काठमाडौं- भाटभटेनी सुपरमार्केटले सुदुरपश्चिम सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण तथा रोकथाम उपचार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ।
सुपरमार्केटका संचालक मीनबहादुर गुरुङले सो रकम आइतबार खानेपानीमन्त्री बिना मगरमार्फत सुदूर पश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरेका हुन्।
आइतबार सिङदरबार स्थित खानेपानी मन्त्रालयमा खानेपानी मन्त्री बिना मगरलाई २५ लाखको चेक हस्तान्तरण गरिएको भाटभटेनी सुपरमार्केटले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।