काठमाडौं- राजपा नेपालकी वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्जला राउतले महोत्तरीको बर्दिबासमा रहेको आफ्नो होटेल ‘पावन मिथिला’लाई क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने गरी तयार गरेकी छिन्।
उनले प्रदेश २ को सरकारले आवश्यक परेको खण्डमा सो होटललाई क्वारेनटाइनका निम्ति प्रयोग गर्न सक्ने बताएकी छिन्।
‘महामारीको यत्रो त्रास भइरहको बेलामा मैले आफ्नो तर्फबाट के योगदान गर्न सक्छु भन्ने सोचें’, उनले भनिन्, ‘त्यसपछि सो होटललाई नै क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने लाग्यो।’
होटलमा ४५ वटा कोठाहरु र तीनवटा ठूला हलहरु रहेको राउतले बताइन्। ‘त्यहाँ उपलब्ध वस्तुहरु प्रयोग गर्न सकिन्छ’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।