• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
मेडिकल सामान खरिदमा महानिर्देशक श्रेष्ठको भूमिका शंकास्पद
64x64
उत्तम काप्री बिहीबार, चैत २०, २०७६  ०५:५०
1140x725

काठमाडौं–कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आवश्यक सामान खरिद प्रकरणमा प्रतिवाद गर्नदेखि लिएर ओम्नी इन्टरनेसनलसँगको ठेक्का रद्दको घोषणासम्म फ्रन्टलाइनमा देखिए स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठ।

खरिद प्रकरण विवादमा तानिएपछि कुनै बदमासी नभएको भन्दै प्रतिवाद गर्ने उनले बुधबार लोलाउँदै ठेकेदारले भने अनुसारको काम नगरेको भन्दै ठेक्का रद्दको घोषणा गरेका थिए। समयमा सामान ल्याउन सम्भावना नभएको बहाना भए पनि ठेक्का रद्द हुनुको भित्री कारण भने सामग्री खरिदमा भएको मिलेमतो सार्वजनिक हुने भय बढी देखियो। 

समयमै सामान दिन सक्ने देखिएन भन्दै ठेक्का रद्दको निर्णय गर्ने श्रेष्ठकै भूमिका ओम्नीमार्फत् चीनबाट मेडिकल सामग्री खरिदमा समेत शंकास्पद छ। तीन महिना अगाडि मागिएको टेण्डर बीचैमा रद्द गर्ने, मेडिकल सामानका आपूर्तिकर्ताको भेला गराएर आफूअनुकूल कम्पनीलाई टेण्डर दिलाउने लगायतका काममा उनी सहभागी रहेको उनले नै सार्वजनिक गरेकै विवरणले खुलाउँछ ।

श्रेष्ठले सार्वजनिक गरेको विवरणबाट ठेक्का प्रक्रिया रद्ध गर्नेदेखि लिएर फास्टट्रयाकमा विवादित कम्पनी ओम्नीको चयनसम्ममा उनको संलग्नता देखिन्छ। उनले चाँडै सामान किन्नुपर्ने अवस्था र अन्य कम्पनी तत्काल सामान दिन तयार नहुँदा ओम्नीको छनौट गरेको दाबी गरेका छन्।

तर मेडिकल सामग्री आयातकर्ताहरुको संस्थाको विज्ञप्तिमा गरिएको दाबीले तीन महिना अगाडि सुरु भएको खरिद प्रकृया रोकेर एकाएक लकडाउनपछिको अवस्थामा सीमित समय तोकेर एक अर्ब बढीको ठेक्का गर्नुको कारण संकटकालीन अवस्थाको परिणाममात्रै देखिन्न। निर्णयमा उनको संलग्नताले समेत खरिद प्रक्रियाको अनुसन्धान भने ठेक्का प्रक्रियामा श्रेष्ठ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल दुवै तानिने देखिन्छ नै।

विभागमा श्रेष्ठको विवादित प्रवेश

स्वास्थ्य सेवा विभागमा श्रेष्ठकको महानिर्देशकको रुपमा प्रवेशको पृष्ठभूमिसमेत उस्तै विवादित छ। नेकपा कर्मचारी संगठननिकट भनेर परिचित श्रेष्ठलाई प्रकृयागत नभई योजनाबद्ध रुपमा विभागको महानिर्देशक बनाइएको थियो। विभागमा निमित्त महानिर्देशक रोशन पोखरेल थिए। उनलाई मन्त्रालयमा तान्दै श्रेष्ठलाई विभागको निमित्त महानिर्देशक हुँदै महानिर्देशक बनाइएको थियो। 

प्रक्रिया मिचेर भएको उनको नियुक्ति र कोरोना संक्रमण नियन्त्रणका लागि मेडिसिन सामग्री खरिद प्रकृया आपसमा मिलेको देखिन्छ।

Ncell 2
Ncell 2

स्वास्थ्य सेवा विभागमा १२ औं तहका कर्मचारीलाई महानिर्देशक बनाउनु पर्ने कानुनी व्यवस्था छ। तर, विभागका १२ औं तहका महानिर्देशक डा सुशीलनाथ प्याकुरेलले भदौ २२ गते अवकास पाएपछि वरिष्ठताका आधारमा कोसी अञ्चल अस्पतालमा रहेका डा रोशन पोखरेललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइयो। 

मन्त्रालयमा १२ औं तहको दरबन्दी तीन जनाको हुन्छ। १२ औं तहका कर्मचारीलाई मन्त्रालायले विभागको महानिर्देशको जिम्मेवारी दिने गर्छ। भदौमा डा प्याकुरेलले अवकास पाएपछि १२ औं तहका तीनवटै पद रिक्त भयो। यसअघि नै मन्त्रालयमा १२ औं तहको दुईवटा पद रिक्त थियो।  तर, लामो समयसम्म मन्त्रालयले १२ औं तहको बढुवाको प्रक्रिया अगाडि बढाएन। माघ १९ गते बसेको बढुवा समितिको बैठकले ५ जनाको नाम सिफारिस गरेको थियो।

समितिले डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह, डा भीमसिंह तिंकरी, डा केदार सेन्चुरी र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गर्‍यो। अहिले विभागका  महानिर्देशक श्रेष्ठ पाँचौ नम्बरमा सिफारिसमा परेका थिए।  

