काठमाडौं- लकडाउनको पहिलो दिन कर्फ्यूझै सम्झिएर किराना पसलसमेत बन्द भएपछि गृह मन्त्रालयले खाद्य सामाग्रीको पसल सञ्चालन गर्न आग्रह गरेको छ। मंगलबार अधिकांश स्थानमा प्रहरीले सबै प्रकृतिका पसल बन्द गराउँदा खाद्य पसल समेत बन्द भएका थिए।
मंगलबार बेलुका विज्ञप्तिमार्फत लकडाउनको पहिलो दिन भएकाले केही अन्यौल भएको भन्दै गृहले खाद्य, स्वास्थ्य, सुरक्षा, खानेपानी, दूध,विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, फोहर मैला व्यवस्थापनलगायतका अत्यावश्यक वस्तुको कारोबार गर्ने पसल खोल्न आग्रह गरेको छ।
कोरोना संक्रमण रोक्न सरकारले सात दिन लकडाउन गर्ने निर्णय गरेसँगै मंगलबार केही मेडिकल स्टोर खुले पनि अधिकांश बजार पसल बन्द नै थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।