काठमाडौं- सरकारले कोरोनाविरुद्ध लड्न स्थापना गरेको ‘कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचार कोष’ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको छ।
राखेपका पदाधिकारी र कर्मचारीको चैत महिनाको केही प्रतिशत तलब कट्टा गरी उक्त रकम कोषमा जम्मा गरिएको राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख एवं प्रवक्ता कुलबहादुर थापाले जानकारी दिएका छन्। नेपाल सरकारको निर्णयानुसार राहत कोषमा रकम जम्मा गरिएको थापाले जानकारी गराएका छन्।
यसअघि कोषमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले पनि एक लाख रुपैयाँ सहयोग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।