एजेन्सी–भारतमा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ भने २७३ जनाको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार आइतबार बिहानसम्म संक्रमितको संख्या ८ हजार ३ सय ५६ पुगेको हो।
भारतीय स्वास्थ्य विभागका अनुसार भारतमा हालसम्म ७१६ जना निको भएका छन्। महाराष्ट्र र दिल्ली संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको छ। महाराष्ट्रमा १७६१ मा संक्रमण पुष्टि भएको छ भने दिल्लीमा ९०३ पुगेको छ।
यस्तै, तमिलनाडुमा ९६९, राजस्थानमा ७००, मध्यप्रदेशमा ५३२ र तेलांगनामा ५०४ जना संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।