• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन १३, २०८२ Wed, Feb 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रधानमन्त्रीको आत्मविश्वासले मात्र नौका पार लाग्दैन

64x64
भानु बोखिम मंगलबार, चैत १८, २०७६  १९:३२
1140x725

विगतमा प्रधानमन्त्रीको केपी शर्मा ओलीको प्रसंशामा शब्द र समय खर्च गर्ने जमातको ठूलो हिस्सा निरास छ। उनीसँग जोडिएका विस्वास र आशा निरासामा बदलिएका छन्। प्रधानमन्त्रीको प्रसंशा गर्नलायक केही काम चिज छ भने त्यो आत्मविश्वास मात्र हो। आत्मविश्वासले मात्र काम हुँदैन भन्ने चाँहि प्रमाणित भइसकेको छ।   

प्रतिस्पर्धी दुनियाँमा मानिसको जीवनयापन सहज छैन। आफूलाई अब्बल साबित गर्न हरदम जुधिरहनु पर्छ। अब्बल दरिन सिप र क्षमतामात्र काफी छैन, आत्मविश्वास पनि चाहिन्छ। कुनैपनि नेतृत्वदायी भुमिकाको लागि आत्मविश्वास अझै महत्वपूर्ण छ। यही आत्मविश्वासले नै नेतृत्वमा बस्ने व्यक्तिलाई निर्णय गर्ने साहस दिने हो। राजनीतिक नेतृत्व प्रदान गर्ने कुनैपनि नेतामा आत्मविश्वास अझ उच्च हुन जरुरी छ। तर नेतृत्वको लागि आवश्यक तत्व आत्मविश्वास मात्र भनै होइन। आत्मविश्वास नै सबथोक हो भन्नु कुतर्कको पराकाष्ठा हो। तन्दुरुस्ती, नैतिकता, इमानदारिता, निर्णय–क्षमता, पारदर्शिता पनि नेतृत्व गर्ने व्यक्तिमा हुन जरुरी छ। 

देशको कार्यकारी प्रमुखले यी सबै गुण आफूमा अन्तर्निहित गर्दै स्पष्ट दृष्टिसहित देशको लक्ष्य निर्धारण गर्ने हो। तर त्यो दृष्टि वर्तमान धरातलबाट देख्न सकिने ठाउँको हुनुपर्छ। लक्ष्यले सर्वप्रथम भुईंतहको मान्छेको आवश्यकतालाई सम्बोधन गर्नुपर्छ। एकाध सम्भ्रान्तको रुमानी सपनाको आधारमा लक्ष्य तोकेर देशको अवस्थामा परिवर्तन आउँदैन। तसर्थ देशको कार्यकारी पदमा बसेको व्यक्तिसँग दृष्टिसहित आत्मविश्वास, स्वस्थ शरीर, नैतिकता, निर्णय क्षमता, पारदर्शिता र इमानदारिता चाहिन्छ। यी सबै कुराको समायोजनले नै व्यक्तिमा उत्कृष्ट नेतृत्व निर्माण गर्छ। तर नेतृत्वका लागि प्रधानमन्त्रीसँग आत्मविश्वासबाहेक अरु कुन कुन गुण र क्षमता छ?    

देशको कार्यकारी पदमा बसेको व्यक्तिको हरेक बोली महत्वपूर्ण हुन्छ। समयको हिसाबले हरेक क्षणको महत्व रहन्छ। यो अर्थमा प्रधानमन्त्री के बोल्छन् र कहाँ जान्छन् भन्ने कुरा आम मानिसदेखि सञ्चार क्षेत्रको समेत चासोको विषय हो। प्रधानमन्त्रीले बोलेका कुरा सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशन गर्छन्। यो विश्वव्यापी अभ्यास पनि हो। हाम्रा प्रधानमन्त्री भने लामो समयदेखि सञ्चार क्षेत्रमा गुमनामझैं देखिएका छन्। प्रधानमन्त्रीको समाचार आइहालेपनि अधिकतर ती उनको स्वास्थ्य समस्यासँग जोडिएका हुन्छन्। 

