एजेन्सी- कोरोना भाइरस संक्रमणका कारण बेलायती चर्चित कमेडियन टिम ब्रुक टेलरको मृत्यु भएको छ। आइतबार ७९ वर्षका टेलरको मृत्यु भएको हो। एनी द गुडिज्, आइएम सरी आइह्याभनट क्लु जस्ता कार्यक्रमले उनी निक्कै चर्चित भएका थिए।
उनी ६ दशकदेखि हास्य विधामा सक्रिय थिए। उनले आफ्नो रेडियो यात्रा बिबिसी रेडियोबाट सन् १९६० मा शुरु गरेका थिए। क्याम्ब्रिज फोर्थ नाइट क्लवको सदस्य भएपछि अन्य कलाकारसँग उनको हिमचिम बढेको थियो।
बेलायती कलाकार ग्रिम गार्डनले आफ्नो ५० वर्षदेखिको साथी गुमाउनु परेकोमा दुख ब्यक्त गरेको बिबिसीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।