• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन ८, २०८२ Fri, Feb 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाको मारमा पर्यटन

मन्त्री योगेशको आगमनदेखि भिजिट नेपाल २०२० स्थगितसम्म
64x64
नेपाल लाइभ आइतबार, चैत ३०, २०७६  २०:३२
1140x725

काठमाडौं- कोरोना भाइरस संक्रमण र यसको जोखिम न्यूनीकरणका लागि भएका प्रयासले समग्र अर्थतन्त्रमा नकारात्मक असर गरेको छ। आइतबार मात्रै विश्व बैंकले एक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर १ दशमलव ५ प्रतिशतदेखि २ दशमलव ८ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। उसले पर्यटन क्षेत्रमा परको नकारात्मक असरले पनि नेपालको समग्र वृद्धिदरमा ठूलो असर पर्ने उल्लेख गरेको छ। 

समग्रमा भन्नुपर्दा नेपालको पर्यटन क्षेत्रका लागि वि.स. २०७६ व्यापक ठूलो प्रभावित भएको देखिएको छ। वर्षका सुरुवाती अवस्थामा राम्रै गतिका साथ अघि बढेको पर्यटन क्षेत्रले वर्षको अन्त्यमा नराम्रोसँग हन्डर खाएको छ। आर्थिक वर्षको तेस्रो त्रैमासबाट सुरु भएको कोरोनाको जोखिमले पूरै एक त्रैमासमा भयावह स्थिति सिर्जना गरिसकेको छ। हालसम्म यसबारे सरकारी तथ्यांक त सार्वजनिक भएको छैन तर प्रतिकूल असर गर्ने आँकलन गर्न कुनै गाह्रो पनि छैन। उपलब्ध तथ्यांकका आधारमा विस २०७६ मा समग्र पर्यटन क्षेत्रको अवस्था बारे यो लेखमा चर्चा गर्ने प्रयत्न गरेका छौं।

आर्थिक वर्ष २०७६/०७७ को मध्यबाट सुरु भएको कारोना संक्रमण र सन्त्रासले पर्यटन तथा हवाई उड्डयनको ठूलो असर परेको छ। यो क्षेत्रले मात्रै एक खर्बभन्दा बढी नोक्सानी व्यर्होने अनुमान भइसकेको छ। कोरोना संकटका कारण २०७६ पुसमा सुरु भएको नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्नु परेको छ। भ्रमण वर्ष स्थगितसँगै सरकारले पर्यटन प्रवर्द्धनमा गरेको खर्च अनुसारको लाभ पाउने अवस्था २०७६ मा अन्त्य भएको छ।

कोराना संक्रमणको जोखिम बढेका कारण नेपाल भ्रमणमा आउने पर्यटन भिसा प्रतिबन्ध लगाइएको छ। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द छ। अतः उड्डयन क्षेत्रमै १ खर्बभन्दा बढीको नोक्सानी हुने आँकलन भएको छ। कोरोनाकै कारण देशभरमा पर्यटन गतिविधि बन्द छ। तारे होटल बन्द छन्। यसै वर्षसम्पन्न हुने गौतम बुद्द अन्तर्राष्ट्रिय विमानस्थलको पनि निर्माण सम्पन्न हुन सकेको छैन।

विवादित मन्त्री
२०७५ फागुन १५ गने ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएको ५ महिनापछि नयाँ मन्त्रीको रुपमा योगेश भट्टराईले जिम्मेवारी सम्हाले। साउन १५ मा सपथ ग्रहण गर्दै उनले जिम्मेवारी पाएपछि निरन्तरता पाइरहेका छन्।

पर्यटनमन्त्री योगेश भट्टराई

२०७५ मा योगेश भट्टराई अष्ट्रेलियामा भएको पर्यटन प्रबद्धनात्म तथा भिजिट नेपाल २०२० को कार्यक्रममा विवादित बने। विश्वमा कोरोना महामारी तीव्र रूपमा फैलिइरहेका बेला कोरोनाबाट नेपाल पूर्ण रूपमा सुरक्षित भएको भन्दै पर्यटन प्रवर्द्धनका योजना तयार पारेपछि पनि उनी तीब्र विवादको दलदलमा फसेका थिए। 

मन्त्रालयले यसै वर्ष नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनको ऐनको मस्यौदा तयार पार्दै अहिले विधेयकका रूपमा संसद्‍मा दर्ता गरएको छ। यसैगरी नेपाल वायुसेवा निगम सुधार अध्ययन पनि मन्त्रालयले सम्पन्न गरेको छ। पर्वताहरणसम्बन्धी कार्यविधि  र हवाई नीति पनि मन्त्रालयले  तयार गरेको बताइएको छ।

हवाई उड्डयन क्षेत्रका काम रोकिए
पर्यटन क्षेत्रसँग प्रत्यक्ष रुपमा जोडिने एउटा क्षेत्र हो, नेपालको नागरिक उड्डयन। नागरिक उड्ड्यनको क्षेत्रका २०७६ सालमा नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ महानिर्देशक पाएको वर्ष हो। जेठमा ४ वर्षको कार्यकाल सकेर तत्कालीन महानिर्देशक सन्जीव गौतमको अवकाशपछि प्राधिकरणकै १२ तहमा सिनियर कर्मचारी राजन पोखरेल महानिर्देशक भएका थिए।