प्रधानमन्त्रीको स्वास्थ्य प्रतिकूल रहनु सबैका लागि दुःखकै कुरा हो। त्यो भन्दा पनि दुःखको कुरा चाँहि देशको कार्यकारी पदमा बसेको मान्छे सधैं विसञ्चो रहनु हो। यही कारण देशको कार्यकारी प्रमुखको जिम्मेवारी निमित्तको भरमा चल्दै आएको छ। यो विषयमा प्रश्न पनि उठ्दै आएको छ। कतिले चलेकै छ भने किन यो विषयमा टाउको दुखाउने भन्ने तर्क गरिरहेका छन्। तर चलेर मात्र हुँदैन। आजको विश्वमा महत्वपूर्ण पुँजी र श्रोत भनेको समय हो। निमित्तले अघि बढाएको काम चलिरहेको त हुन्छ तर आवश्यक गति भने लिएको हुँदैन। आवश्यक गति समात्न नसक्नु भनेको समयको बर्बादी हो। पछिल्लो समय सिंहदरबार प्रधानमन्त्रीको स्वास्थ्यअनुसार निर्माण भएको देखिन्छ। बालुवाटार सानोतिनो अस्पताल नै भइसक्यो। खासमा सिंहदरबार र बालुवाटार एक व्यक्तिको लागि अनुकुल बनाउने ठाउँ होइन। ती स्थानको आवश्यकताअनुसारको व्यक्ति त्यहाँ पुग्ने हो। त्यस्तो व्यक्तिको प्रयासले मात्र जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्छ। 

सिंगो विश्व कोरोनाको कहरसँग जुधिरहेको छ। यो संकटको बेला पनि हो। साता दिनदेखि हामी पनि लकडाउनमा छौं। यस्तो बेला सबै देशका राष्ट्रप्रमुख तथा कार्यकारी मिडियामा आएर जनतालाई आश्वासन दिइरहेका छन्। कोरोनासँग जुध्न जनतालाई उत्साह प्रदान गरिरहेका छन्। उनीहरुको लागि जनताको स्वास्थ्य र त्यसको लागि चाल्नुपर्ने आवश्यक कदम प्राथमिकतामा छ। तर यो देशमा सिंगो राज्यले प्रधानमन्त्रीको स्वास्थ्य समस्या बोकेर हिँड्नु परेको छ। 

देश लकडाउन गरिएपछि पनि प्रधानमन्त्री पुनः अस्पताल भर्ना भएका छन्। यस्तो बेला प्रधानमन्त्री अस्पताल भर्ना हुनु हुँदैन भन्ने होइन। प्रधानमन्त्री पनि व्यक्ति नै हुन् र हरेक व्यक्तिलाई आफ्नो स्वास्थ्यमा प्रतिकूलता देखिएपछि अस्पताल जान पाउनुपर्छ। भलै कति बिरामी अहिले अस्पताल पुग्नबाट पनि बञ्चित छन्। आम नेपालीको चिन्ता यति हो कि प्रधानमन्त्री अचानक बिरामी भएका हैनन्। कोरोनाले निम्त्याएको संकटमा प्रधानमन्त्रीको जुन तदरुकता देखाउनु पर्थ्यो, त्यो देखिएको छैन। अहिलेको अवस्थामा प्रधानमन्त्रीबाट यस्तो अपेक्षा गर्नु आफैमा मुर्खता हो। तर प्रधानमन्त्री स्वयम्‍ले नैतिकता देखाएर पदबाट राजीनामा गरिदियोस् भन्ने अपेक्षा राख्नु भने अतिशयोक्ति हुँदैन। प्रधानमन्त्रीको जिम्मेवारी र उनको स्वास्थ्य अवस्था हेर्दा राजीनामाले नै केपी शर्मा ओलीको उचाई थप बढाउँछ। 

आम नेपालीको चिन्ता यति हो कि प्रधानमन्त्री अचानक बिरामी भएका हैनन्। कोरोनाले निम्त्याएको संकटमा प्रधानमन्त्रीको जुन तदरुकता देखाउनु पर्थ्यो, त्यो देखिएको छैन। 

Ncell 2
Ncell 2

प्रधानमन्त्री स्वयम्‍ले मार्ग प्रशस्त नगरे सिंगो नेकपाले सोच्ने बेला आइसकेको छ। तर नेकपाका अन्य नेता अलमलमा देखिन्छन्। उनीहरु सरकारको कामको बचाउ गर्ने पक्षमा त छैनन् नै, प्रधानमन्त्रीको विकल्प खोज्न पनि सकिरहेका छैनन्। ओली नै प्रधानमन्त्री कायम रहने हो भने नेकपाले सहज अवस्थामा पनि देशको निम्ति प्रभावकारी काम गर्ने सकेन भन्ने इतिहास निर्माण हुनेछ। तुलनात्मक अध्ययनमा यो आरोप तथ्यहरुले सत्य भएको पुष्टि गर्छ। 

