काठमाडौं- क्यानडाको टोरोन्टोमा आयोजना हुने ‘वर्ल्ड मास्टर एथलेटिक्स च्याम्पियनसिप, २०२०’ स्थगित भएको छ।
विश्वमा माहामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) का कारण जुलाई २० देखि अगष्ट १ मा टोरोन्टोमा आयोजना हुने भनिएको च्याम्पियनसिप स्थगित गरिएको आयोजक कमिटिले जानकारी गराएको नेपाल मास्टर्स एथलिट एसोसियशनका महासचिव भैरव शाहीले जानकारी दिएका छन्।
खेल भन्दा पनि खेलाडी, कर्मचारी, स्वयंसेवक, अफिसियल तथा खेलसँग सम्बन्धित अन्यको स्वास्थ्य र सुरक्षा पहिलो प्राथमिकता रहेकोले च्याम्पियनसिप हाललाई स्थगित गरिएको आयोजक कमिटिले पठाएको पत्रमा जानकारी गराइएको छ।
च्याम्पियनसिपलाई माहामारी समाप्त भए पश्चात अर्को बर्ष संचालन गर्ने तर्फ पनि आयोजक कमिटीले विचार गरिरहेको र उक्त कुराको जानकारी पछि सूचना दिइने पनि पत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।