• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

र्‍यापिड टेष्ट किट परीक्षणको जिम्मा स्वास्थ्य अनुसन्धान परिषद्लाई, जसको न ल्याब छ, न जनशक्ति

कल्पना पौडेल बिहीबार, चैत २०, २०७६  १२:५६
1140x725

काठमाडौं–विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको कोरोनाको र्‍यापिड टेष्ट किट ल्याएपछि स्वास्थ्य तथा जनसख्या मन्त्रालयले त्यसको गुणस्तर जाँच गर्ने जिम्मा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्लाई दिएको छ। तर परिषद्सँग उक्त किटको गुणस्तर जाँच गर्न सक्ने न ल्याब छ, न जनशक्ति नै। 

स्वास्थ्य मन्त्रालयको लेटरहेड प्रयोग गर्दै मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले बुधबार जारी प्रेस विज्ञप्तिमा चीनबाट खरिद गरी ल्याइएको र्‍यापिड टेष्ट किटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई अनुरोध गरिसकेको जनाएका छन्। विज्ञप्तिमा परिषदले प्रयोग गर्न योग्य भनी सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भइसकेपछि मात्र प्रयोगका लागि वितरण हुने उल्लेख छ।

नेपालमा प्रयोगशाला र यससँग सम्बन्धित विषयको गुणस्तर जाँच गर्ने अधिकार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग छ। तर, मन्त्रालयले आफू मातहतकै प्रयोगशालालाई बाइपास गर्दै अनुसन्धान परिषद्लाई गुणस्तर जाँच्न दिनुमा ठूलै ‘रहस्य’ रहेको मन्त्रालयका कर्मचारी बताउँछन्।

‘मन्त्रालयले ल्याब र जनशक्ति नै नभएको निकायलाई गुणस्तर जाँच्न भनेर जनस्वास्थ्यमाथि खेलबाड गर्न खोज्दै छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘जनस्वास्थ्य प्रयोगशालालाई दिनु पर्ने काम किन परिषदलाई दिइयो, परिषदमा मन्त्रीले नियुक्त गरेका मानिसहरुले यसलाई मान्यता दिन?’ 

मन्त्रालयका स्वास्थ्य विज्ञ डा कार्कीले जनस्वास्थ्य प्रयोगशालालाई गुणस्तर जाँच गर्ने जिम्मा नदिई परिषद्लाई दिएको सार्वजनिक गरेपछि मन्त्रालयका कर्मचारीहरु समेत आश्चर्यमा परेका छन्। उनीहरु किटको गुणस्तर जाँच गर्ने जिम्मा परिषद्लाई दिनु गलत भएको भन्दै विरोध गर्न थालेका छन्।

अनुसन्धान गर्नु र पाइलटिङ गर्ने फरक कुरा भएको भन्दै नेपाली जनतामा नयाँ रोग र नयाँ किटको परीक्षण गर्नु गलत भएको उनीहरुको भनाइ छ।

मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘किट जाँच गर्ने जिम्मा परिषद्लाई दिनु उपयुक्त होइन। किटको गुणस्तरको ल्याबोटरी जाँच हुनुपर्छ। जुन परिषद्ले गर्न सक्दैन। त्यसका लागि त्यहाँ आवश्यक ल्याव, उपकरण र जनशक्ति छैन।’

उनले परिषद्लाई  परीक्षणका लागि दिइनु भनेको किटलाई जसरी पनि गुणस्तरयुक्त रहेको देखाउने नियत देखिएको आशंका व्यक्त गरे। 

nimb
nimb

‘विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा हामी कसरी माथि हुनसक्छौं,’ उनले प्रश्न गरे, ‘यदि यसले मान्यता पाउने र भोलिका दिनमा पोजेटिभलाई नेगेटिभ देखाएर समाजमा रोग फैलियो भने? जनस्वास्थ्यमाथि यति ठूलो खेलबाड गर्न मिल्छ?’

