• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
लुक्दै युरोपका दुर्गम गाउँमा 
64x64
पदम गौतम मंगलबार, चैत १८, २०७६  १२:३५
1140x725

इटाली, फ्रान्स हुँदै छिमेकी देश स्पेनमा पनि कोरोनाले मान्छे सोत्तर हुन थालेपछि १८ मार्च मध्य रातदेखि पोर्चुगलमा पनि औपचारिक रुपमा संकटकाल लाग्ने भयो। मध्य रातपछि प्रहरीको स्वीकृति लिएर मात्र आवतजावत गर्न पाइने जानकारी बिहानदेखि स्थानीय टेलिभिजनले दिँदै थिए। 

 हामी बसिरहेको प्रान्तमा मात्र नभएर सहरमा पनि मान्छे मर्न थालेका थिए। यहाँ संक्रमणको दर यस देशका अन्य भागभन्दा तीब्र  थियो। किनभने यो प्रान्त डेढ सय बर्षदेखि पर्यटकीय क्षेत्र हो।  यहाँ अन्य युरोपेली देशबाट आउनेले पहिलो लटको कोरोना लिएर आएका विवरण धमाधम बाहिरिँदै थिए। संकटकालको करिब एक साता यताचाहिँ यहाँ पर्यटक आउन छाडेका थिए।

तर, यो समयमा पहिलो लटका संक्रमितले सारेका स्थानीय नयाँ बिरामी फेला पर्न थालेका थिए। हामी बस्ने आल्बुफेरा सहर र वरपरका अन्य सहरको स्थिति डरलाग्दो बन्दै थियो। एकघण्टा ड्राइभिङ पर स्पेनको बोर्डर थियो, जहाँ बिगतभन्दा एक हदसम्म कडाइ गरिए पनि त्यसको असर न्यून थियो। स्पेनको छिमेक र पर्यटन क्षेत्र भएका कारण हामी रोगका हिसाबले बढी जोखिम भएको ठाउँमा थियौंं।

अर्को कुरा, कहरको अबधि लम्बिँदै गएमा अन्य ठाउँभन्दा यहाँ पाइने दुःख अलिक धेरै हुने देखिन्थ्यो। गतिबिधि र कामका हिसाबले पोर्चुगलका अन्य क्षेत्रभन्दा बढी सजिलो भएका कारण यहाँ घरभाडा निकै महँगो छ। काम नभएको समयमा जीवन निर्बाह खर्चवापत् राज्यले दिने रकमले गुजारा चल्ने अवस्था हामीले देख्न छाडेका थियौं। केही दिनअघि फारो सहरमा खेतीमा काम गर्ने नेपालीमा कोरोना पोजिटिभ देखिएको बिवरण सरकारी सञ्चारमाध्यमले प्रसारण गरेपछि अलगार्भ प्रान्तभरका नेपालीमा पहिलोपल्ट त्राश आरम्भ भएको थियो।

त्यसअघि नेपालीलाई मसला र बेसार खाने भएका कारण कोरोनाले केही नगर्ने दाबी गर्नेहरु नै हामीभन्दा बढी डराएका देखिन्थे। हाम्रो घरचाहिँ नचाहँदा पनि यहाँ अल्झिएका पर्यटकसँग सामान्य सम्पर्क भइहाल्ने ठाउँमा थियो। यी विभिन्न कारणले हामी दम्पत्ति एउटै निष्कर्षमा पुग्यौं–सकेसम्म चाँडो, मिलेमा आजै हामी यहाँबाट सुरक्षित ठाउँतिर सर्नुपर्छ। 

केही वर्षअघि हामी पोर्चुगलको ग्रामीण क्षेत्रमा पनि बसेका थियौं। यहाँका गाउँका मान्छे पनि नेपालका जस्तै सहयोगी, मिलनसार र फरासिला थिए। सामान किनमेल गर्ने ठाउँमात्र पायक पर्ने घर पाएमा सहरभन्दा गाउँको जीवन सुखी र खुसी हुन्छ भन्ने हाम्रो अनुभव थियो। त्यस्तै कुनै सुरक्षित स्थानमा घर छ कि भनेर हामी चिनेजानेका विदेशी साथीलाई फोन सम्पर्क गर्न थाल्यौं। छिमेकी देशबाट आउने समाचारमा मृतकको संख्या बढिरहेको ग्राफ आइरहेको थियो। केही अस्पतालबाट आउने कारुणिक फुटेज र समाचारले सचेतनाभन्दा बढी त्रास फैलाउने काम गरिरहेको थियो। समाचार नै हेर्न मन लाग्नु स्वाभाविक थियो र त्यही समाचारले नै त्रस्त बनाइ पनि रहेको थियो।

