काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) चिनबाट स्वास्थ्यको सामाग्री ल्याएको ओम्नीको टेन्डर रद्द, पाँच करोड धरौटी जफत, सम्झौतामा उल्लख गरेजति सामाग्री नल्याएको र ल्याउने सम्भावना नरहेको मन्त्रालयको भनाइ । (ओम्नीको टेन्डर रद्द)
२) मन्त्रालयले कोरोना भाइरस परीक्षण गर्न खरिद गरेको ‘¥यापिड टेस्ट किट’ तत्काल प्रयोग नगर्ने, डब्लुएचओले स्वीकृति नदिएको ७५ हजार थान किट काम नलाग्ने भए पैसा नतिर्ने । (किट तत्काल प्रयोग नगर्ने)
३) स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी, बजार दरभन्दा महँगोमा मेडिकल सामग्री खरिद गरी अनियमितता गरेको आरोप । (स्वास्थ्य मन्त्रीविरुद्ध उजुरी)
४) स्पेनिस क्लब बार्सिलोनाका खेलाडीहरु ७० प्रतिशत तलब कम गर्न तयार भएपछि आर्थिक संकटकाबीच फाइदामा बार्सिलोना, महिनाकै ३२ मिलियन युरो जोगाउँदै । ( फाइदामा बार्सिलोना)
५) र, संयुक्त राष्ट्रसंघद्वारा कोरोना भाइरस संक्रमण दोस्रो विश्वयुद्धपछिकै ठूलो संकटका रुपमा परिभाषित, विश्वव्यापी मन्दी ल्याउन सक्ने भन्दै निम्न र मध्यमस्तरका देशलाई सघाउन राहत कोषको तयारी । ( राष्ट्रसंघको परिभाषा )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।