काठमाडौं- नेपाल उद्योग परिसंघले नोबल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रण गर्ने प्रयासमा सघाउन सक्रियता बढाएको छ। परिसंघ अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य मन्त्रालयमा प्रमुख विशेषज्ञ डा रोशन पोखरेल र औषधि व्यवस्था महानिर्देशक नारायण ढकाललाई नोबल कोरोना भाइरस संक्रमणको उपचारको क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने ४९ थान निजी सुरक्षा उपकरण हस्तान्तरण गरेका छन्।
हाल परिसंघसँग उपलब्ध रहेको सामान उपलब्ध गराइएको र निकट भविष्यमै अन्यत्रबाट आयात गर्न लागिएका आवश्यक सामग्रीसमेत उपलब्ध गराउने उनले जानकारी दिए।
अध्यक्ष मोरले स्वास्थ्य संकटको यो घडीमा स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउनु पहिलो कर्तव्य हुने ठानेर परिसंघले सो उपकरणहरु हस्तान्तरण गरेको समेत बताए।
यसअघि सरकारले स्वास्थ्य उपकरण जुटाउने कार्य चुनौतीपूर्ण रहेकाले आवश्यक सहयोग गर्न आह्वान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।