• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

पोखरा : स्वास्थ्य उपकरण नहुँदा जोखिम मोलेर रोकथाम र व्यवस्थापन 

64x64
नेपाल लाइभ आइतबार, चैत ३०, २०७६  १३:२८
1140x725

काठमाडौं-पोखरा महानगरपालिकाले विदेशबाट आएका ३८८ जनालाई होम आइसोलेसनमा राख्नुका  साथै विपन्न वर्गलाई राहत वितरण थालेको छ। विदेशबाट आएका संकास्पद दुई बिरामीको कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि महानगरपालिका ठूलो जोखिममा नरहेको नगर प्रमुख मानबहादुर जिसीले बताए।

बेल्जियम र भारतबाट आएका दुई बिरामीलाई आइसोलेसनमा राखेर उपचार गरिएको र उनीहरुमा कोरोनाको रिपोर्ट नेगेटिभ नभेटिएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए। उनीहरुलाई हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा राखिएको छ। 

महानगरपालिकामा एक महिना अवधिमा विदेशबाट आएका नागरिकको पहिचान गर्ने काम भैरहेको छ। अहिलेसम्म पहिचान भएका ३८८ जनालाई नियमित रुपमा अनुगमन गर्ने तथा उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने काम भैरहेको प्रमुख जिसीले जानकारी दिए। यदि उनीहरुमा कोरोनाको थोरैमात्रै लक्षण देखिए पनि तुरुन्त आइसोलेसन वार्डमा राख्न महानगरले निर्देशन दिएको छ।

उनीहरुलाई नजिकका स्वास्थ्यकर्मीले नियमित रुपमा अनुगमनका साथै स्वास्थ्य परामर्श दिने काम भैरहेको जिसीले जनाए। यसका साथै महानगरले कोरोनासम्बन्धी जानकारी प्रदान गर्ने र ध्वनी सामग्री जिंगल बनाएर हरेक टोल-टोलमा बजाउँदै हिँडेको छ। कोरोनाको लक्षण देखिनेबित्तिकै नजिकको स्वास्थ्य संस्था तथा महानगरले व्यवस्था गरेका स्वास्थ्य केन्द्रमा जान अनुरोध गरेको छ। 

केही अस्पतालमा फिभर क्लिनिक स्थापना गरि नियमित चेकजाँच गर्ने काम भैरहेको सूचना अधिकारी पौडेलले बताए। जनतामा कोरोनाको लक्षण जानकारी गराउँदै गर्दा साधारण ज्वरो आउनेहरु पनि त्रसित हुने गरेको जिसीले बताए। यस अवधिमा ज्वरो तथा अन्य रोग लागेर आउने बिरामीको संख्या भने धेरै घटेको महानगरका अधिकारीहरु बताउछन्। 

यस अवधिमा कसैलाई पनि क्वारेन्टाइनमा राख्नु पर्ने अवस्था नआएको जिसीले जानकारी दिए। ‘हामीले होम क्वारेन्टाइनलाई बढी जोड दिएका छौं, होम क्वारेन्टाइनलाई व्यवस्थित गर्न खोजेका कारणले गर्दा नै समस्याहरु नदेखिएको हो,’उनले भने।

महानगरले कसैलाई पनि बाहिर ननिस्कन अनुरोध गरेको छ। तर यसैको रोकथाम तथा व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, कर्मचारी र स्वास्थ्यकर्मीहरुलाई निर्वाध रुपमा खटिएर काम गर्नका लागि निर्देशन दिनसमेत गाह्रो परिरहेको नगर प्रमुख जिसीको भनाइ छ। उनले भने, ‘उहाँहरुलाई खटिन अनुरोध त गरेका छौं, तर उहाँहरु नै सुरक्षित हिसाबले काम गर्न सक्ने अवस्थामा हुनुहुन्न।’

नगरमा एम्बुलेन्स चालक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित भएर काम गर्नका लागि उपकरण छैन। महानगरले स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारको सुरक्षा उपकरण ‘पिपिइ’ केन्द्रसँग मगाइरहेको छ। विना उपकरणपनि महानगर कोरोना रोकथामको तयारीमा खटिएको छ। 

nimb
nimb

हाल महानगरले दुई वटा क्वारेन्टाइन स्थल तयार पारेको छ। सिर्जना चोकको लेक सिटी हस्पिटल र मध्यपुर अस्पतालमा क्वारेन्टाइन स्थल तयार गरिरहेको छ। लेक सिटी हस्पिटलमा १९० वटा बेड क्षमता रहेको छ भने मध्यपुर अस्पतालमा २० वटा बेडको क्षमता रहेको छ। 

त्यस्तै गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा महानगरले आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको छ। यसमा पनि जम्मा १० वटा मात्रै शैया छन्। आवश्यकता भए २५–३० बेडको बनाउन सकिने जिसीले जानकारी दिए। 

महानगरले अझै क्वारेन्टाइन स्थलको खोजी गरिरहेको छ त्यसका लागि आवश्यक पर्ने उपकरण ल्याउने तयारी गरेको छ। तर कुनै पनि क्वारेन्टाइन तथा आइसोलेसनमा विशेष स्वास्थ्य सामग्री भने छैन।

