• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

बिहान उठ्ने बित्तिकै फेसबुकको वालमा नजर पुग्यो...

सुमन दाहाल शनिबार, चैत १५, २०७६  १९:४४
1140x725

आज बिहान उठ्ने बित्तिकै फेसबुकमा नजर पुग्यो। एक जना मित्रले 'हिजो सुत्ने बेलामा १९ को लाइनमा रहेको मृतकको संख्या बिहान उठ्दा २१ को लाइनमा पुगेछ,' भनेर स्ट्याटस लेखेको देखें। यस स्ट्याटस पढिरहँदा मनमा केही कुरा खेलिरहे। तिनै कुरा यहाँ साट्न खोजिरहेको छु।

हामी कोरोनाका कारण धर्तिका मानवबिचमा एक प्रकारको अपनत्व विकास भएको जस्तो लाग्यो। यो महामारीभन्दा फरकका दिनमा र प्रसंगमा पनि दैनिक यसैगरी लाखौं मानिस मरिरहेका हुन्छन्, हुन्थे। तर त्यसमा हाम्रो त्यति ध्यान पुगेको थिएन। ध्यान पुगेको थियो भने पनि यति छिटो छिटो, क्षणक्षणमा अपडेट लिइरहेका हुने थिएनौं हामीले। 

तर आज लाग्दछ, हामी आइसियूबाहिर बसेर आइसियूभित्र उपचारमा रहेका आफन्तका विषयमा जानकारी लिइरहेका छौं हरक्षण। इटलीमा भइरहेको प्रकोप होस् वा अमेरिकामा बढ्दो संक्रमण नै किन नहोस्, हामीले नजिकबाट नियालिरहेका छौं। यस व्याधिलाई छिटोभन्दा छिटो यो धर्तिबाट हटेर जानका लागि बिन्तिभाउ गरिरहेका छौं। कामना गरिरहेका छौं। 

पृथ्वीको अर्को कुनामा भइरहेको संक्रमणले हामीलाई सताइरहेको छ। चिन्तित तुल्याइरहेको छ। यसले एक किसिमले जात, धर्म, राष्ट्रभन्दा माथि उठेर मानव जातिबीचमा एउटा अपनत्व, भाइचारा विकास हुँदै गएको जस्तो लाग्यो। मनमा एक किसिमको खुसी पनि लाग्यो यो मानेमा। 

नाकाहरूमा भइरहेको गतिविधि बुझ्न फोन गरें। फोनमा निरस ट्यार्र-ट्यार्र धुनभन्दा पनि सचेतनामूलक सामग्री बज्यो। त्यसैमा म कल्पिन पुगें। यसरी हरेक नागरिकको स्वास्थ्यमा ख्याल राख्दै अनावश्यक रुपमा घरबाहिर ननिस्कन र साबुनपानीले हात धुन आग्रह गरेको कुराले मलाई फेरी केही सोचमग्न बनायो। अर्बौं रुपैयाँको लगानीमा हात धुने लगायतका सफाइ कार्यक्रमहरुमा हाम्रो दशकौंको प्रयास असफल भइरहँदा कोरोनाको कहरले मानवजातीलाई सरसफाइ र सोसियल डिस्टेन्सिङ (यसको नेपालीमा उल्था गर्दा यसको अर्थ मर्न जान्छ कि जस्तो लागेर अंग्रेजीमै लेखें)  बारेमा राम्ररी सिकाइरहेको महसुस गरें। 

एक किसिमले भन्नुपर्दा नागरिक र राज्यबीचमा आत्मीयता र विश्वास बढेको छ। आशा र भरोसा बढेको छ। यहाँ कुनै पनि किसिमको कित्ताकाटको अवस्था छैन।

हो, आवश्यक नपरी घरबाहिर मानिसहरु निस्कँदैनन्। तर पनि, आवश्यक र अत्यावश्यकबीचको खाडल हामीले बुझ्नुपर्ने रहेछ भन्ने महसुस भयो। नाप्ने कुनै मिटर नभएता पनि अत्यावश्यक काम नपरी घरबाहिर ननिस्किने हो भने हामीले धेरै कुरा पाउने रहेछौं, बचाउने रहेछौं, जस्तो लाग्यो। अनावश्यक खर्च रोकिने, वातावरण संरक्षण हुनेदेखि समाजमा हुने विभिन्न खाले भिडभाडको अन्त्यलगायतका फाइदा हुने पाएँ। यसको लामो फेहरिस्त हुन सक्दछ। यसलाई जति पनि बढाउन सकिन्छ। यो तपाइहरूलाई नै जिम्मा दिएँ।

