काठमाडौं–स्थानीय वायूसँगै सोमबारदेखि पश्चिमी वायू प्रवेश गर्ने भएपछि केही दिनसम्म बदली हुने भएको छ। देशैभर बदली हुँदा मेघ गर्जनसहित छिटफुट वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानांगले बताए।
‘अहिले प्रि-मनसुनको समय हो बेलुकातिर हलुका वर्षा भईरहन्छ,’ प्रधानांगले भने, ‘सोमबारदेखि स्थानीय वायूसँगै पश्चिमी वायू प्रवेश गरेपछि देशैभर बदली हुने सम्भावना छ।’ आइतबार उपत्यकासहित पहाडी क्षेत्रमा छिटफुट वर्षा भए पनि अन्य क्षेत्रमा भने मौसम सफा हुने महाशाखाले जनाएको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र ३० गते (आईतबार)
दिउँसो : देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। अपरान्हपछि पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
राति : देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
बैशाख १ गते (सोमबार)
दिउँसो : देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहने छ। पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
राति : देशको पश्चिमी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहने छ।
बैशाख २ गते (मंगलबार)
दिउँसो : देशभर आँशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
राति : देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।