हाल महानगरपालिकाको  जनसंख्या ७ लाख हाराहारीमा छ। तर काम गर्न र बसाइसराइ गरि आएका थप ५ लाखसहित १२ लाखको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको नगरप्रमुख जिसी बताउछन्। 

कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि महानगरले साढे दुई करोड रुपैयाँको कोषको स्थापना गरेको छ। यस कोषमा प्रदेश सरकारबाट एक करोड रुपैयाँ प्राप्त भएको सूचना अधिकारी पौडेलले जानकारी दिए। साढे ४८ लाख रुपैयाँ कर्मचारीहरुबाट संकलन गरिएको छ। त्यस्तै विभिन्न व्यक्तिहरुले १५ लाख रुपैयाँ कोषमा जम्मा गरेका छन् यसका साथै महानगरको विपद कोषमा भएको पैसालाई पनि प्रयोग गर्ने तयारी गरेको छ।

दुई साताभन्दा लामो समयदेखि लकडाउन हुँदा दैनिक ज्यालादारी गर्ने तथा विपन्न वर्गहरुलाई बाँच्न गाह्रो परेपछि राहत वितरण गर्न थालेको छ। महानगरपालिकाले १९ हजार परिवारलाई राहत बाँड्दैछ। 

चार जना र सोभन्दा माथिको परिवारलाई २५ किलो स्टिम जिरा चामल, दुई किलो रातो दाल, नुन एक प्याकेट, एक लिटर सनफ्लावर तेल र एक किलो चना वितरण गरिरहेको छ। केही समय महानगर राहत वितरणमा केन्द्रित रहने सूचना अधिकारी पौडेलले बताए। राहत वितरणसँगै महानगरले मुख्य चोकहरुमा, मानिसहरुको बढी भीडभाड हुने स्थल, बसपार्कलगायतका ठाउँमा विषादी ‘क्लोरिन’ छर्ने काम गरिरहेको छ। 

महानगरले सम्पूर्ण  स्वास्थ्य चौकीहरु निरन्तर रुपमा खोल्ने निर्देशनसहित विभिन्न निर्णय गरेको छ। सरसफाइका कामहरु भैरहेका छन्। सम्पूर्ण वडामा स्वास्थ्य सेवा प्रमुखसहितको समिति बनाइएको छ, जसमा प्रतिनिधि पनि छन्। सरकारले स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि कोरोना रोकाथाम तथा नियन्त्रणका लागि समावेश गर्ने निर्णय गरेको छ। 

सरकारको निर्णयपछि उक्त समितिमा स्वयंसेविकालाई पनि समावेश गर्ने तयारी भएको महानगरले जनाएको छ। उनिहरुलाई यस अभियामा लगाउने भनिए पनि उनीहरुलाई बाहिर निष्केर काम गर भन्नलाई भने धेरै गाह्रो छ। त्यसैले सामाजिक दूरी कायम गरि फोनमार्फत् सहयोग लिने तयारी गरिएको छ। उनीहरुलाई सूचना बाहकको रुपमा काम लगाउन सकियो भने पनि केही सहज हुनेछ। 

कतिपय समुदायमा राजनीतिक पार्टीहले बन्द गराएको भन्ने सम्मको सूचना प्रवाह हुँदा काम गर्न गाह्रो परेको जिसी बताउछन्। यो सबैभन्दा खतनाक विषय भएको उनले बताए।

कोरोना रोकथामको तयारी तथा राहत वितरणका लागि कम्तिमा पनि दुई–तीन करोड रुपैयाँ खर्च हुने देखिएको जि।सीको विश्लेषण छ। भोलिका दिनमा महानगरवासीको जीवन रक्षाको लागि खर्च गर्नैपर्ने परिस्थिति आएमा महानगर तयारी अवस्थामा रहेको उनले दावी गरे।


 

प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  १३:२८
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीमा कोशी प्रदेशका १३० जना सम्पर्कविहीन, ८ जना सम्पर्कमा
युएफसी फाइनलमा मर्डोकसँग भिड्दै रवीन्द्र
बेपत्ता भएका ताप्लेजुङका ३ जना सम्पर्कमा, २ अझै बेपत्ता
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीमा कोशी प्रदेशका १३० जना सम्पर्कविहीन, ८ जना सम्पर्कमा शुक्रबार, भदौ १२, २०८३
युएफसी फाइनलमा मर्डोकसँग भिड्दै रवीन्द्र शुक्रबार, भदौ १२, २०८३
बेपत्ता भएका ताप्लेजुङका ३ जना सम्पर्कमा, २ अझै बेपत्ता शुक्रबार, भदौ १२, २०८३
मिनी एक्सकाभेटर जुटेपछि गृहमन्त्रीद्वारा धन्यवाद शुक्रबार, भदौ १२, २०८३
चेल्सी लिग कपको तेस्रो चरणमा शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
चीनले भन्यो–नेपालका दुई नदीको दोभानमा बनेको  ‘बाँधयुक्त ताल’ ३ दिनभित्र फुट्न सक्छ बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्