• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना भाइरसपछि चीनको हातमा आउँदैछ विश्वको नेतृत्व? 

फर्नान्डो दुआर्ते आइतबार, चैत ३०, २०७६  १२:४८
1140x725

एजेन्सी–कोरोना भाइरसका कारण निकै प्रभावित स्पेनलाई अहिले मेडिकल साम्रगीहरुको आवश्यकता धेरै छ। यही संकटको अवस्थामा टर्की सरकार र स्पेनबीच चरम विवाद सुरु भएको छ। यसको सुरुवात स्पेनका तीन वटा हेल्थ ट्रस्टले खरिद गरेका सयौं भेन्टिलेटर र अरु मेडिकल सामग्री टर्की सरकारले सरकारले जहाजसहित रातारात आफ्नो कव्जामा लिएपछि भयो। स्पेनको सञ्चार माध्यमले यसलाई टर्की सरकारको चोरीको संज्ञा दिए। 

लगभग एक हप्तासम्म चलेको यो विवादपछि स्पेन स्वास्थ्य सामग्रीले भरिएको जहाज टर्कीको कब्जाबाट फुत्काउन सफल भयो।  यो घटना कोरोना भाइरसका कारण वढ्दो कूटनीतिक तनावको एक चित्र थियो । 

कोरोनाले बढाएको तनाव

कोरोना भाइरस सुरु भएदेखि अमेरिका र चीनबीच कूटनीतिक चर्काचर्की चलिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त यो विवादमा विश्व स्वास्थ्य संगठनलाई समेत मुछेका छन्। उनले डब्लुएचओमाथि चीनको इशारामा चलेको र अमेरिकाले अब उसलाई दिँदै आएको रकम रोक्का गर्ने  चेतावनी दिए।  यो एकमात्र घटना भने होइन।

चीनमाथि पनि कोरोना भाइरसका बिरामीको संख्या लुकाएको आरोप लाग्दै आएको छ। लन्डन स्कुल अफ इकोनोमिक्सको ग्लोवल अफेयर्सकी सोफिया ग्यास्टन यो महामारीमा एक आपसमा मिलेर सामना गर्नुपर्नेमा त्यस्तो नदेखिएको बताउँछिन्। कोरोना भाइरसका कारण युरोपेली मुलुकहरुबीच पनि चिसोपना आएको छ। जब इटाली कोरोना भाइरसको चरम विन्दुमा थियो, उसले छिमेकी देशसँग मेडिकल संसाधनहरु सहयोग मागेको थियो। इटालील े जर्मन र फ्रान्ससँग सहयोग मागेको थियो । तर उनीहरुले आफ्नो उत्पादन निर्यातमै प्रतिबन्ध लगाए। 

युरोपियन युनियनको मुख्यालय ब्रसेल्सका लागि इटालीका राजदूत मोरिजियो मसारीले ‘पोलिटिको’ वेबसाइटका लागि लेखेका छन्,  ‘यो बीचमा जे देखियो त्यसले पक्कै युरोपियन एकताका लागि शुभसंकेत गर्दैन। 

इटालीका मानिसहरु जर्मनीको अर्को कामबाट पनि खुसी छैनन्। कोरोनाबाट बढी प्रभावित देशका लागि चन्दा उठाउने र एक कोष बनाउने प्रस्ताव उठेको थियो। तर यसलाई जर्मनीेले विरोध गरेपछि असफल भयो। जर्मनीका अलावा नेदरल्याण्ड, अस्ट्रिया र फिनल्याण्डले पनि कोरोना प्रभावित देशका लागि कोष बनाउने कार्यको विरोध गरे। जबकि स्पेन, फ्रान्स, बेल्जियम, आयरल्याण्ड, पोर्चुगल, स्लोभानिया र लक्जेमबर्गले  भने कोष स्थापनाको सर्मथन गरेका थिए ।

