• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

लुक्दै युरोपका दुर्गम गाउँमा 

64x64
पदम गौतम मंगलबार, चैत १८, २०७६  १२:३५
1140x725

इटाली, फ्रान्स हुँदै छिमेकी देश स्पेनमा पनि कोरोनाले मान्छे सोत्तर हुन थालेपछि १८ मार्च मध्य रातदेखि पोर्चुगलमा पनि औपचारिक रुपमा संकटकाल लाग्ने भयो। मध्य रातपछि प्रहरीको स्वीकृति लिएर मात्र आवतजावत गर्न पाइने जानकारी बिहानदेखि स्थानीय टेलिभिजनले दिँदै थिए। 

 हामी बसिरहेको प्रान्तमा मात्र नभएर सहरमा पनि मान्छे मर्न थालेका थिए। यहाँ संक्रमणको दर यस देशका अन्य भागभन्दा तीब्र  थियो। किनभने यो प्रान्त डेढ सय बर्षदेखि पर्यटकीय क्षेत्र हो।  यहाँ अन्य युरोपेली देशबाट आउनेले पहिलो लटको कोरोना लिएर आएका विवरण धमाधम बाहिरिँदै थिए। संकटकालको करिब एक साता यताचाहिँ यहाँ पर्यटक आउन छाडेका थिए।

तर, यो समयमा पहिलो लटका संक्रमितले सारेका स्थानीय नयाँ बिरामी फेला पर्न थालेका थिए। हामी बस्ने आल्बुफेरा सहर र वरपरका अन्य सहरको स्थिति डरलाग्दो बन्दै थियो। एकघण्टा ड्राइभिङ पर स्पेनको बोर्डर थियो, जहाँ बिगतभन्दा एक हदसम्म कडाइ गरिए पनि त्यसको असर न्यून थियो। स्पेनको छिमेक र पर्यटन क्षेत्र भएका कारण हामी रोगका हिसाबले बढी जोखिम भएको ठाउँमा थियौंं।

अर्को कुरा, कहरको अबधि लम्बिँदै गएमा अन्य ठाउँभन्दा यहाँ पाइने दुःख अलिक धेरै हुने देखिन्थ्यो। गतिबिधि र कामका हिसाबले पोर्चुगलका अन्य क्षेत्रभन्दा बढी सजिलो भएका कारण यहाँ घरभाडा निकै महँगो छ। काम नभएको समयमा जीवन निर्बाह खर्चवापत् राज्यले दिने रकमले गुजारा चल्ने अवस्था हामीले देख्न छाडेका थियौं। केही दिनअघि फारो सहरमा खेतीमा काम गर्ने नेपालीमा कोरोना पोजिटिभ देखिएको बिवरण सरकारी सञ्चारमाध्यमले प्रसारण गरेपछि अलगार्भ प्रान्तभरका नेपालीमा पहिलोपल्ट त्राश आरम्भ भएको थियो।

त्यसअघि नेपालीलाई मसला र बेसार खाने भएका कारण कोरोनाले केही नगर्ने दाबी गर्नेहरु नै हामीभन्दा बढी डराएका देखिन्थे। हाम्रो घरचाहिँ नचाहँदा पनि यहाँ अल्झिएका पर्यटकसँग सामान्य सम्पर्क भइहाल्ने ठाउँमा थियो। यी विभिन्न कारणले हामी दम्पत्ति एउटै निष्कर्षमा पुग्यौं–सकेसम्म चाँडो, मिलेमा आजै हामी यहाँबाट सुरक्षित ठाउँतिर सर्नुपर्छ। 

केही वर्षअघि हामी पोर्चुगलको ग्रामीण क्षेत्रमा पनि बसेका थियौं। यहाँका गाउँका मान्छे पनि नेपालका जस्तै सहयोगी, मिलनसार र फरासिला थिए। सामान किनमेल गर्ने ठाउँमात्र पायक पर्ने घर पाएमा सहरभन्दा गाउँको जीवन सुखी र खुसी हुन्छ भन्ने हाम्रो अनुभव थियो। त्यस्तै कुनै सुरक्षित स्थानमा घर छ कि भनेर हामी चिनेजानेका विदेशी साथीलाई फोन सम्पर्क गर्न थाल्यौं। छिमेकी देशबाट आउने समाचारमा मृतकको संख्या बढिरहेको ग्राफ आइरहेको थियो। केही अस्पतालबाट आउने कारुणिक फुटेज र समाचारले सचेतनाभन्दा बढी त्रास फैलाउने काम गरिरहेको थियो। समाचार नै हेर्न मन लाग्नु स्वाभाविक थियो र त्यही समाचारले नै त्रस्त बनाइ पनि रहेको थियो।

