पुष्पा घले। तस्बिर: विनेपालीडटकम काठमाडौं- कोरोना भाइरस संक्रमणका कारण बेलायतमा बस्दै आएकी पोखराकी पुष्पा घलेको मृत्यु भएको छ। हाल बेलायतको सडवरी टाउन बस्ने उनको शनिबार निधन भएको हो।
ज्वरो, खोकी लागेपछि घरमै आइसोलेसनमा बसेकी अन्दाजी ३९ वर्षीया घले शनिबार अचानक श्वासप्रश्वासमा गाह्रो भएपछि नर्थवीक पार्क अस्पताल भर्ना भएको विनेपालीडटकमले जनाएको छ। अस्पताल पुर्याएको करीब ४ घण्टामा घलेको निधन भएको थियो। उनको जाँचमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको थियो।
घले श्रीमान, छोरासँग लन्डनको सडवरी टाउनमा १० बर्षदेखि बस्दै आएकी थिइन् । घलेको निधनसँगै सो घरमा बस्ने परिवारसहित सबै जना ‘आइसोलेसन’ मा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।