चीनको मास्क डिप्लोमेसी 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले इटाली चीनको ‘मास्क डिप्लोमेसी’ बुझ्न एक उदाहरण बनेको छ। आफ्नो देशमा कोरोना भाइरस रोकथाम भएलगत्तै चीनले यसको चपेटामा परेका कयौ  देशलाई मेडिकल सामग्री उपलव्ध गराउन थालेको छ।  चीनले यस्तो सहयोग रुस र अमेरिकालाई पनि गर्‍यो। यसैगरी इटालीलाई चीनले मेडिकल उपकरण र टेस्टिङ किट उपलव्ध गरायो। साथै चीनले चिकित्सकसहितको टोली इटाली पठायो। यसरी चीनबाट आएको टोलीाई इटालीमा हिरो मानियो । इटालीको सामाजिक सञ्जालमा अहिले ‘धन्यवाद चीन’ भन्ने ह्यासट्याग केही दिनदेखि ट्रेन्डिङमा रहेको छ। 

प्याक्स टेकम नामको एक कन्सल्टेन्सी फर्मका कार्यकारी निर्देशक गेसु एन्टोनियोको अनुभवमा चीन अहिले अमेरिकाले खाली गराएको कूटनीतिक स्थान लिने प्रयासमा छ। यो अवस्था आउनुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भए लगत्तै  लिएको ‘अमेरिका फस्र्ट’ नामक नीति प्रमुख कारण रहेको उनको बुझाइ छ। 

अमेरिकी कूटनीतिभन्दा धेरै उसको रवैया र अरु देशलाई पेल्ने रणनीतिको रुपमा यो नीति बुझिएको उनको बुझाइ छ। अमेरिकाले पछिल्लो समयमा कसैमाथि सहयोग भावना देखाएन। चीनसँगको वादविवादवाहेक ट्रम्प सरकारले आफ्नो पुरानो मित्र जर्मनीलाई पनि चिढ्यायो।

त्यस्तो समयमा धेरै निरास गरायो, जब जर्मनीको एक औषधि कम्पनीले निर्माण गरेको  कोरोना भाइरसको औषधिलाई विशेषाधिकार  दिने प्रस्ताव अमेरिकाले अस्वीकार गरिदियो। 

Xtrem

Xtrem

हालैमात्र अमेरिकी राष्ट्रपतिले भारतमाथि पनि मलेरियाको औषधि नदिए कारबाही गर्ने चेतावनी दिए। हाइड्रोक्सीक्वलोरोक्वीनको निर्यातमा उसले लगाएको प्रतिबन्ध तत्काल खुलाउन दिइएको यही दबाबका कारण भारतले वाध्य भएर यसको निर्यात खुल्ला गर्ने निर्णय गर्‍यो। 

‘विश्वभर चलेको यो महामारीको संकटमा अमेरिकाले एक कूटनीतिक महाशक्तिका रुपमा आफ्नो भूमिका  निर्वाह गर्नबाट चुक्यो,’ बाएज भन्छन् ‘यही कारण अमेरिकाले खाली गरेको यो स्थान लिने प्रयासमा चीन छ।’ 

चीनको यो कूटनीतिलाई मास्क कूटनीति भन्न सकिन्छ। यो सहज भने नभएको उनको अनुमान छ। यसको एक उदाहरण ब्राजिल हो। विश्वका धेरै देशको आरोप छ–चीनले यो महामारी समयमा सूचना दिएन र रोक्ने प्रयास गरेन। यही कारण चीनसँग अहिले पनि धेरै देश रिसाएको अवस्थामा रहेको सोफियाको तर्क छ।

सामाजिक सञ्जालमा चीन र ब्राजिलको झगडा

सोफिया ग्यास्टन एक अमेरिकी गुप्तचर रिपोर्टलाई उद्दृत गर्दै भन्छिन्– चीनले कोरोना भाइरसको संक्रमणको घटना लुकाएको थियो। बेलायती अधिकारीले पनि चीनले कोरोना भाइरस संक्रमणका बिरामी भनेर सार्वजनिक गरेको तथ्यलाई प्रश्न उठाउँदै आएको छ।

‘जुन समयमा चीन आफ्नो प्रचारमा व्यस्त थियो, सोही समयमा अझै धेरै उसको तथ्यांकमाथि प्रश्न उठिरहेको छ,’ सोफियाले भनिन्, ‘यही तथ्याकका कारण पनि चीनप्रति नकारात्मक धारणा बाँकी नै छ ।’