नेपालको इतिहासमा बहुदलीय प्रतिस्पर्धामा आधारित निर्वाचन संख्याले दुई हातको औंला पनि भरिँदैन। २०१५ देखि पछिल्लो निर्वाचनसम्म गन्ने हो भने केन्द्र सरकार निर्माणको लागि सातवटा निर्वाचन भएका छन्। तीमध्ये दुई वटा निर्वाचन संविधान सभासँग जोडिएको थियो। बाँकी पाँचमध्ये चार वटामा निर्वाचन दल विशेषले बहुमत प्राप्त गरेको थियो। तीमध्ये यसअघिका बहुमत प्राप्त सरकार सबै कांग्रेसका थिए, जसलाई सरकार चलाउन नेकपालाई जस्तो सहज थिएन। ०१५ मा दुई तिहाई बहुमत प्राप्त बिपी कोइरालाको सरकारमाथि अठार महिनामै राजा महेन्द्रले विघटन गरेर पञ्चायत लादे। २०४७ को संविधानले राजालाई संविधानभन्दा माथि राख्यो। संविधानभन्दा माथि रहेका राजाको असर त्यसपछि बहुमत प्राप्त कांग्रेसको सरकारले बेला बखतमा भोगी नै रह्यो। त्यसको तुलनामा झन्डै दुई तिहाई प्राप्त नेकपा सरकारले कसैको दवाब झेल्न परेको छैन। सरकारले चालेका सही कदममा कसैले अंकुश लगाउन सक्दैन। तैपनि नेकपा र उसको सरकार अघि बढ्न सकिरहेको छैन। यसमा सबभन्दा बढी भूमिका प्रधानमन्त्रीको शिथिलतासँग जोडिएको छ। 

प्रधानमन्त्री र उनका समर्थकहरू काम गर्न सक्षम भएको दलिल पेस गर्दै आएका छन्। अझ विगतको प्रधानमन्त्रीभन्दा बहालवाला प्रधानमन्त्रीको कार्यसम्पादन राम्रो रहेको तर्क गर्छन्। तर अन्य प्रधानमन्त्रीभन्दा केपी शर्मा ओली दिनका दिन कमजोर सावित हुँदै गएका छन्। उनको यो असफलता सिधैं स्वास्थ्य अवस्थासँग जोडिएको छ। 

राष्ट्रको कार्यकारी प्रमुखको काम कति प्रभावकारी र दुरदर्शी थियो भन्ने दोश्रो कुरा हो। यो मामिलामा अन्य प्रधानमन्त्री अब्बल ठहरिएका छैनन्। तर बहालावाला प्रधानमन्त्री त स्वास्थ्यका कारण सार्वजनिक कार्यक्रममा ननिस्किएकै धेरै भयो। काम र क्षमता प्रदर्शन अलग विषय भयो, सार्वजनिक कार्यक्रममा उपस्थिति जनाउनै नसक्नेले, धपेडी हुने राष्ट्रको कार्यकारी प्रमुखको पदमा बस्न कति सुहाउँछ? अझैपनि यो पदको लागि आफूमात्र योग्य छु र आफूले मात्र देशको नौका पार लगाउँछु भन्नु प्रधानमन्त्री र समर्थकको भ्रम हैन। स्वार्थमा लुप्त भएर सोचीसम्झी ढाकछोप गर्न खोजिएको तर्क हो। यसले केही समय प्रधानमन्त्री र उनको समर्थकको हित त होला, तर त्यसको लागि सिंगो देशले मूल्य चुकाउनु पर्छ र चुकाइरहेकै छ।  

राष्ट्रको कार्यकारी पदमा बसेपछि धेरै खटिने र दौडधुप गर्नुपर्ने हुन्छ। यसको लागि आत्मविश्वास भएर मात्र हुँदैन, स्वस्थ्य शरीर पनि चाहिन्छ, जो हाम्रो प्रधानमन्त्रीसँग छैन। जनताले प्रधानमन्त्रीको दोश्रो मिर्गौला प्रत्यारोपण सफलताको कामना गरेका थिए, अब उनीहरूको हितको लागि पनि प्रधानमन्त्रीले राजनीमा दिएर आराम गर्नुपर्छ। देशलाई उच्च गतिका साथ अघि बढाउने बेला, शिथिल व्यक्ति चालक भएर हुँदैन।

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १९:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय बुधबार, फागुन १३, २०८२
परराष्ट्र मन्त्री शर्मासँग चिनियाँ राजदूत माओमिङको भेट बुधबार, फागुन १३, २०८२
थुनामुक्त भएपछि दुर्गा प्रसाईंले भने– अब राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ ? बुधबार, फागुन १३, २०८२
काँग्रेसले आफूलाई समयानुकूल रूपान्तरण गरेको विश्वप्रकाश शर्माको दाबी बुधबार, फागुन १३, २०८२
एमाले पूर्वसांसद जानकी देवी नेकपामा प्रवेश बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
२४ घण्टामै डेढ करोड उठेपछि साम्बाले भनिन्–अब रोक्नुस् मंगलबार, फागुन १२, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय बुधबार, फागुन १३, २०८२
पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्