• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

बिहान उठ्ने बित्तिकै फेसबुकको वालमा नजर पुग्यो...

सुमन दाहाल शनिबार, चैत १५, २०७६  १९:४४
1140x725

आज बिहान उठ्ने बित्तिकै फेसबुकमा नजर पुग्यो। एक जना मित्रले 'हिजो सुत्ने बेलामा १९ को लाइनमा रहेको मृतकको संख्या बिहान उठ्दा २१ को लाइनमा पुगेछ,' भनेर स्ट्याटस लेखेको देखें। यस स्ट्याटस पढिरहँदा मनमा केही कुरा खेलिरहे। तिनै कुरा यहाँ साट्न खोजिरहेको छु।

हामी कोरोनाका कारण धर्तिका मानवबिचमा एक प्रकारको अपनत्व विकास भएको जस्तो लाग्यो। यो महामारीभन्दा फरकका दिनमा र प्रसंगमा पनि दैनिक यसैगरी लाखौं मानिस मरिरहेका हुन्छन्, हुन्थे। तर त्यसमा हाम्रो त्यति ध्यान पुगेको थिएन। ध्यान पुगेको थियो भने पनि यति छिटो छिटो, क्षणक्षणमा अपडेट लिइरहेका हुने थिएनौं हामीले। 

तर आज लाग्दछ, हामी आइसियूबाहिर बसेर आइसियूभित्र उपचारमा रहेका आफन्तका विषयमा जानकारी लिइरहेका छौं हरक्षण। इटलीमा भइरहेको प्रकोप होस् वा अमेरिकामा बढ्दो संक्रमण नै किन नहोस्, हामीले नजिकबाट नियालिरहेका छौं। यस व्याधिलाई छिटोभन्दा छिटो यो धर्तिबाट हटेर जानका लागि बिन्तिभाउ गरिरहेका छौं। कामना गरिरहेका छौं। 

पृथ्वीको अर्को कुनामा भइरहेको संक्रमणले हामीलाई सताइरहेको छ। चिन्तित तुल्याइरहेको छ। यसले एक किसिमले जात, धर्म, राष्ट्रभन्दा माथि उठेर मानव जातिबीचमा एउटा अपनत्व, भाइचारा विकास हुँदै गएको जस्तो लाग्यो। मनमा एक किसिमको खुसी पनि लाग्यो यो मानेमा। 

नाकाहरूमा भइरहेको गतिविधि बुझ्न फोन गरें। फोनमा निरस ट्यार्र-ट्यार्र धुनभन्दा पनि सचेतनामूलक सामग्री बज्यो। त्यसैमा म कल्पिन पुगें। यसरी हरेक नागरिकको स्वास्थ्यमा ख्याल राख्दै अनावश्यक रुपमा घरबाहिर ननिस्कन र साबुनपानीले हात धुन आग्रह गरेको कुराले मलाई फेरी केही सोचमग्न बनायो। अर्बौं रुपैयाँको लगानीमा हात धुने लगायतका सफाइ कार्यक्रमहरुमा हाम्रो दशकौंको प्रयास असफल भइरहँदा कोरोनाको कहरले मानवजातीलाई सरसफाइ र सोसियल डिस्टेन्सिङ (यसको नेपालीमा उल्था गर्दा यसको अर्थ मर्न जान्छ कि जस्तो लागेर अंग्रेजीमै लेखें)  बारेमा राम्ररी सिकाइरहेको महसुस गरें। 

एक किसिमले भन्नुपर्दा नागरिक र राज्यबीचमा आत्मीयता र विश्वास बढेको छ। आशा र भरोसा बढेको छ। यहाँ कुनै पनि किसिमको कित्ताकाटको अवस्था छैन।

हो, आवश्यक नपरी घरबाहिर मानिसहरु निस्कँदैनन्। तर पनि, आवश्यक र अत्यावश्यकबीचको खाडल हामीले बुझ्नुपर्ने रहेछ भन्ने महसुस भयो। नाप्ने कुनै मिटर नभएता पनि अत्यावश्यक काम नपरी घरबाहिर ननिस्किने हो भने हामीले धेरै कुरा पाउने रहेछौं, बचाउने रहेछौं, जस्तो लाग्यो। अनावश्यक खर्च रोकिने, वातावरण संरक्षण हुनेदेखि समाजमा हुने विभिन्न खाले भिडभाडको अन्त्यलगायतका फाइदा हुने पाएँ। यसको लामो फेहरिस्त हुन सक्दछ। यसलाई जति पनि बढाउन सकिन्छ। यो तपाइहरूलाई नै जिम्मा दिएँ।

बाटोभर हेर्दै कार्यालय गएँ। सडक सुनसान छ। फराकिला वाटाहरु छन। मौसम पनि सफा छ। अनि मनमनै सोच्न थालें। यो सुनसान अवस्था अहिले लगभग विश्वमै छ। यो धर्तिमै यस्तो लकडाउन भैरहेको छ। यसले धर्तिलाई नै एउटा आनन्द महसुस भैरहेको होला जस्तो लाग्यो। ओजोन तहमा परेको प्वाल पनि टालिन थाल्यो रे भन्ने समाचार सम्झें। यो महामारी मानवका लागि सवक र धर्तिका लागि रिफ्रेस बटन दबाए जस्तो लाग्यो।

