काठमाडौं- अनुसन्धानमा आधारित अभियानी तथा परोपकारी संस्था भोरले अगामी तीन वर्षको लागि नयाँ कार्यकारी समिति चयन गरेको छ। नाढीतालमा सम्पन्न भोरको महाधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
लोकतान्त्रिक विधि, मूल्यमान्यता तथा सुशासनको सिद्धान्त अनुसार संस्थाले नयाँ नेतृत्व चयन गरेको जनाएको छ।
नयाँ कार्यसमितिमा पचुलाल माझी मुसहर अध्यक्ष छन् भने उपाध्यक्षमा मिथिलेश गुप्ता र चन्द्रिका चौधरी चयन भएका छन्। महासचिव सरोज दुलाल चयन भएको अधिवेशनबाट सचिवमा समता यादव र कोषाध्यक्षमा उमेश कुमार साह चयन भए। सुरेश बिडारी, नित्यानन्द मण्डल, अर्जुन श्रेष्ठ, मुस्कान खातुन, राजेश राम सदस्यमा चयन भएका हुन्।
भोरले प्रत्येक तीन वर्षमा महाधिवेशनको बेला पिछडीकृत वर्ग, समाज, देश र प्रकृतिको सेवा गर्न इच्छुक, प्रतिबद्ध र सकारात्मक सोच भएकालाई साधारण सदस्यता प्रदान गर्ने गरेको छ। २०७६ फागुनमा सम्पन्न भोरको महाधिवेशनले पाँच जनालाई भोरको साधारण सदस्यता प्रदान गरिएको समेत भोरले जनाएको छ।
महाधिवेशनबाट चयन भएको नयाँ कार्यकारी समितिले परिमार्जित ७ अभियान र ३ नयाँ अभियानलाई अनुमोदन गरेको छ। नवनिर्वाचित कार्यकारी समितिको पदावधि २०७७ वैशाख १ गतेदेखि २०७९ चैत्र ३० गतेसम्म तीन वर्षका लागि हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।