एजेन्सी- साठी वर्ष माथिकालाई कोरोना भाइरस संक्रमण भए उच्च जोखिम हुने विश्लेषण भइरहेको बेला इटालीमा कोरोना भाइरस संक्रमित एक सय एक वर्षका एक व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन्।
इटालीको रिमिनी सहरकी उपमेयर ग्लोरिया लिसीका अनुसार १९१९ जन्ममिति भएका व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका थिए। उनी गत साता अस्पतालमा भर्ना भएका थिए। एक साताको अस्पताल बसाइमा उनलाई सञ्चो भएपछि डिस्चार्ज गरिएको छ।
यसअघि ९५ र ९७ वर्षका २ कोरोना संक्रमित समेत उपचार पछि निको भएर घर फर्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।