Ncell 2
Ncell 2

२०७६ मै देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ४० वर्षपछि रन–वे पिच परिर्वतन गर्ने काम सम्पन्न भएको छ। यसैगरी विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रय टर्मिन भवनलाई सुविधासम्म बनाउने काम पनि सम्पन्न भएको छ। आन्तरिक उडानतर्फ आगमन कक्षमा पनि कन्भर बेल्टको व्यवस्था भएको छ। विमानस्थलको ३ सय मिटर रन–वे विस्तारको काम अन्तिम चरणमा पुगेको छ। पार्किङ वे विस्तारको कामले पनि तीव्रता पाएको छ। ७ वर्षदेखि अन्यौलमा रहेको विमानस्थल स्तरोन्नति आयोजनको काम पनि सुरु भएको छ। तर, कम्पनी छनोटसँगै काम थालनी हुनुपर्ने सयममा सुरु भएको कोरोना सन्त्रासका कारण काम भने सुरु भएको छैन।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र।

उपत्यका बाहिरका विमानस्थल स्तरोन्नतिको काम पनि धमाधम छ। जनकपुर, विराटनगर, भद्रपुर, नेपालगञ्ज धनगढीजस्ता विमानस्थलमा रात्रीकालीन उडान सुरु भएको छ। लुक्ला लगायत पहाडी जिल्लाको विमानस्थलमा सोलार प्लान्ट जडानको काम पनि सम्पन्न यसै वर्ष भएको छ। तर, यो वर्ष नै पूरा गर्ने लक्ष्य रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम भने सम्पन्न हुन सकेको छैन।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रय विमानस्थलको काम भइरहे पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढन सकेको छैन। पर्यटनमन्त्री योगेश भट्टराईले मंसिरमा विमानस्थलको शिलन्यास गर्ने उद्घोष गरे पनि उक्त काम हुन सकेन। निजगढ विमानस्थल निर्माणको विषयमा अहिले अदालतमा रहेको छ।आयोजनाका कार्यालयले विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जग्गाको चार किल्ला तोकी तारबारको काम भने सम्पन्न गरेको छ। यसै ११० बिघा व्यक्तिको जग्गामध्ये ६५ बिघा जग्गाको मुआब्जा वितरण गरिसकिएको छ।

कोरानाकै कारण नेपाल नागरिक उड्डयन प्राधिकरणको आम्दानीमा भने २ देखि ३ करोड आम्दानी गुमेको छ।

विमानस्थल विस्तार तथा विकासमा राजनीतिक दबाब भने यो वर्ष पनि हट्न सकेको छैन। चितवनको विमानस्थल विस्तारमा नेपाल टष्ट्रको जग्गा आर्मीलाई दिने र आर्मीको घोडा प्रजनन केन्द्रको जग्गा प्रयोगमा ल्याउन अध्ययन भइरहेको छ। यो काममा नेकपा अध्यक्ष प्रचण्डको दबाब छ। प्राधिकरणले भू-उपग्रहमा आधारित उडान प्रणाली पनि यसै वर्ष लागू गरेको छ।

पर्यटन बोर्ड : सुखद् सुरुवात्
२०७५ पर्यटन बोर्डका लागि पनि केही सुखद् थियो। तर, फागुनसँगै पर्यटन बोर्डले पनि कोरोनाको महामारी झेल्नु परेको छ। २०७५ माघ मा नै नेपाल पर्यटन बोर्डले खुल्ला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृतको रूपमा धनञ्जय रेग्मीलाई पाएको छ।

पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मी। 

नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रको विकास विदेशमा हुने प्रचारलाई अहिले रोकेको छ। मार्केटिङ प्लान परिर्वतन गरेको छ।

पर्यटन विभागले गर्‍यो २० लाख जरिवाना
पर्यटन विभागले पनि २०७६ को सुखद् अन्त्य भने गर्न पाएन। यो वर्षको अन्त्यतिर विभागले हिमाल आरोहण तथा पदयात्राबाट गर्ने आम्दानीको कोरोनाका कारण गुमाएको छ। अहिले हिमाल आरोहण तथा पदयात्रा अनुमति दिने काम नै बन्द भएको छ।

विभागले पर्यटनसँग सम्बन्ध राख्ने विभिन्न संस्थाहरुको सहकार्यका पर्यटकको उद्धारको काम पनि सहजताका साथ नै गरेको छ। अवैध रुपमा चन्द्रागिरिमा व्यवसायी चन्द्रप्रसाद ढकालले बनाएको रिर्सोटलाई २० लाख रुपैयाँ तिराउने गरी पूरक वातावारणीय प्रभाव मूल्यांकन गराउन बाध्य बनाएको थियो।