 हामीलाई पूर्वबाट बादल मडारिँदै हाम्रो सहरतिर आउँदै गरेको लाग्न थाल्यो। हामीसँग समय कम थियो र त्यो छोटो समयमै सहर छाडेर गाउँ पस्नु पर्ने थियो। हामी टेलिफोनबाट सम्पर्क गरेर घर पनि खोज्दै थियौं, सँगै सामान प्याकिङ गर्दै पनि थियौं। कोरोनाको कहर बाँकी रहुन्जेल जोडी बस्नका लागि सानो र सुरक्षित ठाउँमा सामान्य घर पाएर राति १२ बजेअघि नै हामी गन्तब्यमा पुग्नु थियो। साँझ पर्न लागेपछि करिब डेढ सय किलोमिटर टाढा पहाडी भेगमा एउटा सानो परिवारका लागि बस्न योग्य घर भेटिएको सूचना हामीले पायौं।

गिनी बिसाऊ भन्ने अफ्रिकी देशबाट यहाँ आएर बर्षौंदेखि बसेका एक चिरपरिचित चिकित्सकका माध्यमबाट यो घर फेला परेको थियो। पहिला नपुगे पनि थोरै थाहा भएको ठाउँ भएकाले कहरको समय त्यहाँ टिक्न सकिन्छ भन्ने आँट आयो। केही परेमा यिनले फेरि सहयोग गर्लान् भन्ने आड पनि हामीले डाक्टरको ब्यबहारबाट पायौं। तर, हामी आपतकालको औपचारिक घोषणाअघि आजै सर्नुपर्ने अवस्था थियो। आधा घण्टा भित्रमा कहाँ, कति बजे पुग्ने, के–के बाँकी सामानको जोहो गर्ने र केही दिनका लागि खानाको स्टक कसरी राख्ने भन्ने सबै मिलाएर इमरजेन्सीको चार घण्टा अगाडि राति आठ बजे नयाँ ठाउँतिर लाग्यौं। हामीले अलिक सुरक्षित क्षेत्रका मान्छेलाई सहयोगीका रुपमा आमन्त्रण गरेका थियौं। एक युक्रेनी महिला र उनका बुल्गेरियन ब्याइफ्रेण्डले मन लगाएर सहयोग गरेका कारण इमर्जेन्सी घोषणा हुनुभन्दा एक घण्टाअघि नयाँ घर पुग्यौं।  

यो घर हाम्रा लागि नौलो ठाउँमा नहेरी तय गरिएको वासस्थान थियो, कोरोना कहर नसकिए सम्मका लागि मात्र। ग्रामीण क्षेत्रमा केही स्थानीयपनका आत्मीयता र केही दुर्गमताका पीडा दुवै हुन्छन्। जम्मा ५० घर र बढीमा सय जना स्थायी बासिन्दा रहेको गाउँको यो घरमा वाइफाइ थिएन र हामीले नै जोड्नु पर्ने थियो। घरमा टिभी थियो तर प्रोग्राम लगाइन बाँकी थियो। हतारमा सर्नु परेका कारण हामीसँग नेट सीम थिएन।

नेपालमा जस्तै यहाँ पनि सिलिण्डरको ग्यास प्रयोग रहेछ। सुबिधाका हिसाबले केही अभाव र धेरै कुरा काम चलाउ भए पनि यहाँ बस्दै गर्दा महसुस हुँदै गयो-हामीले हतारमा यहाँ आएर ठीक गरेछौं। किनभने गाउँ थोरै  गतिबिधिमा सीमित थियो र बाहिरी मान्छेसँगको सम्पर्क एकदम कम थियो। पिठो, चामल, दाल आदि सीमित कुरा जोहो गर्न सक्दा तरकारीको समस्या नहुने देखियो। गाउँमा साप्ताहिक रुपमा हरियो तरकारी र फलफूल डुलाउँदै बेच्ने चलन रहेछ।   