कोरोना भाइरस रोक्ने चीनको तरिकामाथि पनि ब्राजिलले प्रश्न उठाएको छ। जबदेखि यो महामारी सुरु भयो, ब्राजिल र चीनका बीचमा एक प्रकारको शीतयुद्ध पनि सुरु भएको छ। यो युद्ध एक पटक त  यस्तो  अवस्थासम्म पुग्यो कि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोनिकट अधिकारीहरु समेत खुलेआम सामाजिक सञ्जालमा एक अर्कामाथि आरोप प्रत्यारोप लगाउन ओर्लिए। 

हालैमात्र पनि यस्तै खालको ट्वीट ब्राजिलका शिक्षामन्त्री अब्राहम बोनट्रोभले गरेका थिए । 

चीनका अधिकारी उनको ट्वीटबाट यति रिसाएकि उनीहरुले नश्लवादी टिप्पणी नै गर्न भ्याए। ब्राजिलस्थित चिनियाँ दूतावासले एक ट्वीट गर्दै यस्तो अभिव्यक्ति विना आधार र निन्दनीय भएको र यसमा एक नश्लबादी सोच देखापरेको भन्दै खण्डन गर्‍यो। चीन र ब्राजिल  सवैभन्दा ठूला व्यापारिक कारोबारी हुन्। ब्राजिलको ८० प्रतिशत सोया चीनले नै खरिद गर्ने गर्दछ। जबकि ब्राजिलका अधिकारीले चीनसँग भेन्टिलेटर र अन्य स्वास्थ्य उपकरण पाउनका लागि सर्घष गरिरहेका छन्। यहीबीचमा शिक्षामन्त्री अब्राहमले ट्वीट गरेका थिए, जसले गर्दा दुई देशका बीचमा अझै तनाव बढाएको छ। 

अहिलेको अवस्थामा विगतको भन्दा फरक भएकाले कुटनीतिक पहल अझै धेरै गनुपर्ने अवस्था रहेको बाएजको वुझाइ छ । पहिल्यैदेखि चलिएआएको कूटनीतिक संघर्षको आगो कोरोना भाइरसका कारण अझ भड्किएको छ। ल्याटिन अमेरिकी छिमेकी मुलुक कोलम्बिया र भेनेजुयलाजस्तै। 

कोलम्बियाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको सरकारलाई मान्यता दिएन। भेनेजुएलाबाट भागेर कोलम्विया गइरहेका मानिसका कारण पनि यी दुई देशबीच तिक्तता निर्माण भएको थियो। यी देशका तनावका बीचमा अप्रिल १ मा एक नयाँ घटना सार्वजनिक भयो। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले कोलम्वियाका राष्ट्रपति इभान डुक्युलाई कोरोना भाइरस परीक्षण गर्ने दुई वटा मेसिन दिने प्रस्ताव गरे। यसअघि कोलम्वियामा भएको एकमात्र कोरोना परीक्षण गर्ने मेसिन बिग्रिएको खवर सार्वजनिक भएको थियो। 

भेनेजुएलाको प्रस्तावमा कोलम्वियाले कुनै जवाफ दिएको छैन । एक रेडियो च्यानललाई दिएको अन्र्तवार्तामा कोलम्बियाका राष्ट्रपति इभानले भेनेजुएलाले दिएको मेसिनका लागि केमिकल र संशाधन नै नभएको बताए। मध्यपुर्वको कुरा गर्ने हो भने पनि कतार र इजिप्टका बीचमा पनि यस्तै खिचातानी चलिरहेको छ । कतारमा अहिले इजिप्टका धेरै नागरिक फसेका छन्। 

मास्क र लकडाउन बाहेका कयौ मुद्दा 

विश्वमा अहिले मास्क र लकडाउनलाई लिएर मात्र खिचातानी चलिरहेको छ । १८ मार्चमा युरोपियन युनियनको एक रिपोर्ट सञ्चार माध्यममा लिक  भयो। उक्त रिपोर्टमा भनिएको थियो–रसियन सञ्चार माध्यमले पश्चिमी देशहरुको छवि बिगार्ने अभियान चलाई रहेका छन्।  रुसी सरकारका प्रवक्ताले यो आरोप आधारहीन भएको भन्दै खण्डन गरिसकेका छन् । 

बीबीसी हिन्दीबाट। दुआर्ते बीबीसी वल्र्ड सर्भिससँग आबद्ध छन्।


 

प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  १२:४८
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्