काठमाडौं–नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले ‘लकडाउन’को कार्यान्वयन पूर्ण रुपमा नभएको भन्दै मोबाइल रिङव्याक टोन परिवर्तन गर्न ध्यानाकर्षण गराएका छन्।
नागरिकमा सचेतना बढाउन नेपाल टेलिकम र एनसेलको रिंगव्याक टोन परिवर्तन गर्न आग्रह गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लकडाउन पूर्णरुपमा कार्यान्वयन भएको छैन,संक्रमण नियन्त्रण गर्न यो जस्तो प्रभावकारी अर्को उपाय छैन।’
लकडाउनको कार्यान्वयन थप प्रभावकारी बनाउन पौडेलले विद्युतीय तथा छापा सञ्चार माध्यमबाट सूचना प्रवाह गर्न आग्रह गरेका छन्। नागरिकमा लकडाउनका बेला गर्न पाइने÷नपाइने जानकारी गराउन एफएम,टेलिभिजन,अनलाईन मिडिया,पत्रपत्रिकामार्फत सूचना प्रवाह गर्न अनुरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।