काठमाडौं- विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ६८ जनालाई विभिन्न स्थानबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ।
सम्झाइबुझाइ गर्दा समेत अटेर गरी लकडाउन उल्लंघन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना, पर्साबाट ३ जना, सिरहाबाट २ जना, कञ्चनपुरबाट २ जना र धनुषाबाट १ जना गरी २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
साथै सरकारले लागू गरेको लकडाउन उल्लंघन गरी सञ्चालन गरेका १ हजार ५ सय ७१ सवारी साधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरुलाई कोरोना संक्रमणको संभावित जोखिमबारे सम्झाइबुझाइ गर्नुका साथै आवश्यक सोधपुछ र अनुसन्धान गरिरहेको जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।