बाटोभर हेर्दै कार्यालय गएँ। सडक सुनसान छ। फराकिला वाटाहरु छन। मौसम पनि सफा छ। अनि मनमनै सोच्न थालें। यो सुनसान अवस्था अहिले लगभग विश्वमै छ। यो धर्तिमै यस्तो लकडाउन भैरहेको छ। यसले धर्तिलाई नै एउटा आनन्द महसुस भैरहेको होला जस्तो लाग्यो। ओजोन तहमा परेको प्वाल पनि टालिन थाल्यो रे भन्ने समाचार सम्झें। यो महामारी मानवका लागि सवक र धर्तिका लागि रिफ्रेस बटन दबाए जस्तो लाग्यो।

Ncell 2
Ncell 2
nimb
nimb

यो व्याधिले कहिले, कसरी छोड्ला? यो अनुमान त कसैले लगाउन सकेका छैनौं तर यसले छोडेपछि मानव जातिमा एक किसिमको नवजीवन प्राप्त हुनेमा भने म आशावादी भएको छु। मानवले बेहोसीमा गरिरहेका विकास र विनासले मानवजातिकै भविष्यमा परिरहेको यो संकटलाई सम्भवत यो समयमा, होसमा जीवन जिइरहेका सवैले मनन् गर्नेछन्। विगतका गल्तीलाई कमी गर्नेछन् वा हटाउन प्रयास गर्नेछन्। कम्तीमा हात धुने, सरसफाइमा ध्यान दिने, सोसियल डिस्टेन्सिङ कायम गर्ने बानीहरुचै पक्कै पनि निरन्तरता दिनेछन्, जसको फलस्वरुप धर्तिले मात्र हैन, मानवजगतकै स्वास्थ्यमा समेत यसबाट रिफ्रेस हुनेछ।

शासन संचालन एउटा जटिल विषय हो। शासनको शैली र तरिका मुलुकको सबैखाले अवस्था जस्तै शैक्षिक, सामाजिक, स्वास्थ्य, आर्थिक लगायतका विविध अवस्थामा भर पर्दछ। कोरोनाको उत्पत्ति हुनुभन्दा अघिल्लो दिनमा हामीले दैनिक गरिरहेका कामहरुमा, शासकीय अभ्यासमा कोरोनाको उत्पत्ति पश्चातका दिनदेखि धेरै परिवर्तन ल्याइरहेका छौं। परिवर्तन ल्याइसकेका छौं। आम नागरिकहरुको व्यवहार पनि धेरै परिवर्तन भइरहेको छ, भइसकेको छ। 

एक किसिमले भन्नुपर्दा नागरिक र राज्यबीचमा आत्मीयता र विश्वास बढेको छ। आशा र भरोसा बढेको छ। यहाँ कुनै पनि किसिमको कित्ताकाटको अवस्था छैन। त्यसले गर्दा सरकारलाई पनि अझ जिम्मेवार र कर्तव्यबोध भएको छ। सरकारको विकल्प खोज्नेहरु पनि सरकार अझ दरिलो र बलियो सरकार हुनुपर्ने विषय उठाउन थालिरहेका छन्। 

यसबाट पनि मलाई के लाग्दछ भने, यो कहरको अन्त्य पश्चात हाम्रा नीति तथा कार्यक्रमहरुमा पनि यी कुराहरु झल्कनेछन्। उदाहरणका लागि सोसियल डिस्टेन्सिङ कायम गर्नुपर्ने कुरा अबका नीतिहरुमा आउने छन्। त्यसले एउटा घरमा कति जनासम्म मानिस रहन सक्ने वा एउटा कुनै स्थानमा कतिजना सम्म मानिस बसोबास गर्न सक्ने भन्ने नीतिमा समेटिने छन्। यसले सहरी विकासको योजनाबद्ध कार्यक्रम बन्न सक्नेछ जस्तो लागेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अन्तमा, मैले भन्ने गरेको पनि छु, हामीले मानिस वा मालवस्तुलाई लकडाउन गरेका होइनौं। खासमा हामीले लकडाउन गरेको भनेको कोरोना भाइरसलाई हो। तर हामीले यसलाई देख्न वा चिन्न नसक्ने कारणले हनुमान एप्रोचमा एकमुष्ट लकडाउन गरेका हौं। यसको विकल्प र सामर्थ्य हामीसँग छैन पनि। त्यसैले हृदयदेखि नै सबैलाई भन्न चाहन्छु हामी यो अवधिभर सकेसम्म घरबाहिर ननिस्कौं। कोरोनालाई लिनका लागि बाहिर नजाऔं र यसलाई घरमा आउन पनि नदिऔं। 

प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १९:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्