एजेन्सी-प्रारम्भमा सजग नहुँदा विश्वका अधिकांश देशमा कोरोनाको संक्रमण डरलाग्दो गरी बढिरहेको छ। संक्रमितको संख्या बढेसँगै मृतकहरुको संख्या पनि डरलाग्दो गरी बढेको छ। मंगलबार विहान एक बजेको तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या १३ लाख २४ हजार नौ सय सात पुगेको छ भने मृतकको संख्या ७३ हजार ७ सय ३ पुगेको छ।
इटलीमा कोरोना संक्रमणबाट मारिनेको संख्या १६ हजार पाँच सय २३ पुगेको छ। स्पेनमा १३ हजार १ सय ६९, अमेरिकामा १० हजार, फ्रान्समा ८ हजार नौ सय ११, बेलायतमा ५ हजार ती सय ७३, इरानमा तीन हजार ७ सय ३९ जनाको निधन भइसको छ।
संक्रमितमा अमेरिका सबैभन्दा अगाडि छ। मंगलबार विहानसम्म अमेरिकामा संक्रमितको संख्या तीन लाख ५२ हजार पाँच सय ४६ पुगेको छ। स्पेनमा एक लाख ३५ हजार, इटलीमा एक लाख ३२ हजार, जर्मनीमा एक लाख एक हजार र फ्रान्समा ९८ हजार संक्रमित भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।