यहाँ सबैभन्दा ठूलो समस्याचाहिँ इन्टरनेट नहुँदा समय बिताउन नै भयो। हामी नेपालबाट हरेक बर्ष केही छानिएका किताब मगाएर पढ्छौं। यतिबेला हामीसँग पढ्न बाँकी कुनै किताब थिएनन्। दोहोर्‍याएर पढ्न बाँकी एउटा किताब केही दिनका लागि भनेर लैजाने साथी भगवान भुजेल नेपाल पुगेका थिए। वाइफाइ जोड्न यो अबधिमा सम्भव नभएकाले हामीलाई समय बिताउन र सूचित हुन एकदम अप्ठेरो भइरहेको थियो। यहाँ आएको चौथो दिन विभिन्न उपाय प्रयोग गरेर केही पर बसेका चिनेजानेका भाइहरुको सहयोगमा सीमित इन्टरनेटको ब्यवस्था गर्न सफल भयौं। 

चार दिनपछि समाचार हेर्दा झन् डरलाग्दो थियो। वरपरका देशमा रहेका साथीभाइसँग फेरि कुरा गर्‍यौं, बिवरणले आशाभन्दा बढी निराशा नै देखाए। स्पेन, नर्वे, लक्जेम्बर्ग, डेनमार्क सबैतिरबाट एकनासका खबर आएका थिए। जर्मनीबाट साथी टुवल सापकोटाले चाहिँ अलिक फरक बिवरण दिए, अन्य तथ्यांकमा देखिए जस्तै। त्यहाँ संक्रमणको गति तीब्र नै भए पनि मृत्युदर कम थियो। 

यता हामी सरेको एक साता जतिमा विकसित यो गाउँ वरपरका थप समाचार डरलाग्दा थिए। हामी पहिला बसेको क्षेत्रमा पहिलो कोभिड–१९ प्रमाणित ब्यक्तिको निधन भएको थियो। खेतीमा रहेका नेपाली समुदायमा पनि आतंक बढेको थियो। फारो सहरमा ४७ जना दक्षिण एसियाली कामदारलाई एक सहकर्मीमा कोरोना भाइरस देखिएका कारण क्वारेन्टाइनमा राखिएको थियो।

अलिक भित्र पर्ने ओदेमिरा नगर पालिकाबाट गंगा बा भनिने पोर्चुगलका नेपाली पुरोहित गंगाराम कँडेलका छोराको कम्पनीबाट प्रहरीले १७ जनालाई उठाएर लगेको थियो। पोर्चुगलमा कम्पनी भन्नाले खेतीमा कामदार आपूर्ति गर्ने एजेन्सी बुझिन्छ। त्यस कम्पनीमा कार्यरत एक भारतीय नागरिकलाई कोरोना संक्रमण देखिएको थियो। त्यसलगत्तै त्यहाँ कार्यरत अन्य १७ जनालाई पनि स्थानीय अर्धसुरक्षा बलले गिरफ्तार गरेको थियो। उनीहरुलाई कहाँ लगियो भन्ने पहिलो दिन थाहा नभए पनि भोलिपल्ट करिब २० किलोमिटर पर साओँ तेओतोनियो भन्ने ठाउँको स्कुलमा क्वारेन्टाइनमा राखिएको ओदेमिरा नगरपालिकाले एक बिज्ञप्तिमार्फत् जनायो। यसको पर्सिपल्ट अर्को नेपालीकै कम्पनीमा कार्यरत भारतीय कामदारले ऐंसेलु घारीमा खोक्दै र हाछ्युँ गर्ने गरेछ। सँगै रहेका नेपालीले डरले प्रहरीलाई खबर गरेपछि अहिले त्यस कम्पनीका आधा दर्जन कामदारलाई अर्को क्वारेन्टाइनमा राखिएको छ।