मन्त्रालय स्रोतका अनुसार, नेपाली बजारमा सोही र्‍यापिड टेष्ट किट ५० देखि ६० लाखको परिमाणमा रहेको र त्यो उनीहरुकै चिनजानका मानिसले भित्राएकाले पनि ती किटलाई प्रयोग गर्न मान्यता दिने कसरत भइरहेको छ।

‘कोरोनाको संक्रमण सकिएपछि ती किट काम लाग्दैनन्, प्रयोग गर्न नपाए लगानी डुब्छ, त्यसले प्रयोग गर्न पाउनुपर्ने दबाब आएको  छ,’ स्रोतको दाबी छ।

परिषद्का कार्यकारी सदस्य सचिव डा प्रदीप ज्ञवालीले किटको गुणस्तरको अनुसन्धान गर्नका लागि प्रोटोकल तयार भएर इथिकल कमिटिमा पठाएको बताए।

उनले परिषद्सँग ल्याब नभएको स्वीकार गरे। तर जनशक्ति भने भएको दाबी गरे।

‘अहिले हामीले प्रोटोकल बनाएर स्वीकृतिका लागि कमिटीमा पठाएका छौं। स्वीकृत भएपछि काम सुरु गर्छौं। यसका लागि हामी तोकिएको अस्पतालमा किट प्रयोग गर्नेछौं,’ उनले भने, ‘त्यसका लागि अनुसन्धान परिषद्सँग जनशक्ति छ। आवश्यक परेमा बाहिरका ल्याब टेक्निसियनहरुसँग पनि समन्वय गरिनेछ।

उनले ती ल्याबमा देखिएको रिजल्टका आधारमा मन्त्रालयलाई सुझाव दिने बताए।

स्वास्थ्य मन्त्रालयकी पूर्व सचिव डा. सुधा शर्माले किटको गुणस्तर जाँच गर्न क्षमता परिषद्सँग नभएको भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई दिनुपर्ने बताएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमा उनले भ्रममा पार्न खोजिएको भन्दै प्रश्न गरेकी छिन्।

त्रिभुवन विश्वविद्यालयको माइक्रोबायोलोजी विभागका प्रमुख मेघराज बन्जारा पनि नेपालमा ल्याइएका र्‍यापिड टेष्ट किटको भ्यालिडिटी जाँच गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र गर्न सक्ने बताउँछन्। 

उनका अनुसार अन्य धेरै रोगमा र्‍यापिड टेष्ट किटको प्रयोग राम्रो मानिए पनि कोभिड १९को सन्दर्भमा भने र्‍यापिड टेष्ट किटको नतिजा राम्रो छैन। 

नेपालमा ल्याइएका र्‍यापिड टेष्ट किटको भ्यालिडिटी जाँच  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र गर्न सक्छ। किनभने त्यहाँमात्र संक्रमित केसको नमूना छ। उनले भने, ‘र्‍यापिड टेष्ट किटको गुणस्तर परीक्षण गर्न पहिले कन्फर्म्ड केसकै नमुना राखेर जाँच गर्ने हो। नेपालमा संक्रमित केस जम्मा ५ जनामात्र छन्।ु

स्वास्थ्य मन्त्रालयको मंगलबारको नियमित कोरोना ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले समेत यस्ता किट प्रयोग गर्न नहुने बताएका थिए। 

डा कार्कीले ती टेष्ट किटहरु विश्व स्वास्थ्य संगठनले जाँचका लागि गुणस्तरीय नभएको भन्दै अनुमति नदिएकाले प्रयोग नगर्न अनुरोध गरेका थिए।

उनले भनेका थिए, ‘त्यो कीटको परीक्षणबाट रिजल्ट र त्यसबाट उत्पन्न हुने भम्र र क्षतिले थप समस्या ल्याउने भएकाले  विश्व स्वास्थ्य संगठन र मन्त्रालयले अनुमति नदिएको किट प्रयोग नगर्नु होला।’

म‌ंगलबार प्रयोग गर्न नहुने बताएका डा कार्कीले नै बुधबार उक्त किटको गुणस्तर जाँचका लागि जनस्वास्थ्य प्रयोगशालालाई बाइपास गर्दै अनुसन्धान परिषदलाई दिएको सार्वजनिक गरेका हुन्।

हेरौं पत्र

स्वास्थ्य मन्त्रालयले आइबिसीआईले चीनबाट विश्व स्वास्थ्य संगठनले अनुमति नै नदिएको र्‍यापिड टेस्ट किट ल्याएको हो। चीनबाट आइबिसीआईले स्वास्थ्य मन्त्रालयमा ७५ हजार थान यस्ता किट ल्याएको छ। मन्त्रालयले प्रति किट ८ डलरमा यस्ता किट खरिद गरेको हो। ७५ हजार किटका लागि ६ लाख डलर अर्थात ७ करोड २० लाख नेपाली रुपैयाँ परेको छ। 

कसरी हुन्छ र्‍यापिड टेष्ट किटको गुणस्तरीयता जाँच?