सिफारिस  भएकै समयमा विभागमा निमित्त महानिर्देशक रोशन पोखरेलले औषधि तथा मेडिकल उपकरण खरिदका लागि माघ २५ गते व्यवसायीसँग कोटेशन मागेको थिए। १९ व्यवसायीले विभागले  मागेको सूचनाका आधारमा औषधि तथा मेडिकल उपकरण खरिदका लागि सरकारलाई  कोटेशन दिएका थिए। 

व्यवसायीको कोटेशन आएसँगै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले निमित्त महानिर्देशक परिवर्तन गरेर फागुन ८ गते डा रोशन पोखरेलको स्थानमा डा श्रेष्ठलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिए। १२ औं तहको प्रक्रिया अगाडि बढेको र विभागको महानिर्देशक १२ औं तहकै हुने भए पनि मन्त्री ढकालले हतारमा श्रेष्ठलाई निमित्तको जिम्मेवारी दिएका थिए। त्यसको ४ दिनपछि सरकारले १२ औं तहको बढुवा सिफारिसमा पाँचौ नम्बरमा रहेका श्रेष्ठलाई पनि बढुवा गर्‍यो।  श्रेष्ठसहित डा पोखरेल र डा दिपेन्द्ररमण सिंह १२ औं तहमा बढुवा भए। 

टेण्डर रद्ध संयोग कि योजनाबद्ध?
१२ औं तहमा बढुवा भएपछि मन्त्री ढकालले श्रेष्ठलाई दरबन्दी अनुसार विभागको महानिर्देशकको जिम्मेवारी दिए। लगत्तै श्रेष्ठले चैत ६ गते कोरोना संक्रमण नियन्त्रणका लागि खरिद गर्न आव्हान गरिएको टेण्डर प्रक्रिया नै रद्द गरे। 

उनले माघ २५ मा जारी गरेको सूचना ४० दिनपछि रद्ध गर्नुमा टेण्डर नपरेकाले दावी गर्ने गरेका छन्। जसलाई आयातकर्ताको संगठनले विज्ञप्तिमार्फत् गलत भएको भन्दै खण्डन गर्दै आवश्यक परे प्रमाण देखाउन तयार रहेको चुनौती दिइसकेको छ।

सूचना रद्दसँगै सरकारले चैत १० गते बेलुका चैत ११ गते बिहानबाट एक साता लकडाउनको घोषणा गर्‍यो। श्रेष्ठले हतारमा २४ घन्टाको समय दिँदै चैत १२ गते औषधि खरिदका लागि भन्दै व्यवसायीलाई छलफलमा बोलाए।  श्रेष्ठकै भनाइ अनुसार चैत १२ गते व्यवसायीसँग औषधि तथा मेडिकल सामान खरिदका लागि छलफल भयो।

छलफलपछि उनले व्यवसायीलाई  ३ घन्टामा औषधिको मूल्यसूची बुझाउन भने।  छलफलमा सहभागी भएमध्येबाट दुई व्यवसायीले मात्रै औषधिको कोटेशन दिएको र ओबिसीआईसँग १ करोड ३ लाख ९० हजार ४ सय रुपैयाँको औषधि तथा मेडिकल उपकरण खरिदको सम्झौता भएको उनले दाबी गर्ने गरेका छन्। तर आयातकर्ताहरुको दाबी भिन्न छ। उनीहरुका अनुसार उनीहरुसँग कोटेशन माग्छु भनेर विभागले कोटेशन नै मागेन।

विभागले कहिल्यै स्वास्थ्य सामग्रीको कामै नगरेको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसल (ओबिसीआइ) सँग सम्झौता गर्‍यो। चीनमा रहेका नेपाली र व्यापारीक संस्थाहरुले दिन खोजेको सहयोगको साटो व्यापारीका लागि जब सरकारले प्लेन चार्टर गर्‍यो, खरिद प्रक्रिया शंकामा परिसकेको थियो। सामान नेपाल आएलगत्तै सार्वजनिक भएको मूल्यले सरकारो गतिविधि शंकामा प¥यो। संकटमा पनि सरकारमा रहेकाहरु कमिसनको चक्करमा रहेको भन्दै आलोचना बढ्दै गयो।

श्रेष्ठ मंगलबारसम्म सरकारी निर्णयको प्रतिरक्षामै थिए। तर सात करोड बराबरको र्‍यापीड टेस्ट किट विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीतको भएको पुष्टि भएपछि संकटमा परेको स्वास्थ्य मन्त्रालयको नेतृत्वको निर्देशनमा अकस्मात बुधबार दिउँसो ठेक्का सम्झौता रद्धको घोषणा भयो। 

 

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  ०५:५०
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
नेपाल समृद्ध बनाउन विज्ञान र प्रविधिको प्रयोग आवश्यक : पूर्वराष्ट्रपति भण्डारी शनिबार, जेठ २४, २०८२
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद शनिबार, जेठ २४, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, जेठ २४, २०८२
बाजुरा आगलागी : ३५ पसल जल्यो, आठ करोड बढीको क्षति शनिबार, जेठ २४, २०८२
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्