यस क्षेत्रमा यी घटना यति धेरै आतंकका रुपमा फैलिए कि स्थानीयवासी नेपाली र भारतीयसँग झन् बढी सतर्क हुन थाले। ग्रामीण क्षेत्र भए पनि ओदेमिरा नगरपालिकामा मात्र पाँच हजारभन्दा बढी नेपाली र त्यति नै भारतीय कामदार भएको अनुमान गरिन्छ। यो ठाउँमा सयौं ऐंसेलु, स्ट्राबेरी, चुत्रोलगायतका बेरी फलका बगैंचा छन्। पछिल्ला पाँच बर्षयता ती बगैंचामा एसियाली कामदारको बाहुल्यता छ। अरु समयमा पनि समूहमा बस्ने, हिँड्ने, पार्टी गरिरहने आदि कारणले शान्त युरोपका गाउँमा दक्षिण एसियाली कामदारको छवी स्थानीयमैत्री छैन। पोर्चुगिज नागरिकको नजरमा सबैभन्दा अराजक भारतीय र त्यसपछि नेपाली नागरिक परेका छन्। 

अहिले फोनमा, फेसबुकमा वा कुराकानीमा क्वारेन्टाइनमा राखिएका नेपालीबारे बिभिन्न हल्ला फैलिन्छन्। कहिले कसैको मृत्युको खबर आउँदा नेपाली समुदायकै मान्छे भएको हल्ला फिँजाइन्छ। अझ स्पेनका नेपालीमा संक्रमणको समाचारपछि फोनमा एकअर्काले सोध्ने गरिन्छ, ‘फारोमा नेपालीको मृत्यु भएको हो ?’

‘सधैं बोल्ने मान्छे पनि हामीलाई हेलो भन्न डराउँछन् अहिले’, पंक्तिकारका पूर्व परिचित स्टिभ केसीले ओदेमिरास्थित बोआभिस्ता गाउँको पछिल्लो अवस्था बताउँदै भने। उनका अनुसार पहिला मिलनसार भए पनि यति बेला स्थानीयवासीको विदेशीप्रतिको मनोविज्ञान फेरिँदै छ। ‘सभ्यताको संघर्ष हेर्दा हामी दक्षिण एसियालीहरु अराजक जाति हौं। यिनीहरुले पटकपटक प्लेग, भोकमरी, सुनामी र अन्य महामारी पचाएका कारण संकटमा धैर्य गर्न सिकेका छन्।’ पंक्तिकारसँग कुराकानी गर्दै पूर्व माओवादी कमाण्डर सुरज भट्टराईले आल्बुफेरा सहरबाट भने। 

 यो बेला परदेशको अनकण्टार गाउँमा बसेर गम्भीर कुरा लेख्न र पढ्न सकिँदैन। बढी नै मनोरञ्जनका विषयमा पनि मन जाँदैन। नेपाल र बाँकी विश्वको खबरमा मन गइरहन्छ। र, त्यो खबर आफैंमा बिमार र महामारीजस्तो लाग्छ। सारमा यसपल्ट यति मात्र भन्न सकेँ–हामी दम्पत्ति सुरक्षित छौं गाउँ पसेका कारण। तर, विश्वलाई नै गाँज्दै आएको महामारीमा यो सुरक्षित अवस्था कहिलेसम्म ?
 
(पूर्व पत्रकार तथा कवि गौतमलाई ट्वीटरमा भेट्न सकिन्छ)

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १२:३५
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पदम गौतम
लेखकबाट थप
किन यस्ता भए नेपालका वामपन्थीहरू?
'विश्रामपुर'का दुई अंश : 'नखानेलाई अण्डा, भोकालाई टमाटर' र 'माई किनारका वामे दाइ'
ओलीको अन्तर्वार्ता र अबको बाटो 
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
विपद प्रभावितलाई  तत्काल उद्धार र राहत सामग्री दिन सांसदहरुको माग मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार (भिडियो) मंगलबार, असार २४, २०८२
धेरैजसो कम्पनीको मूल्य बढे पनि घट्यो नेप्से परिसूचक मंगलबार, असार २४, २०८२
महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डको असन्तुष्टिका बारेमा ध्यान दिनुपर्छ : प्रकाशमान सिंह मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्