नेपाल एयरलाइन्स
२०७६ मा पनि राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स घाटामा गएको छ। कोरोनाका कारण नेपाल एइरलाइन्समाथि संकट उत्पन हुने अवस्था आएको छ। २०७६ को माघदेखि नेतृत्वबिहीन एयरलाइन्सले लामो समय नेतृत्व नपाउँदा थप संकटमा छ। माघ ४ गते कार्यकारी अध्यक्षबाट मदन खरेलले राजीनामा दिएपछि उक्त पद पूर्ति हुन सकेको छैन।

नेपाल एयरलाइन्सका तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेल। 

केही समयअघि मात्र नेपाल एयरलाइन्सले दुई नयाँ गन्तव्यमा उडान थालेको थियो। जापानको आसोका उडान बन्द गरी नारिता उडान सुरु गरेको एयरलाइन्सले सो उडान पनि कोरोनाका कारण स्थगित भएको छ। यसैगरी नेपाल एयरलाइन्सले चीन उडानको अनुमति पनि यसै वर्ष पाएको छ।

तर, एयरलाइन्समा पाइलटको गुटबन्दीदेखि व्यवस्थापकको समस्या समाधान हुने सकेको छैन। एयरलाइन्सले यसै वर्ष ३२ वर्ष पुरानो बोइङ जहाज पनि ६७ करोडमा बिक्री गरेको छ। तर, उक्त जहाज बिक्री पनि विवादमा परेको थियो।

एयरलाइन्सको वाई-१२ जहाजसमेत यसैवर्ष दुर्घटनामा परेको छ। दुर्घटनामा जहाज क्षति भएपनि मानवीय क्षति भने भएको थिएन। एयरलाइन्सले २२ पाइलटको राजीनामाको चेतावनी पनि यसै वर्ष थेग्नु परेको थियो।

भिजिट नेपाल २०२० स्थगित
यसै वर्षको पुसमा भव्य कार्यक्रम सहित सुरु भएको भिजिट नेपाल पनि यसै वर्षमा स्थगित भएको छ।

भिजिट नेपालको औपचारिक उद्घाटन समारोह।

भ्रमण वर्षको स्थगितसँगै सरकारले भिजिट नेपाल २०२० सचिवालय पनि विघटन गर्ने निर्णय गरेको छ।

यी बाहेक पनि नेपालको पर्यटन क्षेत्रमा विभिन्न मुद्दा बहसमा आएका थिए। केही निम्न छन्। 

  • आन्तरिक उडानमा हवाई भाडामा प्राइस वार

  • ठूला जहाज थप्ने प्रतिस्पर्धा

  • साना ठूला गरी एक दर्जनको हाराहारीका जहाज  खरिद

  • मकवानपुरको पानारोमा रिर्सोटमा ८ भारतीय पर्यटक सुतेको ठाउँमा निधन

  • अन्नपूर्ण हिमपहिरो

  • एक दर्जनभन्दा बढी तारे होटल सञ्चालनमा

  • १०  महिनामा पर्यटक आगमनमा झन्डै १५ प्रतिशतको बढेपनि फागनु र चैतमा शून्य

नेपाल ट्रष्टको जग्गा लिज तथा भाडा प्रकरणः
सरकारले पर्यटन क्षेत्रको विकासका लागि पुरानो सम्झौता साढे पाँच वर्ष बाँकी छँदै गोकर्ण रिसोर्टको जग्गा यति होल्डिड्ङस पुन २५ वर्षका लागि दिएको छ। यो विषय अहिले पनि संसददेखि अदालतसम्म पुगेको छ।

नेपाल ट्रष्टको श्वेतपत्र जारी गर्दै रक्षामन्त्री इश्वर पोखरेल।

यसैगरी गरी नेपाल ट्रष्टकै कालिमाटीमा रहेको जग्गा भाडा प्रकरण, दरबारमार्गको जग्गा प्रकरण पनि विवादमा आएको छ।

प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  २०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण
काठमाडौँलाई मधेशसँग जोड्न कमलपोखरीमा छठ पूजा आफूले सुरु गरेको गगन थापाको दाबी
निर्वाचनले गर्दा अन्य क्षेत्रको विकासमा ध्यान दिन सकिरहेका छैनौं: अर्थमन्त्री
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण शुक्रबार, फागुन ८, २०८२
काठमाडौँलाई मधेशसँग जोड्न कमलपोखरीमा छठ पूजा आफूले सुरु गरेको गगन थापाको दाबी शुक्रबार, फागुन ८, २०८२
निर्वाचनले गर्दा अन्य क्षेत्रको विकासमा ध्यान दिन सकिरहेका छैनौं: अर्थमन्त्री शुक्रबार, फागुन ८, २०८२
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन शुक्रबार, फागुन ८, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको भैरहवा कार्यक्रम स्थगित शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चुनाव प्रचारमा ‘रुफटप भेहिकल’ प्रयोग गर्न नदिने निर्णय बिहीबार, फागुन ७, २०८२
एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित ४ नेता काँग्रेसमा समाहित बिहीबार, फागुन ७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको भैरहवा कार्यक्रम स्थगित शुक्रबार, फागुन ८, २०८२
सुनचाँदीको मुल्य कति पुग्यो ? शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्