 हामीलाई पूर्वबाट बादल मडारिँदै हाम्रो सहरतिर आउँदै गरेको लाग्न थाल्यो। हामीसँग समय कम थियो र त्यो छोटो समयमै सहर छाडेर गाउँ पस्नु पर्ने थियो। हामी टेलिफोनबाट सम्पर्क गरेर घर पनि खोज्दै थियौं, सँगै सामान प्याकिङ गर्दै पनि थियौं। कोरोनाको कहर बाँकी रहुन्जेल जोडी बस्नका लागि सानो र सुरक्षित ठाउँमा सामान्य घर पाएर राति १२ बजेअघि नै हामी गन्तब्यमा पुग्नु थियो। साँझ पर्न लागेपछि करिब डेढ सय किलोमिटर टाढा पहाडी भेगमा एउटा सानो परिवारका लागि बस्न योग्य घर भेटिएको सूचना हामीले पायौं।

गिनी बिसाऊ भन्ने अफ्रिकी देशबाट यहाँ आएर बर्षौंदेखि बसेका एक चिरपरिचित चिकित्सकका माध्यमबाट यो घर फेला परेको थियो। पहिला नपुगे पनि थोरै थाहा भएको ठाउँ भएकाले कहरको समय त्यहाँ टिक्न सकिन्छ भन्ने आँट आयो। केही परेमा यिनले फेरि सहयोग गर्लान् भन्ने आड पनि हामीले डाक्टरको ब्यबहारबाट पायौं। तर, हामी आपतकालको औपचारिक घोषणाअघि आजै सर्नुपर्ने अवस्था थियो। आधा घण्टा भित्रमा कहाँ, कति बजे पुग्ने, के–के बाँकी सामानको जोहो गर्ने र केही दिनका लागि खानाको स्टक कसरी राख्ने भन्ने सबै मिलाएर इमरजेन्सीको चार घण्टा अगाडि राति आठ बजे नयाँ ठाउँतिर लाग्यौं। हामीले अलिक सुरक्षित क्षेत्रका मान्छेलाई सहयोगीका रुपमा आमन्त्रण गरेका थियौं। एक युक्रेनी महिला र उनका बुल्गेरियन ब्याइफ्रेण्डले मन लगाएर सहयोग गरेका कारण इमर्जेन्सी घोषणा हुनुभन्दा एक घण्टाअघि नयाँ घर पुग्यौं।  

nimb
nimb
Ncell 2
Ncell 2

यो घर हाम्रा लागि नौलो ठाउँमा नहेरी तय गरिएको वासस्थान थियो, कोरोना कहर नसकिए सम्मका लागि मात्र। ग्रामीण क्षेत्रमा केही स्थानीयपनका आत्मीयता र केही दुर्गमताका पीडा दुवै हुन्छन्। जम्मा ५० घर र बढीमा सय जना स्थायी बासिन्दा रहेको गाउँको यो घरमा वाइफाइ थिएन र हामीले नै जोड्नु पर्ने थियो। घरमा टिभी थियो तर प्रोग्राम लगाइन बाँकी थियो। हतारमा सर्नु परेका कारण हामीसँग नेट सीम थिएन।

नेपालमा जस्तै यहाँ पनि सिलिण्डरको ग्यास प्रयोग रहेछ। सुबिधाका हिसाबले केही अभाव र धेरै कुरा काम चलाउ भए पनि यहाँ बस्दै गर्दा महसुस हुँदै गयो-हामीले हतारमा यहाँ आएर ठीक गरेछौं। किनभने गाउँ थोरै  गतिबिधिमा सीमित थियो र बाहिरी मान्छेसँगको सम्पर्क एकदम कम थियो। पिठो, चामल, दाल आदि सीमित कुरा जोहो गर्न सक्दा तरकारीको समस्या नहुने देखियो। गाउँमा साप्ताहिक रुपमा हरियो तरकारी र फलफूल डुलाउँदै बेच्ने चलन रहेछ।   

