एजेन्सी–अमेरिका कोरोना भाइरसका कारण सबैभन्दा बढी मानिसको मृत्यु हुने मुलुक बन्न पुगेको छ। २० हजार ५ सय ६ मानिसको मृत्यु भएसँगै अमेरिकाले इटालीलाई समेत उछिनेको हो। इटालीमा १९ हजार ४ सय ६८ को मृत्यु भएको छ।
अमेरिकामा संक्रमितको संख्या ५ लाख २७ हजार १ सय ११ पुगेको छ भने डिस्ट्रिक्ट अफ कोलम्बिया, अमेरिकी अधिनस्थ भागसहित सबै ५० वटै राज्यमा संक्रमण फैलिएको छ। वोमिङ एक मात्र त्यस्तो राज्य हो, जहाँ एक जनाको पनि मृत्यु भएको छैन।
सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा शनिबार ७८३ जनाको मृत्यु भएको छ। न्यूयोर्कका गभर्नर एन्ड्रयु कुओमोले राज्यमा कोरोनाबाट हुने मृत्यु स्थिर रहेको र अस्पताल भर्ना तथा आइसीयुमा राखिनेहरुको संख्या नाटकीय रुपमा घटेको जनाएका छन्। त्यहाँ ९ अप्रिलका दिन सबैभन्दा धेरै ७९९ को मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।