Ncell 2
Ncell 2
nimb
nimb

यो व्याधिले कहिले, कसरी छोड्ला? यो अनुमान त कसैले लगाउन सकेका छैनौं तर यसले छोडेपछि मानव जातिमा एक किसिमको नवजीवन प्राप्त हुनेमा भने म आशावादी भएको छु। मानवले बेहोसीमा गरिरहेका विकास र विनासले मानवजातिकै भविष्यमा परिरहेको यो संकटलाई सम्भवत यो समयमा, होसमा जीवन जिइरहेका सवैले मनन् गर्नेछन्। विगतका गल्तीलाई कमी गर्नेछन् वा हटाउन प्रयास गर्नेछन्। कम्तीमा हात धुने, सरसफाइमा ध्यान दिने, सोसियल डिस्टेन्सिङ कायम गर्ने बानीहरुचै पक्कै पनि निरन्तरता दिनेछन्, जसको फलस्वरुप धर्तिले मात्र हैन, मानवजगतकै स्वास्थ्यमा समेत यसबाट रिफ्रेस हुनेछ।

शासन संचालन एउटा जटिल विषय हो। शासनको शैली र तरिका मुलुकको सबैखाले अवस्था जस्तै शैक्षिक, सामाजिक, स्वास्थ्य, आर्थिक लगायतका विविध अवस्थामा भर पर्दछ। कोरोनाको उत्पत्ति हुनुभन्दा अघिल्लो दिनमा हामीले दैनिक गरिरहेका कामहरुमा, शासकीय अभ्यासमा कोरोनाको उत्पत्ति पश्चातका दिनदेखि धेरै परिवर्तन ल्याइरहेका छौं। परिवर्तन ल्याइसकेका छौं। आम नागरिकहरुको व्यवहार पनि धेरै परिवर्तन भइरहेको छ, भइसकेको छ। 

एक किसिमले भन्नुपर्दा नागरिक र राज्यबीचमा आत्मीयता र विश्वास बढेको छ। आशा र भरोसा बढेको छ। यहाँ कुनै पनि किसिमको कित्ताकाटको अवस्था छैन। त्यसले गर्दा सरकारलाई पनि अझ जिम्मेवार र कर्तव्यबोध भएको छ। सरकारको विकल्प खोज्नेहरु पनि सरकार अझ दरिलो र बलियो सरकार हुनुपर्ने विषय उठाउन थालिरहेका छन्। 

यसबाट पनि मलाई के लाग्दछ भने, यो कहरको अन्त्य पश्चात हाम्रा नीति तथा कार्यक्रमहरुमा पनि यी कुराहरु झल्कनेछन्। उदाहरणका लागि सोसियल डिस्टेन्सिङ कायम गर्नुपर्ने कुरा अबका नीतिहरुमा आउने छन्। त्यसले एउटा घरमा कति जनासम्म मानिस रहन सक्ने वा एउटा कुनै स्थानमा कतिजना सम्म मानिस बसोबास गर्न सक्ने भन्ने नीतिमा समेटिने छन्। यसले सहरी विकासको योजनाबद्ध कार्यक्रम बन्न सक्नेछ जस्तो लागेको छ। 

अन्तमा, मैले भन्ने गरेको पनि छु, हामीले मानिस वा मालवस्तुलाई लकडाउन गरेका होइनौं। खासमा हामीले लकडाउन गरेको भनेको कोरोना भाइरसलाई हो। तर हामीले यसलाई देख्न वा चिन्न नसक्ने कारणले हनुमान एप्रोचमा एकमुष्ट लकडाउन गरेका हौं। यसको विकल्प र सामर्थ्य हामीसँग छैन पनि। त्यसैले हृदयदेखि नै सबैलाई भन्न चाहन्छु हामी यो अवधिभर सकेसम्म घरबाहिर ननिस्कौं। कोरोनालाई लिनका लागि बाहिर नजाऔं र यसलाई घरमा आउन पनि नदिऔं। 

प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १९:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बागमती प्रदेशका उद्योग मन्त्री प्रजापतिको प्रश्न-‘अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ?’
ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा
उद्धारमा खटिएका प्रहरीलाई कार्कीको निर्देशन : कुनै कसर बाँकी नराख्नु, काम पारदर्शी गर्नु
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
बागमती प्रदेशका उद्योग मन्त्री प्रजापतिको प्रश्न-‘अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ?’ शनिबार, भदौ २०, २०८३
ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा शनिबार, भदौ २०, २०८३
उद्धारमा खटिएका प्रहरीलाई कार्कीको निर्देशन : कुनै कसर बाँकी नराख्नु, काम पारदर्शी गर्नु शनिबार, भदौ २०, २०८३
बेत्रावतीबाट जीवित उद्धार गरिएकी महिलाको छाउनी अस्पतालमा उपचार हुँदै शनिबार, भदौ २०, २०८३
कंगाल करोडपति’को शुभ-मुहूर्त, बाढीपीडितलाई आर्थिक सहयोग शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्