काठमाडौं- कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीले १९ लाख १ हजार एवम् जम्मा गरेका छन्। सो रकम र कम्पनीको तर्फबाट ११ लाख गरी जम्मा ३० लाख १ हजार रुपैयाँ कोषमा सहयोग योगदान कम्पनीले जानकारी दिएको छ।
सन नेपाल लाईफ इन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतम र प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सो रकम कोषका प्रमुख राजेन्द्र पौडललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद सिंहदरबारमा हस्तान्तरण गरेका हुन्। कम्पनीले आइतबार सो रकम हस्तान्तरण गरेको हो।
कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने कम्पनीको विश्वास छ। विषम परिस्थितिमा लकडाउनको पूर्ण पालना गरी सुरक्षित रहन कम्पनीले आग्रह समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।