यहाँ सबैभन्दा ठूलो समस्याचाहिँ इन्टरनेट नहुँदा समय बिताउन नै भयो। हामी नेपालबाट हरेक बर्ष केही छानिएका किताब मगाएर पढ्छौं। यतिबेला हामीसँग पढ्न बाँकी कुनै किताब थिएनन्। दोहोर्‍याएर पढ्न बाँकी एउटा किताब केही दिनका लागि भनेर लैजाने साथी भगवान भुजेल नेपाल पुगेका थिए। वाइफाइ जोड्न यो अबधिमा सम्भव नभएकाले हामीलाई समय बिताउन र सूचित हुन एकदम अप्ठेरो भइरहेको थियो। यहाँ आएको चौथो दिन विभिन्न उपाय प्रयोग गरेर केही पर बसेका चिनेजानेका भाइहरुको सहयोगमा सीमित इन्टरनेटको ब्यवस्था गर्न सफल भयौं। 

चार दिनपछि समाचार हेर्दा झन् डरलाग्दो थियो। वरपरका देशमा रहेका साथीभाइसँग फेरि कुरा गर्‍यौं, बिवरणले आशाभन्दा बढी निराशा नै देखाए। स्पेन, नर्वे, लक्जेम्बर्ग, डेनमार्क सबैतिरबाट एकनासका खबर आएका थिए। जर्मनीबाट साथी टुवल सापकोटाले चाहिँ अलिक फरक बिवरण दिए, अन्य तथ्यांकमा देखिए जस्तै। त्यहाँ संक्रमणको गति तीब्र नै भए पनि मृत्युदर कम थियो। 

यता हामी सरेको एक साता जतिमा विकसित यो गाउँ वरपरका थप समाचार डरलाग्दा थिए। हामी पहिला बसेको क्षेत्रमा पहिलो कोभिड–१९ प्रमाणित ब्यक्तिको निधन भएको थियो। खेतीमा रहेका नेपाली समुदायमा पनि आतंक बढेको थियो। फारो सहरमा ४७ जना दक्षिण एसियाली कामदारलाई एक सहकर्मीमा कोरोना भाइरस देखिएका कारण क्वारेन्टाइनमा राखिएको थियो।

अलिक भित्र पर्ने ओदेमिरा नगर पालिकाबाट गंगा बा भनिने पोर्चुगलका नेपाली पुरोहित गंगाराम कँडेलका छोराको कम्पनीबाट प्रहरीले १७ जनालाई उठाएर लगेको थियो। पोर्चुगलमा कम्पनी भन्नाले खेतीमा कामदार आपूर्ति गर्ने एजेन्सी बुझिन्छ। त्यस कम्पनीमा कार्यरत एक भारतीय नागरिकलाई कोरोना संक्रमण देखिएको थियो। त्यसलगत्तै त्यहाँ कार्यरत अन्य १७ जनालाई पनि स्थानीय अर्धसुरक्षा बलले गिरफ्तार गरेको थियो। उनीहरुलाई कहाँ लगियो भन्ने पहिलो दिन थाहा नभए पनि भोलिपल्ट करिब २० किलोमिटर पर साओँ तेओतोनियो भन्ने ठाउँको स्कुलमा क्वारेन्टाइनमा राखिएको ओदेमिरा नगरपालिकाले एक बिज्ञप्तिमार्फत् जनायो। यसको पर्सिपल्ट अर्को नेपालीकै कम्पनीमा कार्यरत भारतीय कामदारले ऐंसेलु घारीमा खोक्दै र हाछ्युँ गर्ने गरेछ। सँगै रहेका नेपालीले डरले प्रहरीलाई खबर गरेपछि अहिले त्यस कम्पनीका आधा दर्जन कामदारलाई अर्को क्वारेन्टाइनमा राखिएको छ।

