• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाले अर्थतन्त्र संकटमा, के गर्दैछ योजना आयोग?

भूकम्पको २ महिनापछि दाता सम्मेलन गरेको आयोगले अहिले अध्ययनसम्म थालेको छैन
64x64
सविन मिश्र आइतबार, चैत २३, २०७६  ०८:४४
1140x725

काठमाडौं- मन्त्रिपरिषदले स्वीकृत गरेको राष्ट्रिय योजना आयोग गठन तथा सञ्चालन आदेश २०७४ मा योजना आयोगको काम, कर्तव्य र अधिकारमा उल्लेख छ, 'अर्थतन्त्रका समष्टिगत क्षेत्रहरूमा अध्ययन गरी त्यसबमोजिमका नीति तथा योजनाहरूको तर्जुमा गर्ने/गराउने।'

सरकारको थिंक ट्यांकको रुपमा रहने योजना आयोगले सरकारले तर्जुमा गर्नुपर्ने आर्थिक नीतिका सम्बन्धमा आवश्यक सुझाव दिनुका अतिरिक्त अर्थतन्त्रका विभिन्न सूचकमा भइरहेका परिवर्तनका विषयमा अध्ययनसहित आफ्ना धारणा प्रस्तुत गर्नुपर्ने हो। तर, राष्ट्रिय योजना आयोग यो भूमिकाबाट च्यूत भइरहेको छ। 

कोरोनाले मुलुकको अर्थतन्त्रमा परेको प्रभावका विषयमा अहिलेसम्म योजना आयोगले कुनै अध्ययन गरेको छैन। योजना आयोग मातहत तथ्यांक विभाग छ। उसले पनि यस विषयमा कुनै काम अघि बढाएको छैन। 

विगतमा के भएको थियो, एउटा उदाहरण हेरौँ। 

२०७२ वैशाख १२ गते भूकम्प गइसकेपछि त्यसले पार्ने प्रभावका विषमा राष्ट्रिय योजना आयोगले अध्ययन गर्‍यो। पोस्ट डिजास्टर निड एसेसमेन्ट (पिडिएनए) नाम दिइएको अध्ययनकै आधारमा सरकारले भूकम्पबाट भएको क्षति, पुनर्निर्माणका लागि चाहिने बजेट र भूकम्पका बहुआयामिक प्रभावबारे विस्तृत प्रतिवेदन सार्वजनिक गर्‍यो। 

भूकम्प २ महिना पनि नपुग्दै अर्थात् २०७२ असार १० गते सरकारले पुनर्निर्माणका लागि दाता सम्मेलन आयोजना गर्‍यो। यही सम्मेलनबाट भूकम्पपछिको पुनर्निर्माणका लागि चाहिने करिब साढे ८ खर्ब रुपैयाँमध्ये ४ खर्ब रुपैयाँ सहयोग गर्ने दातृ निकायले प्रतिबद्धता जनाए।

त्यतिबेला राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका प्रा डा गोविन्दराज पोखरेल भन्छन्, 'हामीसमक्ष भूकम्पपछिको अध्ययन गर्न भन्दै दातृ निकायका प्रतिनिधि आएका थिए तर योजना आयोगले नै त्यसको नेतृत्व लियो र अध्ययन गर्‍यो।'

Ncell 2
Ncell 2
nimb
nimb

योजना आयोगको गठन आदेशमा उल्लेख भए जस्तै अहिले पनि उसलाई कोरोना भाइरस संक्रमणको जोखिमका कारण उत्पन्न परिस्थितिबारे अध्ययन गर्न कसैले अह्राउनु पर्दैन। 'यस्तो बेलामा आफैँले अग्रसरता लिएर काम गर्ने हो,' उनी भन्छन्, 'कुन क्षेत्रमा कति असर गर्न सक्छ भनेर अध्ययन गर्नुपर्थ्यो, सरकारले के का आधारमा राहत प्याकेज ल्यायो त? त्यो त थाहा हुनुपर्छ।'

योजना आयोगले हरेक मन्त्रालयका एक/एक जना सहसचिवलाई 'फोकल पर्सन' तोकेर क्षतिको विवरण संकलन गर्दै पिडिएनए तयार गरेको थियो। 'अहिले पनि भर्चुअल मिटिङ गर्न सकिन्छ, त्यसैका आधारमा प्रारम्भिक प्रतिवेदन तयार गरी सार्वजनिक गर्न सकिन्थ्यो,' पोखरेल भन्छन्। 

