• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

भारतको धार्मिक सभा 'कोरोना केन्द्र' बन्ने खतरा

सहभागीमा धमाधम देखिँदै कोरोना, १९ नेपाली कहाँ छन्?
64x64
नेपाल लाइभ बुधबार, चैत १९, २०७६  ११:५९
1140x725

एजेन्सी–भारतको नयाँदिल्लीस्थित निजमुद्दीनमा हालै मुस्लिम संथा तबलिगी जमातले गरेको धार्मिक सभा कोरोना भाइरसको ‘ईपिसेन्टर’ भन्ने सम्भावना देखिएको छ। 

भारतीय सञ्चार माध्यमका अनुसार २ हजार ५ सय जना सहभागी उक्त सभाका सहभागीमा भटाभट कोरोना पोजेटिभ देखिन थालेपछि भारतसहित छिमेकी देशहरुमासमेत त्रास सिर्जना भएको छ। उक्त सभामा विश्वका विभिन्न देशबाट १७ सय मानिस सहभागी भएको दिल्ली प्रहरीले पाएको थियो। 

उक्त सभामा नेपालका १९, मलेसियाका २०,  अफगानिस्तानका एक, म्यानमारका ३३, किर्गिस्तानका २८, इन्डोनेसियाका ७२, थाइल्याण्डका ७, श्रीलंकाका ३४, बंगलादेशका १९ र अन्य देशका नागरिक सहभागी भएको खुलेको छ। 

उक्त सभामा सहभागीमध्ये ६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने ९३ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ। करिब ७०० जना क्वारेन्टाइनमा रहेका छन्। सहभागीहरु आ–आफ्ना देश फर्केपछि एसियामा कोरोना भाइरस सार्ने केन्द्रको रुपमा यो धार्मिक सभा हुने सम्भावना देखिएको छ।

मौलानाविरुद्ध दिल्ली प्रहरीद्वारा मुद्दा दायर

दिल्ली प्रहरीले निजामुद्दीन पश्चिममा  भएको धार्मिक सभाको अगुवाई गर्ने मौलाना सादविरुद्ध कोरोना भाइरस फैलाउन सहयोग गरेको भन्दै मुद्दा दायर गरेको छ। उनीहरुले भेला हुन रोक लगाउने राज्य सभाको नियम उल्लंघन गरेको, सामाजिक दुरी कायम नगरेको र संक्रमण फैलाएको आरोप प्रहरीको छ। निजामुद्दीन मरकजका मौलाना सादलाई सरकारी आदेश उल्लंघन, महामारी रोग कानुन र भारतीय दण्ड संहिताका अन्य धारा अनुसारको सजाय दिल्ली प्रहरीले माग गरेको छ। जमात मुख्यालय मरकज निजामुद्दीनले भने आफूले कुनै पनि कानुन उल्लंघन नगरेको जिकीर गरेका छन्। 

भारतमा यो सभामा सहभागी भएका तमिलनाडुका ५०, अण्डमान का ९ र दिल्लीका २४ जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ  भने अन्य राज्यका मानिसमाथि पनि परीक्षण सुरु भएको छ। सभा १ देखि १५ मार्चसम्म चलेको थियो।

कोरोनाको संक्रमण फैलिन नदिन भारत सरकारले सभा सम्मेलन गर्न रोक लगाएको बेला यो धार्मिक सभा भएको थियो । तर, सभा भएको स्थाननजिकै पर्ने दक्षिणी दिल्लीका केही मानिसमा आइतबार परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि भारत र अन्य देशमा त्रास फैलिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका अनुसार उक्त धार्मिक सभामा सहभागी भएकाहरुको कोरोना भाइरस संक्रमण भएको पाइएकाले ७०० लाई क्वारेन्टाइनमा राखिएको र अन्यको खोजीका लागि पत्राचार भइरहेको बताएका थिए। 

२४ मार्चमा प्रहरीले हजरत निजामुद्दीनलाई उक्त सभा रोक्न माग गर्दै एक नोटिस पठाएको थियो। प्रहरीलाई उक्त सभा रोकिएको र पछिल्लो दिनमा १५०० मानिस फर्किएको जवाफ दिएको थियो।  तर यसपछि पनि उक्त सभामा विभिन्न राज्यका एक हजार मानिस त्यहाँ बाँकी थिए। 

अहिले भारतका विभिन्न राज्यमा त्यो धार्मिक सभामा सहभागीहरुको खोजी भइरहेको छ । उनीहरुलाई परीक्षणका लागि अस्पताल पठाउने र क्वारेन्टाइनमा राख्ने काम चलिरहेको छ । 

भारतीय सञ्चार माध्यमहरुले गृह मन्त्रालयलाई उद्दृत गर्दै जनाएअनुसार सभामा दुई सय ८१ जना विदेशी थिए। जसमा नेपालसहित अफगानिस्तान, मलेसिया, म्यानमार, कीर्गिस्तान, थाइल्याण्ड, श्रीलंका, बंगलादेश, इंगल्याण्ड, फिजी, फ्रान्सलगायत मुलुक छन्।

Xtrem

Xtrem

यसअघि मलेसिया र दक्षिण कोरियामा पनि धार्मिक स्थलको भेलाबाटै कोरोना भाइरस मुलुकभर फैलिएको थियो । 

१९ नेपाली  सम्पर्कमा छन्?  

