• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

मेडिकल सामान खरिदमा महानिर्देशक श्रेष्ठको भूमिका शंकास्पद

64x64
उत्तम काप्री बिहीबार, चैत २०, २०७६  ०५:५०
1140x725

काठमाडौं–कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आवश्यक सामान खरिद प्रकरणमा प्रतिवाद गर्नदेखि लिएर ओम्नी इन्टरनेसनलसँगको ठेक्का रद्दको घोषणासम्म फ्रन्टलाइनमा देखिए स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठ।

खरिद प्रकरण विवादमा तानिएपछि कुनै बदमासी नभएको भन्दै प्रतिवाद गर्ने उनले बुधबार लोलाउँदै ठेकेदारले भने अनुसारको काम नगरेको भन्दै ठेक्का रद्दको घोषणा गरेका थिए। समयमा सामान ल्याउन सम्भावना नभएको बहाना भए पनि ठेक्का रद्द हुनुको भित्री कारण भने सामग्री खरिदमा भएको मिलेमतो सार्वजनिक हुने भय बढी देखियो। 

समयमै सामान दिन सक्ने देखिएन भन्दै ठेक्का रद्दको निर्णय गर्ने श्रेष्ठकै भूमिका ओम्नीमार्फत् चीनबाट मेडिकल सामग्री खरिदमा समेत शंकास्पद छ। तीन महिना अगाडि मागिएको टेण्डर बीचैमा रद्द गर्ने, मेडिकल सामानका आपूर्तिकर्ताको भेला गराएर आफूअनुकूल कम्पनीलाई टेण्डर दिलाउने लगायतका काममा उनी सहभागी रहेको उनले नै सार्वजनिक गरेकै विवरणले खुलाउँछ ।

श्रेष्ठले सार्वजनिक गरेको विवरणबाट ठेक्का प्रक्रिया रद्ध गर्नेदेखि लिएर फास्टट्रयाकमा विवादित कम्पनी ओम्नीको चयनसम्ममा उनको संलग्नता देखिन्छ। उनले चाँडै सामान किन्नुपर्ने अवस्था र अन्य कम्पनी तत्काल सामान दिन तयार नहुँदा ओम्नीको छनौट गरेको दाबी गरेका छन्।

तर मेडिकल सामग्री आयातकर्ताहरुको संस्थाको विज्ञप्तिमा गरिएको दाबीले तीन महिना अगाडि सुरु भएको खरिद प्रकृया रोकेर एकाएक लकडाउनपछिको अवस्थामा सीमित समय तोकेर एक अर्ब बढीको ठेक्का गर्नुको कारण संकटकालीन अवस्थाको परिणाममात्रै देखिन्न। निर्णयमा उनको संलग्नताले समेत खरिद प्रक्रियाको अनुसन्धान भने ठेक्का प्रक्रियामा श्रेष्ठ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल दुवै तानिने देखिन्छ नै।

विभागमा श्रेष्ठको विवादित प्रवेश

स्वास्थ्य सेवा विभागमा श्रेष्ठकको महानिर्देशकको रुपमा प्रवेशको पृष्ठभूमिसमेत उस्तै विवादित छ। नेकपा कर्मचारी संगठननिकट भनेर परिचित श्रेष्ठलाई प्रकृयागत नभई योजनाबद्ध रुपमा विभागको महानिर्देशक बनाइएको थियो। विभागमा निमित्त महानिर्देशक रोशन पोखरेल थिए। उनलाई मन्त्रालयमा तान्दै श्रेष्ठलाई विभागको निमित्त महानिर्देशक हुँदै महानिर्देशक बनाइएको थियो। 

प्रक्रिया मिचेर भएको उनको नियुक्ति र कोरोना संक्रमण नियन्त्रणका लागि मेडिसिन सामग्री खरिद प्रकृया आपसमा मिलेको देखिन्छ।

nimb
nimb

स्वास्थ्य सेवा विभागमा १२ औं तहका कर्मचारीलाई महानिर्देशक बनाउनु पर्ने कानुनी व्यवस्था छ। तर, विभागका १२ औं तहका महानिर्देशक डा सुशीलनाथ प्याकुरेलले भदौ २२ गते अवकास पाएपछि वरिष्ठताका आधारमा कोसी अञ्चल अस्पतालमा रहेका डा रोशन पोखरेललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइयो। 

मन्त्रालयमा १२ औं तहको दरबन्दी तीन जनाको हुन्छ। १२ औं तहका कर्मचारीलाई मन्त्रालायले विभागको महानिर्देशको जिम्मेवारी दिने गर्छ। भदौमा डा प्याकुरेलले अवकास पाएपछि १२ औं तहका तीनवटै पद रिक्त भयो। यसअघि नै मन्त्रालयमा १२ औं तहको दुईवटा पद रिक्त थियो।  तर, लामो समयसम्म मन्त्रालयले १२ औं तहको बढुवाको प्रक्रिया अगाडि बढाएन। माघ १९ गते बसेको बढुवा समितिको बैठकले ५ जनाको नाम सिफारिस गरेको थियो।