यसपटक के हुँदैछ?
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्प कँडेल योजना आयोगले अध्ययन गर्ने कि भन्ने विषयमा छलफल भए पनि काम नथालिएको बताउँछन्। 'अर्थ मन्त्रालयले पनि गरिरहेको छ, हामीले गर्दा डुप्लिकेसन होला कि भनेर काम अघि अघि बढाएका छैनौँ,' उनले भने, 'सरकारले गर भनोस् भनेर कुरिरहेको पनि हो।'

पन्ध्रौँ आवधिक योजनाको काम नसकिएकाले आयोग त्यसमा व्यस्त रहेकाले पनि अध्ययन गर्न नभ्याएको उनले बताए। 'पन्ध्रौँ योजनाको काम बल्ल सकिएको छ, त्यसमा व्यस्त थियौँ,' उनले भने। 

Xtrem

Xtrem

योजना आयोगले अध्ययन नगरेको भए पनि अर्थ मन्त्रालयसँग निरन्तर छलफलमा भने रहेको कँडेलले जानरकी दिए। उनले शुक्रबार पनि अर्थ मन्त्रालयसँग कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावका विषयमा छलफल भएको बताए। 

अर्थ मन्त्रालयले के गर्‍यो?
अर्थ मन्त्रालयका सहसचिव एवं आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख यामलाल भुषालको संयोजकत्वमा कोरोनाका कारण सिर्जित आर्थिक प्रभावका विषयमा अध्ययन समिति गठन भएको छ। यो समितिले आफ्नो काम टुंग्याएको छैन।

मन्त्रालयका अधिकारीहरूले बताएअनुसार शुक्रबार पनि यो भुषाल नेतृत्वको अध्ययन समितिले विभिन्न पक्षसँग अनौपचारिक छलफल गरेको छ। समितिले अर्थ मन्त्रालयका दुवै सचिवहरु शिशिरकुमार ढुंगाना र रामशरण पुडासैनीसँग बिहीबार छलफल गरेको थियो। 

'अहिलेसम्म ठोस कुरा केही पनि भएको छैन, अध्ययनकै क्रममा छौँ,' स्रोतले भन्यो, 'हामीले नेपाल राष्ट्र बैंक र केन्द्रीय तथ्यांक विभाग एवं अन्य सरोकारवाला निकायसँग छलफल गरिरहेका छौँ, प्रतिवेदन बुझाउने तहसम्म काम भएको छैन।' 

एडिबीको नयाँ प्रक्षेपण
बहुपक्षीय दातृ निकाय एसियाली विकास बैंक (एडिबी)ले शुक्रबार नेपालको अर्थतन्त्रको वृद्धिदरबारे नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ। एडिबीले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशत हुने अनुमान गरेको छ। गत वर्ष ७.१ प्रतिशत वृद्धिदर हासिल भएकोमा यो वर्ष वृद्धिदर कम हुने उसको प्रक्षेपण छ। 
एडिबीले अवस्था खराब भएको अवस्थामा आर्थिक वृद्धिदर ४.३ प्रतिशतसम्ममा झर्न सक्ने आँकलन गरेको छ। मध्यम अवस्थाका बीचमा ४.८ प्रतिशतको वृद्धिदर हासिल हुने उसको विश्लेषण छ। सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपणसहित बजेट ल्याएको थियो। बजेटको मध्यावधी समीक्षाबाट पनि आर्थिक वृद्धिको लक्ष्य घटाइएको थिएन। 

एडिबीले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण नभए आर्थिक कृयाकपाल अझै संकुचित हुने र आर्थिक वृद्धिदर अझै कमजोर हुने उसको प्रक्षेपण छ। एडिबीले लकडाउनका कारण आर्थिक कृयाकलापमा भएको अवरोध, रेमिट्यान्स घट्दा उपभोगमा परेको प्रभाव, वर्षको सुरुमा धान उत्पादनमा आएको गिरावट र सेवा क्षेत्रमा कोरोनाको प्रभावलाई नै मुख्य आधार बनाएको छ। 

अर्को वर्ष भने आर्थिक वृद्धिदर ६.४ प्रतिशतसम्म हुन सक्ने पनि उसको अनुमान छ। एडिबीले मूल्यवृद्धि ६ प्रतिशत रहने अनुमान पनि गरेको छ। 

प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  ०८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र शनिबार, असोज २४, २०८३
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध शनिबार, असोज २४, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्