दिल्लीको धार्मिक सभामा सप्तरीसहित विभिन्न स्थानका १९ जना नेपालीसमेत सहभागि भएको चर्चाले नेपालमा पनि त्रास सुरु भएको  छ। सहभागीहरु हालसम्म नेपाल फर्के÷नफर्केको विषय पुष्टि भएको छैन।

यसैबीच, सोही कार्यक्रमअन्तर्गत विभिन्न स्थानमा भ्रमण गरेर फर्केका ९ जना सहभागी भित्रिएपछि सप्तरीमा  भने त्रास सिर्जना भएको  छ। तीन दिनअघि बेलही सीमा हुँदै ल्याईएका उनीहरुलाई हाल वोदेवरसाईन–५, जाँजर स्थित क्वारेन्टाईनमा राखिएको छ । ९ मध्ये सुनसरीको भोक्राहाका १, सिरहाको रमौलाका १ र अन्य सप्तरीका छन् । एक जना राजविराज र अन्य वोदेवरसाईनकै स्थायी वासिन्दा रहेको वोदेवरसाईन नगरपालिका ५ का वडाध्यक्ष मो. मजिवुर रहमानले वताए ।

 उनीहरुको प्राथमिक स्वास्थ्य जाँचका क्रममा कुनै समस्या नदेखिएको र तापक्रमसमेत सामान्य रहेको उनको भनाइ छ। उनीहरु दिल्लीको कार्यक्रममा नभई नेपाल तथा भारतको सीमा आसपासका क्षेत्रको भ्रमण गरेर फर्केको मजिवुरले जानकारी दिए ।

 ‘चार महिनाअघि गएकाहरु दिल्लीको कार्यक्रममा सहभागी भएका थिए’, उनले भने, ‘क्वारेन्टाईनमा राखिएकाहरु ४० दिने कार्यक्रम (जमात) मा सहभागी भएका हुन्, उनीहरु दिल्ली गएनन् ।’

के भन्छ तबलिगी जमात ?

आफ्नो धार्मिक सभावाट कोरोना भाइरस संक्रमण फैलिएको खवर आएपछि सोमबार तबलीगी जमातले वक्तव्य जारी त्यसको बचाउ गरेको  छ। 

‘यो कार्यक्रम एक वर्ष पहिल्यै तय भएको थियो । जब भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनता कफ्र्यू घोषणा गरेपछि कार्यक्रम तत्काल बन्द गरिएको थियो,’ उसले दावी गरेको छ, ‘तर, पूर्ण लकडाउन घोषणा हुनुभन्दा पहिले नै केही राज्यले ट्रेन र बस सेवा बन्द गरेका थिए । त्यही कारण पठाउन सकिनेलाई पठाइयो, त्यस लगत्तै पूर्ण लकडाउन घोषणा भयो, जसका कारण केही मानिस जान सकेनन्।’ 

यस्ता मानिसहरुको संख्या करिब एक हजार रहेको उक्त संस्थाले जनाएको छ। २४ मार्चमा स्थानीय प्रशासनले कार्यालय बन्द गर्न भनेको थियो, दुई दिनपछि एसडीएमसँग बैठक भयो र अर्को दिन ६ जनालाई परीक्षणका लागि पठाइएको जमातले जनाएको छ। त्यस्तै, २८ मार्चमा थप ३३ जनालाई परीक्षणका लागि पठाइएको थियो। त्यसबेला पनि स्थानीय प्रशासनसँग सहभागीलाई घर जाने व्यवस्था गरिदिन आग्रह गरेको तबलीगी जमातले बताएको छ।

भारतीय सञ्चार माध्यमकाअनुसार धार्मिक संस्था तबलीगी जमात १९२० देखि चल्दै आएको हो। तबलीगी जमातमा आबद्ध मौलाना आजाद नेशनल उर्दू युनिभर्सिटीका उपकूलपति जफर सरेशवालका अनुसार यो मुसलमानहरुको विश्वकै ठूलो संस्था हो ।  यसका शाखा  विश्वका एक सय ४० देशमा छन् । 

बीबीसी हिन्दी, द वायर र द प्रिन्ट, पिटीआईको सहयोगमा 

 
 

प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  ११:५९
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज बिहीबार, असोज १५, २०८३
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु बिहीबार, असोज १५, २०८३
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा बिहीबार, असोज १५, २०८३
फिजी भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल बिहीबार, असोज १५, २०८३
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्