काठमाडौं- सरकारले उपत्यका बाहिरका तीन अस्पतालमा कोरोना भाइरस परीक्षण कार्य तत्काल सुरु गर्ने निर्णय गरेको छ। जसमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विकास प्रतिष्ठान पोखरा, भेरी अस्पताल नेपालगञ्जका प्रयोगशालाहरुमा कोरोना भाइरस (कोभिड-१९ टेस्टिङ) परीक्षण कार्य सुरु गर्ने निर्णय गरेको हो।
मंगलबार नोभल कोरोना राेग रोगथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले ती अस्पतालमा यथाशीघ्र परीक्षण कार्य सुरु गर्न प्रयोशाला परीक्षण सामग्री र तलिमको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हाे।
सोही स्थानहरुमा प्रयाेगशाला परीक्षण सेवा सञ्चालन नभएसम्मका लागि विराटनगर र नेपालगञ्जबाट स्वाब संकलन गरी हवाई मार्गबाट काठमाडौं ल्याइने भएको छ। त्यसकाे व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको समवन्यमा संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलालयलाई व्यवस्था मिलाउन निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।