काठमाडौं- विभिन्न देशबाट नेपाल भ्रमणमा आएका ९ सय ९ जना पर्यटक उनीहरुकै देश फर्किएका छन्।
शुक्रबार र शनिबार गरी ३ वटा उडानबाट युरोपका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका नागरिकलाई उनीहरुको दूतावासले जहाज चार्टर गरेर फिर्ता लगेको हो।
युरोपका विभिन्न देशबाट नेपालको विभिन्न भूभागमा रहेका नागरिकलाई खोजी गर्दै काठमाडौं ल्याउने काममा नेपाल पर्यटन बोर्डले नेतृत्वदायी भूमिका लिएको थियो।
शुक्रबार जर्मन दूतावासले कतार एयरवेजको ए-३३० वाइडबडी जहाज चार्टर गरेर ३ सय ४ जना नागरिक लगेको थियो।
यसैगरी, शनिबार पनि जर्मन दूतावासले कतार एयरवेजकै जहाज चार्टर गरेर ३ सय ३ जर्मन नागरिक आफ्नो देश लगको छ भने फ्रान्सेली दूतावासले पनि शनिबार नै कतार एयरवेजको जहाज चार्टर गरे ३ सय २ नागरिक आफ्नो देश लगेको हो।
शनिबारराजधानीका विभिन्न स्थानबाट पर्यटकहरुलाई संकलन गरिएको थियो। झम्सिखेल, ठमेल र बौद्धबाट संकलन गरिएका पर्यटकहरुलाई कतार एयरवेजले स्वदेश फर्काएको हो। शनिबार ठमेलको दृश्य तस्बिरमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।