काठमाडौँ- आरफ फार्मेसीले आइतबार प्रेस संगठन नेपाल, काठमाडौं शाखालाई ५० सेट प्रेस ज्याकेटसहित सुरक्षा सामग्री सहयोग गरेको छ।
वीर अस्पताल अगाडिको सो फार्मेसीका सञ्चालक ठाकुर पोखरेलले ज्याकेटसहित ५०० थान मास्क र ५० थान स्यानेटाइजर संगठनको काठमाडौँका शाखाका संयोजक सागर पन्तलाई आइतबार हस्तान्तरण गरेका हुन्।
कोरोना भाइरसबाट बचाउन मुलुकमा लकडाउन जारी भएका बेला नियमित समाचार संकलन, प्रस्तुति र सम्पादनमा कार्यरत सञ्चारकर्मीका लागि व्यवसायी पोखरेलले सो सामग्री हस्तान्तरण गरेका हुन्।
संयोजक पन्तले आवश्यकताका आधारमा सञ्चारकर्मीलाई उक्त सामग्री उपलब्ध गराउन थालिएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।