब्याउनेबारे प्रधानमन्त्री मोदीले देशबासीको नाममा सम्बोधनमार्फत नयाँ घोषणा गर्ने । (भारतमा लकडाउन लम्ब्याउने तयारी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।