काठमाडौं- हिमालयन बैंकले विश्वव्यापी रुपमा फैलिरहेको काेराेना भाइरस (कोभिड- १९) को संक्रमण रोकथाम र जोखिम न्यूनिकरणका लागि नेपाल सरकारलाई एक करोड २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। मंगलबार बसेको सञ्चालक समितिको बैंठकले एक करोड २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेकाे बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए।
मानवीय विपदकाे घडीमा देशमा काेराेना भाइरस संक्रमणकाे सम्भावित जाेखिम, रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको पहलकदमीलाई साथ दिन उक्त रकम सहयाेग गर्न लागेकाे बैंकले जनाएकाे छ। काेराेनाकाे जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारले निर्धारण गरेको कोषमा जम्मा हुने गरी प्रदान गरिने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।