काठमाडौं- भारतको लोकप्रिय म्यागजिन आउटलुकले आफ्नो प्रिन्ट संस्करण स्थगित गर्ने निर्णय गरेको छ। कोरोना भाइरसको बढ्दो प्रकोपसँगै म्यगजिन प्रकाशित गर्न कठिन भएको भन्दै प्रकाशकले छापा संस्करण स्थगित गर्ने घोषणा गरेका हुन्।
आउटलुकको वेबसाइटमा राखिएको सूचना अनुसार छापा माध्यम नभए पनि डिजिटल माध्यम भने जारी नै रहने छ। कोरोना भाइरसपछिको लक डाउन र कर्फ्यूका कारण छापा माध्यम बन्द गर्नु परेको सूचनामा उल्लेख छ। अवस्थामा सुधार भएपछि छापा माध्यम पून शुरु हुने सूचनामा उल्लेख छ।
नेपालमा पनि कोरोना भाइरसका कारण हिमाल साप्ताहिक पत्रिकाले छापा संस्करण बन्द गरेर डिजिटल मात्र निकाल्ने निर्णय सार्वजनिक गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।