समितिले डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह, डा भीमसिंह तिंकरी, डा केदार सेन्चुरी र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गर्‍यो। अहिले विभागका  महानिर्देशक श्रेष्ठ पाँचौ नम्बरमा सिफारिसमा परेका थिए।  

सिफारिस  भएकै समयमा विभागमा निमित्त महानिर्देशक रोशन पोखरेलले औषधि तथा मेडिकल उपकरण खरिदका लागि माघ २५ गते व्यवसायीसँग कोटेशन मागेको थिए। १९ व्यवसायीले विभागले  मागेको सूचनाका आधारमा औषधि तथा मेडिकल उपकरण खरिदका लागि सरकारलाई  कोटेशन दिएका थिए। 

व्यवसायीको कोटेशन आएसँगै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले निमित्त महानिर्देशक परिवर्तन गरेर फागुन ८ गते डा रोशन पोखरेलको स्थानमा डा श्रेष्ठलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिए। १२ औं तहको प्रक्रिया अगाडि बढेको र विभागको महानिर्देशक १२ औं तहकै हुने भए पनि मन्त्री ढकालले हतारमा श्रेष्ठलाई निमित्तको जिम्मेवारी दिएका थिए। त्यसको ४ दिनपछि सरकारले १२ औं तहको बढुवा सिफारिसमा पाँचौ नम्बरमा रहेका श्रेष्ठलाई पनि बढुवा गर्‍यो।  श्रेष्ठसहित डा पोखरेल र डा दिपेन्द्ररमण सिंह १२ औं तहमा बढुवा भए। 

टेण्डर रद्ध संयोग कि योजनाबद्ध?
१२ औं तहमा बढुवा भएपछि मन्त्री ढकालले श्रेष्ठलाई दरबन्दी अनुसार विभागको महानिर्देशकको जिम्मेवारी दिए। लगत्तै श्रेष्ठले चैत ६ गते कोरोना संक्रमण नियन्त्रणका लागि खरिद गर्न आव्हान गरिएको टेण्डर प्रक्रिया नै रद्द गरे। 

उनले माघ २५ मा जारी गरेको सूचना ४० दिनपछि रद्ध गर्नुमा टेण्डर नपरेकाले दावी गर्ने गरेका छन्। जसलाई आयातकर्ताको संगठनले विज्ञप्तिमार्फत् गलत भएको भन्दै खण्डन गर्दै आवश्यक परे प्रमाण देखाउन तयार रहेको चुनौती दिइसकेको छ।

सूचना रद्दसँगै सरकारले चैत १० गते बेलुका चैत ११ गते बिहानबाट एक साता लकडाउनको घोषणा गर्‍यो। श्रेष्ठले हतारमा २४ घन्टाको समय दिँदै चैत १२ गते औषधि खरिदका लागि भन्दै व्यवसायीलाई छलफलमा बोलाए।  श्रेष्ठकै भनाइ अनुसार चैत १२ गते व्यवसायीसँग औषधि तथा मेडिकल सामान खरिदका लागि छलफल भयो।

छलफलपछि उनले व्यवसायीलाई  ३ घन्टामा औषधिको मूल्यसूची बुझाउन भने।  छलफलमा सहभागी भएमध्येबाट दुई व्यवसायीले मात्रै औषधिको कोटेशन दिएको र ओबिसीआईसँग १ करोड ३ लाख ९० हजार ४ सय रुपैयाँको औषधि तथा मेडिकल उपकरण खरिदको सम्झौता भएको उनले दाबी गर्ने गरेका छन्। तर आयातकर्ताहरुको दाबी भिन्न छ। उनीहरुका अनुसार उनीहरुसँग कोटेशन माग्छु भनेर विभागले कोटेशन नै मागेन।

विभागले कहिल्यै स्वास्थ्य सामग्रीको कामै नगरेको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसल (ओबिसीआइ) सँग सम्झौता गर्‍यो। चीनमा रहेका नेपाली र व्यापारीक संस्थाहरुले दिन खोजेको सहयोगको साटो व्यापारीका लागि जब सरकारले प्लेन चार्टर गर्‍यो, खरिद प्रक्रिया शंकामा परिसकेको थियो। सामान नेपाल आएलगत्तै सार्वजनिक भएको मूल्यले सरकारो गतिविधि शंकामा प¥यो। संकटमा पनि सरकारमा रहेकाहरु कमिसनको चक्करमा रहेको भन्दै आलोचना बढ्दै गयो।

श्रेष्ठ मंगलबारसम्म सरकारी निर्णयको प्रतिरक्षामै थिए। तर सात करोड बराबरको र्‍यापीड टेस्ट किट विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीतको भएको पुष्टि भएपछि संकटमा परेको स्वास्थ्य मन्त्रालयको नेतृत्वको निर्देशनमा अकस्मात बुधबार दिउँसो ठेक्का सम्झौता रद्धको घोषणा भयो। 

 

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  ०५:५०
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्