मेघराज बन्जारा, 
प्रमुख माइक्रोबायोलोजी विभाग त्रिवि

मुख्यतः एकैपटक ठूलो समूह वा समुदायमा संक्रमण फैलियो भने जाँचका लागि र्‍यापिड टेष्ट किटको प्रयोग गरिन्छ। 

किट गुणस्तर जाँच गर्दा पहिले संक्रमित व्यक्तिमा नै जाँच गरिन्छ। एक पटक होइन बारम्बार।  एकै व्यक्तिको परीक्षण पनि बारम्बार गर्नुपर्छ। त्यसमा कति पटक पोजेटिभ नतिजा आउँछ त्यसका आधारमा नै प्रयोग गर्न मिल्ने वा नमिल्ने निर्णय हुन्छ। 

कुनै पनि रोग पाँच देखि १० मिनेटमा पत्ता लगाउने सकिने जाँचलाई र्‍यापिड टेष्ट किट भनिन्छ।  केही रोगका लागि बनेका र्‍यापिड टेष्ट किट निकै राम्रा छन्। जसको रिजल्ट पनि निकै राम्रो छ। 

तर, कोभिड१९को सन्दर्भमा भने र्‍यापिड टेष्ट किट उत्पादन भएका छन्, तिनले दिएको रिजल्ट राम्रो छैन। अन्य रोगका लागि बनेका र्‍यापिड टेष्ट किटको तुलनामा कोभिड १९ का लाग बनेका टेष्ट किट त्यति राम्रा छैनन्।

नेपालमा ल्याइएका र्‍यापिड टेष्ट किटको भ्यालिडिटी जाँच गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र गर्न सक्छ। किनभने त्यहाँ मात्र संक्रमित केसको नमुना छ। 

र्‍यापिड टेष्ट किटको परीक्षण गर्न पहिले कन्फम्र्ड केसकै नमुना राखेर जाँच गर्ने हो। नेपालमा संक्रमित केस जम्मा ५ जनामात्र छन्। 

पीसीआर र र्‍यापिड टेष्ट किटमा एउटै नमुना सँगै राखेर जाँच गर्नुपर्छ । तिनको रिजल्ट तलुना गर्नुपर्ने हुन्छ।

जस्तो यदि १०० जनाको नमुना लिएर पिसिआर र र्‍यापिड टेष्ट किटमा सँगै जाँच गरियो दुवैको रिजल्ट एउटै आयो भने यो र्‍यापिड टेष्ट किट ठीक छ भन्ने हो तर दुवैको रिजल्ट फरक आयो भने त्यो किट गुणस्तरीय छैन भन्ने हो। 

अहिलेको सन्दर्भमा राष्ट्रिय अनुसन्धान परिषदले आफैले मात्र यसको जाँच गर्न गाह्रो छ। किनभने र्‍यापिड टेष्ट किट गुणस्तरीय जाँच गर्ने हो भने जनस्वास्थ्य प्रयोगशालाको सहयोग लिनैपर्छ। अन्यथा त्यसको जाँच हुनै सक्दैन।

यदि र्‍यापिड टेष्ट किटले पोजेटिभलाई नेगेटिभ र नेगेटिभलाई पोजेटिभ रिजल्ट दियो भने त्यसको रिजल्ट जोखिमपूर्ण हुनसक्छ।

तर, र्‍यापिड टेष्ट किटको बेफाइदा के छ भने यसले अन्य मिल्दोजुल्दो लक्षण भएका रोगसँग पनि क्रम हुने भएकाले पोजेटिभ देखाउन सक्छ।

कोभिड१९ नयाँ रोग र र्‍यापिड टेष्ट किट पनि भर्खरै मात्र उत्पादन भएकाले धेरै परीक्षण हुन पाएका छैनन। उत्पादकले आफुले बनाएकाले राम्रो छ भन्ने दावी मात्र गरिरहेको अवस्था छ। 

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १२:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति
विदेशी सहयोग अस्वीकार गरेका छैनौं : प्रधानमन्त्री शाह
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
विदेशी सहयोग अस्वीकार गरेका छैनौं : प्रधानमन्त्री शाह शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितका लागि नमुना कलेजको ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग शुक्रबार, भदौ १२, २०८३
सञ्चालनमा आयो पृथ्वी राजमार्ग शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्