एजेन्सी–गत जनवरी २१ मा पहिलो बिरामी देखिएयता अमेरिकामा कोरोना भाइरस संक्रमणको दर तीव्र बन्दै गएको छ। मंगलबार एकैदिन ११ हजार नयाँ बिरामी थपिएसँगै संक्रमितको संख्या ५२ हजार ९ सय ७६ पुगेको छ। योसँगै अमेरिकी स्वामित्वका गुआम, प्युर्टोरिको र युएस भर्जिन आइल्याण्ड तथा डिस्ट्रिक अफ कोलम्बियासहित ५० वटै राज्यमा भाइरस संक्रमण देखिएको छ।
बुधबारसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ७ सय नाघेको छ । सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा २ सय १० जनाको मृत्यु भएको छ। त्यहाँमात्रै पूरै अमेरिकाका आधा संक्रमित अर्थात् २५ हजार ६ सय ६५ छन् भने वाशिङटन राज्यमा १ सय २३ र लुजियानामा ४६ जनाको मृत्यु भएको छ।
संक्रमितमा न्यूयोर्कपछि न्यूजर्सीमा ३ हजार ६ सय ७५, वाशिङटनमा २ हजार ४ सय ६९, क्यालिफोर्नियामा २ हजार १ सय २, मिसिगनमा १ हजार ७ सय ९१ छन्। अमेरिकी स्वामित्वको नर्दन मारियाना आइल्याण्ड र अमेरिकन समोआमा भने अहिलेसम्म कुनै पनि संक्रमित फेला परेका छैनन्।
विशेषज्ञहरुले चीनको वुहान, इटालीपछि कोरोनाको अर्को केन्द्र अमेरिका हुने चेतावनी दिइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।