यस क्षेत्रमा यी घटना यति धेरै आतंकका रुपमा फैलिए कि स्थानीयवासी नेपाली र भारतीयसँग झन् बढी सतर्क हुन थाले। ग्रामीण क्षेत्र भए पनि ओदेमिरा नगरपालिकामा मात्र पाँच हजारभन्दा बढी नेपाली र त्यति नै भारतीय कामदार भएको अनुमान गरिन्छ। यो ठाउँमा सयौं ऐंसेलु, स्ट्राबेरी, चुत्रोलगायतका बेरी फलका बगैंचा छन्। पछिल्ला पाँच बर्षयता ती बगैंचामा एसियाली कामदारको बाहुल्यता छ। अरु समयमा पनि समूहमा बस्ने, हिँड्ने, पार्टी गरिरहने आदि कारणले शान्त युरोपका गाउँमा दक्षिण एसियाली कामदारको छवी स्थानीयमैत्री छैन। पोर्चुगिज नागरिकको नजरमा सबैभन्दा अराजक भारतीय र त्यसपछि नेपाली नागरिक परेका छन्। 

अहिले फोनमा, फेसबुकमा वा कुराकानीमा क्वारेन्टाइनमा राखिएका नेपालीबारे बिभिन्न हल्ला फैलिन्छन्। कहिले कसैको मृत्युको खबर आउँदा नेपाली समुदायकै मान्छे भएको हल्ला फिँजाइन्छ। अझ स्पेनका नेपालीमा संक्रमणको समाचारपछि फोनमा एकअर्काले सोध्ने गरिन्छ, ‘फारोमा नेपालीको मृत्यु भएको हो ?’

‘सधैं बोल्ने मान्छे पनि हामीलाई हेलो भन्न डराउँछन् अहिले’, पंक्तिकारका पूर्व परिचित स्टिभ केसीले ओदेमिरास्थित बोआभिस्ता गाउँको पछिल्लो अवस्था बताउँदै भने। उनका अनुसार पहिला मिलनसार भए पनि यति बेला स्थानीयवासीको विदेशीप्रतिको मनोविज्ञान फेरिँदै छ। ‘सभ्यताको संघर्ष हेर्दा हामी दक्षिण एसियालीहरु अराजक जाति हौं। यिनीहरुले पटकपटक प्लेग, भोकमरी, सुनामी र अन्य महामारी पचाएका कारण संकटमा धैर्य गर्न सिकेका छन्।’ पंक्तिकारसँग कुराकानी गर्दै पूर्व माओवादी कमाण्डर सुरज भट्टराईले आल्बुफेरा सहरबाट भने। 

 यो बेला परदेशको अनकण्टार गाउँमा बसेर गम्भीर कुरा लेख्न र पढ्न सकिँदैन। बढी नै मनोरञ्जनका विषयमा पनि मन जाँदैन। नेपाल र बाँकी विश्वको खबरमा मन गइरहन्छ। र, त्यो खबर आफैंमा बिमार र महामारीजस्तो लाग्छ। सारमा यसपल्ट यति मात्र भन्न सकेँ–हामी दम्पत्ति सुरक्षित छौं गाउँ पसेका कारण। तर, विश्वलाई नै गाँज्दै आएको महामारीमा यो सुरक्षित अवस्था कहिलेसम्म ?
 
(पूर्व पत्रकार तथा कवि गौतमलाई ट्वीटरमा भेट्न सकिन्छ)

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १२:३५
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पदम गौतम
लेखकबाट थप
किन यस्ता भए नेपालका वामपन्थीहरू?
'विश्रामपुर'का दुई अंश : 'नखानेलाई अण्डा, भोकालाई टमाटर' र 'माई किनारका वामे दाइ'
ओलीको अन्तर्वार्ता र अबको बाटो 
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा कमाण्ड तथा स्टाफ कलेजको भ्रमण मंगलबार, भदौ २, २०८३
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, भदौ २, २०८३
कांग्रेस महाधिवेशनको प्रक्रिया आजबाट सुरु, गगन थापाले भने– ‘अब कार्यतालिका पछ्याउँछौँ’ मंगलबार, भदौ २, २०८३
मर्यादित बन्न सभामुखले निर्देशन दिएपछि आशिकाले गरिन् प्रतिनिधि सभा बैठक बहिस्कार मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्