काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष व्यवसायी दीपक मल्होत्राले मास्क उत्पादन सुरु गरेका छन्। मल्होत्राले सोमबार बलुकाबाट मेडिकल मास्क उत्पादन सुरु गरेका हुन्।
सोमबारबाट उत्पालदन सुरु गरेका मल्होत्राले अहिलेसम्म ७० हजार पिस मास्क उत्पादन गरिसकेका छन्। उत्पादन भएको मास्क अहिले प्याकिङ गरेर स्वास्थ्य मन्त्रालयलाई दिने तयारी भएको उनले जानकारी दिए। कोरोना जोखिम न्यूनिकरणका लागि भन्दै सरकारले लकडाउन गरेपछि मन्होत्राले उत्पादन भएको मास्क सबै स्वास्थ्य मन्त्रालयमार्फत् वितरण गर्ने तयारी गरका छन्।
स्वास्थ्य मन्त्रालयले मास्कको लागत दिने भएको उनले जाकारी दिए। प्रति मास्ककाे लागत जोड्दा ७ रुपैयाँ पर्न आएकाे उनले जानकारी दिए। मल्होत्राले मास्क उत्पादनमा लागि मात्रै ५० लाख मेसिन र ५० लाख रुपैयाँ कच्चा पर्दाथमा खर्च भएको जानकारी दिए। मास्क उत्पादनमा लागि ल्याइएको मेसिन सरकारले भन्सार छुट दिएको छ।
अहिले मल्होत्राले ललितपुरको सानागाउँमा मेसिन जोडर मास्क उत्पादन गरिरहेका छन्। मास्क उत्पादनमा ३५ जना कर्मचारी रहेका छन्। तर, केही कर्मचारी सरकारले लकडाउन गरेपछि आज नआएको उनले जानकारी दिए। सातामा ५ लाख मास्क उत्पादन गर्ने मेसिन भएका कारण दैनिक ७० हजार पिस मास्क उत्पादन हुने मल्होत्राले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।