लकडाउनको घोषणापछि काठमाडौं
एजेन्सी–चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको चपेटामा पूरै विश्व परेको छ। बुधबारसम्म यसबाट प्रभावित हुनेको संख्या ४ लाख १७ हजार ५ सय ८२ पुगेको छ भने १८ हजार ६ सय १२ जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्यामा अहिलेसम्म चीन नै अगाडि छ भने मृतकको संख्यामा इटालीले चीनलाई उछिनेको छ।
चीनमा संक्रमितको संख्या ८१ हजार ५ सय ९१ छ भने निको हुनेको संख्यामा पनि चीन नै अगाडि छ। चीनमा ६० हजार ३ सय २४ जना निको भइसकेका छन्। यस्तै इटालीमा ६९ हजार १ सय ७६ जना संक्रमित भएका छन् भने ६ हजार ८ सय २० जनाको मृत्यु भइसकेको छ।
मृत्युमा स्पेन तेस्रो नम्बरमा छ। त्यहाँ २ हजार ८ सय ८ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ३९ हजार ८ सय ८५ छ। संक्रमितको संख्याका हिसाबले भने अमेरिका तेस्रो नम्बरमा छ। त्यहाँ ५३ हजार ६ सय ६० जनामा संक्रमण देखिइसकेको छ भने मृतकको संख्या ६ सय नाघेको छ।
यसैगरी, इरानमा १९३४, फ्रान्समा ११००, बेलायतमा ४२२, नेदरल्याण्डमा २७६, जर्मनीमा १५७, बेल्जियममा १२२, स्वीजरल्याण्डमा १२२, दक्षिण कोरियामा १२०, इण्डानेसियामा ५५ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।